ताप्लेजुङ आगलागिमा ७ घर र ५ वटा घुम्तीपसल ध्वस्त

  • वैशाख २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

ताप्लेजुङ।  शुक्रबार राती देखि आगलागीबाट ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा ७ घर र ५ वटा घुम्ति पसल जलेर नष्ट भएको छ ।

शुक्रबार रातिदेखि लागेको आगो शनिबार बिहान ५ बजे मात्र आगो पुर्णरुपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट फुङलिङ नगरपालिका ५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका ७ घर र ५वटा घुम्ती पसल जलेका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी र बासिन्दाले दमकलको सहायतामा आगो पूर्ण रूपमा निभाउन सफल भएका हुन् ।

आगलागीबाट स्थानीय नेत्र कार्की, खेम केसी, खड्ग थापा, चन्द्रमाया लोछार, राम साह, प्रेम निरौला र देवी भट्टराईको घर जलेर ध्वस्त भएका छन् भने बिनिता बिस्टको घुम्ती चिया पसल, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल, बिशाल काउण्टरको घुम्ती, सुपर साइनो काउण्टरको घुम्ती र बुद्ध शान्ति काउण्टरको घुम्ती जलेर नष्ट भएको छ ।

शुक्रबार राति साढे १० बजे देवी भट्टराईको घरमा रहेको भट्टराई होटल एण्ड लजबाट आगलागी शुरु भएको प्रहरीले जनाएको छ ।

आगो के कारणले लाग्यो ? तथ्य पत्ता लागिसकेको छैन । मध्यरातमा लजबाट शुरु भएको आगोले दायाँ बाँयाका अन्य घर, पसल र होटल समेत जलेको छ ।

आगो पूर्ण रुपमा निभाइएपछि प्रशासनले क्षति विवरण संकलन गर्न थालेको छ ।

आगलागीबाट कति रुपैयाँ बराराबरको धनमाल क्षति भयो ? यकीन भइसकेको छैन ।

आगलागीबाट क्षति पुगेका परिवारलाई तत्काल नगरपालिका र रेडक्रसले राहत उपलब्ध गराउने भएको छ ।

शनिबार बिहान बसेको सर्वपक्षीय छलफलले आगलागीमा परेको हातमुख जोड्नै समस्या भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

‘एसईई स्पिकर–२०८१’ स ...

धरान/ एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सि ...

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved