सुरक्षाकर्मी र स्वयंसेवकद्वारा खाजा वितरण

  • वैशाख १९, २०७७
  • "कुमार लुईंटेल"
alt

विराटनगर । विराटनगरका युवाले लकडाउनको पूर्ण पालना गराउन सडमा खटिएका सुरक्षाकर्मी तथा प्रहरीको ‘‘साथी म का स्वयंसेवकहरु’’ लाई खाजाको प्रबन्ध गरेका छन् ।

अहिले सडकमा सुरक्षाकर्मी र प्रहरीको साथी म स्वयंसेवकहरु अहोरात्र खटिएका छन् ।

अहिले लकडाउनका कारण चोकचोकमा रहेका पसलहरु बन्द छन् । यस्तो अवस्थामा सुरक्षाकर्मी र स्वयंसेवक लाई खाजा वितरण गर्दै आएको बताइएको छ ।

युवाहरुको समुहले विराटनगरको मिलन चोक, पुष्पलाल चोक तथा अन्य ठाउँमा खटिएका स्वास्थकर्मीहरु लाई खाजा वितरण गरिरहेको छ ।

‘‘अप्ठ्यारो परेको अवस्थामा समाजलाई सहजीकरण गर्नु युवाहरुको पनि कर्तब्य हो’’, अभियानकर्मी तथा युवा नेतृत्व स्यान्ट्रो महतले भने,‘‘सेवा नै धर्म हो भन्ने भावना जगाउन हामी सक्रिय भएका हौं ।’’

युवा समूहले सुरक्षाकर्मीको लागि खाजाको प्याकेट र पिउने पानीको व्यवस्थापन गर्दै आएको महतले बताए ।

सडकमा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन युवाले गरेको प्रयासलाई विराटनगरवासीलेसमेत प्रशंसा गर्दै आएका छन् ।

एक महिनाभन्दा लामो लकडाउनका कारण देश र प्रदेश १ को राजधानी विराटनगरमा जनजीवन प्रभावित बन्दै आएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved