काठमाडौँ -सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
आज बसेको कोरोना नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।
समितिले लकडाउनका कारण कोरोना बाट हुने ठुलो क्षति बाट बचेको र लकडाउनको बिकल्प नभएको निष्कर्ष निकालेको थियो । नेपालमा लकडाउन लागु भएको आइतबार ५५ दिन पुगेको छ ।
यस अघि थपेको लकडाउन भोली बाट समाप्त हुदैछ ।