ओखलढुंगा धुलिखेल अस्पतालमा बाट उपचार गराएर ओखलढुंगा पुगेका चारजनालाई क्वारेन्टाइनमा पठाइएको छ ।
कोरोनाका कारण एक सुत्केरी महिलाको धुलीखेल अस्पतालमा मृत्यु भएको थियो ।
सोही अस्पतालमा उपचार गराएर ओखलढुंगा पुगेका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
शनिबार दिउँसो एम्बुलेन्समार्फत ओखलढुंगा पुगेका उनिहरुलाई आइतबार सदरमुकामस्थित ओखलढुंगा क्याम्पस ओखलढुंगाको क्वारेन्टाइनमा पठाइएको हो ।
क्वारेन्टाइनमा पठाइएकामा सिद्धिचरण नगरपालिका–५ मा बस्दै आएका सोलुखुम्बुको नेचासल्यानका एक बिरामी, उनका भिनाजु, माइजू र एम्बुलेन्स चालक रहेका छन् ।