धरानका वी पी अस्पतालको आकस्मिक कक्षमा कार्यरत १०० स्वास्थ्यकर्मीहरुलाई तरुण दल सुनसरीबाट के एन ९५ माक्स वितरण गरेको छ । शुक्रबार अस्पतालको आकास्मिक कक्ष अगाडि धरान उपमहानगरपालिकाका नगर प्रमूख तिलक राईले आकास्किब कक्षाका प्रमुख प्रमेन्द्र प्रसाद गुप्तालाई हस्तान्तरण गरे । विरामीहरु सँग अग्रपंक्तीमा रहेर काम गरिरहेका स्वास्थ्यमकीहरुले सामान्य माक्स लगाएको देखेपछि उच्चकोटीको माक्सको आवश्यकता महसुस गरी आफुहरुले पार्टीको तर्फबाट समन्वय गरी के एन ९५ माक्सको व्यवस्था गरेको नेपाली काँग्रेस धरान नगर समितिका सचिव श्याम पोखरेलले बताए ।यसरी नेपाली काँग्रस पार्टी तथा तरुण दलका साथीहरुले गरेको अति आवश्यक र
एक दलित बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ । धनकुटा नगरपालिका–६ आत्माराकी एक बालिकालाई यौन शोषण गरेको आरोप लागेका चार जना मध्ये तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । चार मध्ये एक जना फरार छन् । दलित बालिकालाई लामो समयदेखि धनकुटा नगरपालिका–६ का मदन अधिकारी, गौरी अत्री, धनकुटा सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरले ललाई फकाई गरी यौन शोषण गर्दै आएका थिए । यौन शोषणबाट पीडित बालिकाको अस्वभाविक रुपमा पेट बढ्दै गएपछि परिवारले
धरान उपमहानगर पालिका वार्ड नंं १४ ले वडमा कार्यरत स्वस्थ्यकमी, प्रहरी र सरसफाईकमीहरुलाई सम्मान् तथा प्रोत्साहत गरेको छ । शुक्रबार वडा कार्यालयमा आयोजित अनौपचारिक कार्यक्रममा उक्त सम्मान् तथा प्रोत्साहन गरिएको थियो । वडाको सरसफाईमा खटेका सरसफाईकमी, शान्ती सुरक्षमा खटिएका प्रहरी विटका प्रहरीहरु र स्वस्थ्यकमी तथा स्वस्थ्य स्वयमसेवीहरुलाई फुलमा र नगद समेतले सम्मान् गरिएको थियो । कोभिड १९ कोरोना संक्रमणको बेला चुनौतिका कार्यरतहरुको मनोवल उच्च बनाउन र प्रोत्साहन गर्न सम्मान् गरिएको १४ नं। वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्राईले बताए । धरानको धार्मिक पर्यटकीय क्षेत्रमा बनिरहेको रेडक्रस चैक दे
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जनामा रिर्पोट नेगेटिभ आएपछि बिहीबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए । डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वारेन्टाईनमा राखीएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो । अस्पतालमा अव १८ जना उपचाररत रहेका छन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहे
प्रदेश १ सरकारले कोरोना भाइरसका शंकास्पद १० हजार जनाको परीक्षण गर्ने तयारी थालेको छ । प्रदेशका सबै १४ वटा जिल्लाका १० हजार भन्दा धेरै मानिसका कोराना पपरीक्षण गर्न सामाजिक विकास मन्त्रालयले तयारी थालेको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधिबीच आज भएको छलफलमा सामाजिक विकास मन्त्री जीवन घिमिरे पहिलो चरणमा दश दिनभित्रमा १० हजार व्यक्तिको परीक्षण गर्न आवश्यक रहेको बताए । भने,‘‘छिमेकी भारतमा रेलसेवा शुरु भएको छ । हाम्रो प्रदेशमा दश हजार जति मानिस आउने देखिन्छ । सबैको परीक्षण नगरी हुँदैन ।’’ तीर्थ
प्रदेश १ सरकारको पहलमा बिहीबारसम्म ल्याबमा गरिने (पिसीआर) विधिबाट गरिएका मध्ये २ हजार ४ सय ३५ जनामा रिर्पोट नेगेटिभ आएको छ । दू्रत परीक्षण विधिबाट जम्मा ८ हजार ९ सय ८ जनाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । सरकारले परीक्षणलाई तीव्रता दिएको छ । धरान र विराटनगरका तीनवटा ल्याबमा पीसीआर विधिबाट परीक्षण गर्ने प्रबन्ध भएको छ । दू्रत परीक्षण (आरडीटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) दुबै विधिबाट कोरोना परीक्षण दायर र दरलाई तिव्रता दिइएको हो । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल ६ सय ४७ जना छ । आइ
धरान । कोरोनाको संक्रमणको जोखिमका बिच पनि जिम्मेवारीपुर्वक फिल्डमा खटेर पत्रकारिता गरिरहेका श्रमजिवी पत्रकारहरुलाई लकडाउनको अवश्थामा आइपर्ने समस्या समाधान गर्ने तर्फ नेपाल पत्रकार महासंघ सुनसरीले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । लकडाउन शुरु भए सँगै पत्रिकाहरु बन्द गर्दै अनलाईन मार्फत भए पनि पत्रकारहरुले जनतालाई सुसुचित गराउँदै आएका छन् । उनीहरुलाई आइपर्ने आर्थिक सँगै सुरक्षा र स्वास्थ्य उपचारका लागि स्थानीय तहको ध्यानाकर्षण गराएको हो । धरान नगर क्षेत्रमा कार्यक्षेत्र बनाएर काम गरिरहेका श्रमजिवी पत्रकार तथा सञ्चारगृहहरुमा आइपरेको समस्यालाई सम्बोधन गर्न महासंघका अध्यक्ष अमर खड्काले ध
धरान । अवैध रुपमा भरुवा बन्दुक घरमा लुकाई राखिएको अवश्थामा इलाका प्रहरी कार्यालय धरानले वडा नम्बर ४ देवी गाउँबाट एक युवालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिकाको वडा नम्बर ४ देवी गाउँ बस्ने वर्ष २० का सुर्य राईलाई पक्राउ गरेको हो । अवैध हातहतियार राखेको भन्ने विशेष सुचनाको आधारमा पुगेको प्रहरीको टोलिले भरुवा बन्दुक १ थान, घरेलु नाल सहितको कटुवा बन्दुक जस्तै देखिने नाल १, काठको डमी राइफल २ थान बरामद गरेको थियो । राईलाइ बुधबार प्रहरीले पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट हातहतियार मुद्धामा म्याद थप गरि अनुसन्धान अघि बढाएको ईप्रका धरानका
मोरङको बुढीगंगा गाउँपालिका टंकीसिनवारीमा अवस्थित आरती स्ट्रिप्सका प्रशासन प्रमुख दिवश नेपालले उद्योग परिसरमा प्रवेश गर्न खोज्ने चार जना भारतीयलाई गेटमै रोकिदिए । ती सबै उद्योगका भारतीय मजदुर हुन । नेपाली मूलका सुरक्षागार्डले शंकास्पद रुपमा भारतीय कामदार आएको प्रशासनलाई जानकारी गराएपछि नेपाल सतर्क भएका थिए । ‘‘लकडाउनका बेला यतै थियौं, भारत गएका थिएनौं भन्दै थिए,’’ नेपालले भने, ‘‘तर, त्यसको प्रमाण दिन सकेनन् । उनीहरुसंग आधार थिएन,कोरोना संक्रमणको यस्तो त्रासका बेला उनीहरुलाई प्रवेश नगराउने निर्णय लिएँ ।’’ लकडाउन अघि र त्यस लगत्तै उद्योग बाहिर गएका
धरान । आर्थिक बर्ष २०७७÷७८ का लागि बजेट निर्माण प्रकृया सुरु भएसँगै प्रदेश नम्बर १ का दलित अगुवाहरुले दलित समुदायका मुख्य सवालहरुलाई समावेश गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । 'प्रदेश १ सरकारका मुख्य मन्त्री र आर्थिक योजना तथा समाजिक विकासका मन्त्रीलाई ज्ञापनपत्र बुझाउदै दलित समुदायका मुख्य सवाल समावेश गराउन ध्यानाकर्षण गराएका हुन ।ध्यानाकर्षण पत्रमा प्रदेश १ मा दलित समस्याहरु पहिचान गरि रणनीतिक योजना तयार पार्नुपर्ने माग गरिएको छ । त्यसै गरि संविधान र कानुनले प्रदान गरेका दलित अधिकारको प्रभावकारी कार्यान्वयनका लागि १ सय ३७ वटा तहमा छुवाछूत—भेदभाविरुद्ध जागरण अभियान सञ्