विराटनगर । चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको विराट नर्सिङहोम सिल भएको छ । कार्यरत चिकित्सकमा बुधबार कोरोना पुष्टि भएको थियो तर अस्पतालले नाम, ठेगाना र फोन नम्बर गलत दिंदा प्रहरीलाई समेत पत्ता लगाउन किठन भएको थियो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले अर्को सूचना नआउन्जेलसम्मको लागि नर्सिङ होम सिल गरिएको जानकारी दिएका छन् । संक्रमित एकाएक हराएको भन्दै विराटनगरभरि खैलाबैला भएपछि खोजी गर्दा अस्पतालका चिकित्सक भएको खुल्न आएको हो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्य
धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्टारमा नियुक्ति भएका प्रा.डा. मोहन चन्द्र रेग्मीले विहिबार देखि पदभार ग्रहण गरेका छन् । प्रतिष्ठानमा एक औपचारिक कार्यक्रम गरि उनले पदभार ग्रहण गरेका हुन् । उनी गत ४ गते रजिष्टारमा नियुक्ति भएका हुन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रा. डा. रेग्मीले पदभार ग्रहण गर्दै प्रतिष्ठानको उर्जा सुधारको लागि कार्ययोजना बनाउने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहणको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नवनियुक्त रजिष्टार रेग्मीले प्रतिष्ठानका सबै पक्षहरु सँग सहकार्य गर्दै आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए । प्रत
विराटनगर / प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिला, सुनसरीको कोशी गाउँपालिकामा २ पुरुष, धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ । प्रदेश १ बाट आज १० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँमा उपचाररत १० जना पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज ह
धरान । सुनसरीको सिमानामा केही दिन अघि भएको सशस्त्र प्रहरी सँगको मुठभेटमा घाइते भएका हरिनगरा गाउँपालिका ७ का साहवाज मियाँको मृत्यु भएको छ । गत साउन २ गते सशस्त्र प्रहरी सँग भएको झडपमा मियाँलाई गोलि लागि घाइते भएका थिए । उनको उपचारका क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहिबार मृत्यु भएको हो । हरिनगरा गाउँपालिका ७ घुस्की स्थित दशगजामा साउन २ गते अवैध रुपमा सामान ल्याउँदै गरेको समयमा चेकजाँचका क्रममा सशस्त्र प्रहरी सँग झडप भएको थियो । सशस्त्रको हतियार खोस्न खोज्दा मियाँलाई पेटमा गोलि लागेको थियो । मियाँको मृत्यु भए पछि स्थानीय आन्दोलित बनेका थिए । विहिबार उनको मृत्यु भ
काठमाडौँ / बुधबार थप १४७ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । वीरगञ्ज- ६, माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो। नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको छ । कोरोना संक्रमणका कारण मृतकको संख्या ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५६जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० जना रहेका छन् । नेपालमा हालसम
धनकुटा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर ७ हजार भन्दा बढी वृक्षरोपण गरेको छ । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको ४२ औं स्मृति दिवसको स्मरण गर्दै जिल्लाका सातै पालिकाहरुमा पार्टीको निर्देशन अनुसार ७ हजार ५ सय विभिन्न प्रजातिका बिरुवाहरु वृक्षरोपण गरिएको छ । समाजवाद र कमरेड पुष्पलाल विषयक अन्तरक्रिया कार्यक्रम सहित जिल्लाको सातै तहमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रम अन्तरगत चौबिसे गाउँपालिकामा ८ सय, साँगुरीगढी गाउँपालिकामा ५ सय, सहिदभूमि गाउँपालिकामा एक हजार ५ सय र छथर जोरपाटी गाउँ
धरान / कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण आन्तरिक राजस्व संकलनमा पनि कमी आएको छ । धरान स्थित आन्तरिक राजस्व कार्यालयले अघिल्लो वर्षको तुलनामा वृद्धि गरे पनि आर्थिक वर्ष २०७६÷७८ को लक्ष्य भेट्न सकेन् । धरान स्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७६/७७ को २० दशमलव ६७ प्रतिशतले लक्ष्य भेट्न नसके पनि अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशतले राजस्व संकलनमा वृद्धि गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब ७० करोड ६० लाख २६ हजारको लक्ष्य लिएको थियो । जस मध्ये ४ अर्ब ५२ करोड ६६ लाख ८२ हजार रुपैया (७९ दशमलव ३३ प्रतिशत ) मा
इटहरी / इटहरी जेसिजले बुधबार ३२ औ बार्षिकोत्सवकाे अवसर पारेर इटहरीकाे बिपिचाैकमा रोपिएको बिरुवालाइ गमलामा राखेर फोहोर ब्यबस्थापन को लागि डस्टबिन राखिदिएको छ । सभा सम्मेलन तथा केक काटेर वार्षिकाेत्सव मनाउने परम्परालाइ ताेडदै सामाजिक काम गरेर पनि वार्षिकाेत्सव मनाउन सकिन्छ भन्ने उदाहरण दिएको छ । इटहरी जेशिजका अध्यक्ष माधब भट्टराईकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा इटहरीकाे बिपि चाैकमा साना तथा ठुला गरी ६० वटा गमलामा बिरूवा राेपेर राखिएकाे छ भने स्टेन सहितका १५ वटा डस्टविन राखिएकाे छ । कार्यक्रम इटहरी उपमहानगर वार्ड नं ६ का वडाध्यक्ष दिपक गाैतमकाे प्रमुख अतिथिमा सम्पन्न भएकाे थियाे । कार्
इटहरी / आगामि ३ वर्ष भित्र सुन्दर पर्यटकिय स्थल बनाउने योजना अघि सारिएको क्षेत्रमा नगरपालिकाले डम्पीङ साईड बनाए पछि स्थानीयहरु आन्दोलित बनेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर ४ मा रहेको बडहरामा पर्यटकिय स्थल बनाउने भनेर स्थानीयको हस्ताक्षर समेत संकलन भइसकेको अवश्थामा नगरपालिकाले फोहोरमैला डम्पिङ गर्न थाले पछि स्थानीयहरु आक्रोशित भएका हुन् । गाउँका अगुवा तथा नेताहरू सहित स्थानीयले नगरपालिकाको गछिया खोलाको किनारमा पर्यटकिय स्थल बनाउने योजना बनाएका थिए । तर नगरपालिकाले डम्पिङ साईड बनाए पनि स्थानीयहरु आन्दोलित भएका हुन् । पर्यटकिय क्षेत्र बनाउँनका लागि करिब अढाई सय स्थानीयको हस
विराटनगर / प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरंगको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको शिवसताक्षीमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्याको ८ सय ३५ पुगेको छ । प्रदेश १ मा आज ३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २ पुरुष र १ महिला डिस्चार्ज भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो ।