कोरोना संस्कार लागु गनुपर्छ : प्रजिअ पोखरेल (भिडियो सहित) विपदको जोखिममा सुनसरी

  • भदौ २१, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । विपदको जोखिमको हिसाबले सुनसरी संवेदनशिल क्षेत्र रहेको एक तथ्यांकले देखाएको छ ।
बाढी, पहिरो र सवारी दुर्घटना सहितको विपदको जोखिममा सुनसरी संवेदनशिल रहेको विपद पुर्वतयारी तथा प्रतिकार्य योजना सुनसरी २०७७ मा उल्लेख गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिती सुनसरीले सार्वजनिक गरेको योजना पुस्तकमा जिल्लामा १० भन्दा बढी प्रकारका प्रकोपहरु हुने गरेको देखिएको छ ।

पुस्तकको आइतबार एक कार्यक्रमको आयोजना गरि प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारी र समितीका संयोजक सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रमुख फणिन्द्रमणी पोखरेलले लोकार्पण गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा पुस्तक प्रकाशन भएको हो । जिल्लामा वर्षेनी आउने बाढीनै प्रमुख प्रकोपको रुपमा रहेको छ । त्यसै गरि दोस्रोमा सडक दुर्घटना, तेस्रोमा आगलागी, चौथोमा शितलहर, पाचौंमा जनावर क्षति रहेका छन् । त्यस्तै क्रमशः खडेरी, चटयाङ, हावाहुरी, महामारी र पहिलोलाई क्रमशः स्तरिकरण गरिएको छ ।

जिल्लाको विपद व्यवस्थापनका लागि विपद् न्युनीकरण पुर्वतयारी प्रतिकार्य योजना पुस्तकको मार्गदर्शनले विपदको अवश्था आउन नदिन र त्यसको सामना गर्न सम्बद्ध निकायलाई तयार अवश्थामा राख्नका लागि अत्यावश्यक रहेको विपद व्यवस्थापन समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए । उनले विपद व्यवस्थापनमा सबैको भुमिका महत्वपुर्ण हुनुपर्नेमा जोड दिए ।

पछिल्लो समय कोरोना संक्रमणको महामारी चलिरहेको अवश्थामा नागरिक समाजको भुमिका फितलो भएको उनको गुनासो रहेको छ । उनले भने, ‘लोकतन्त्र, गणतन्त्र ल्याउन जसरी नागरिक समाजको भुमिका रह्यो, यो अवश्थामा पनि आमनागरिक सचेत बनाउन नागरिक समाजको भुमिका हुनुपर्छ, प्रहरी, प्रशासन, जनप्रतिनिधीले मात्रै गर्नुपर्ने भन्ने होईन, नागरिक समाजहरुको भुमिका महत्वपुर्ण रहनेछ ।’

कोरोना महामारीको अवश्थालाई नियन्त्रण गर्न समय र अवश्था अनुसारको संस्कार परिवर्तन गर्नुपर्ने उनले बताए । ६ महिना देखिको लकडाउनका कारण आर्थिक भार बढ्दै गएकाले कोरोना संस्कार अवलम्बन गरेर महामारी सँग लड्नुपर्ने अवश्था रहेको उनको भनाई छ । उनले भने, ‘सबै नागरिक समाजले मेरो जिम्मेवारी हो भन्ने महशुष गर्नुपर्छ ।

सुरक्षा सतर्कता अपनाउनुपर्छ । विहिबार अघि सम्म निको हुनेको संख्या बढी थियो, अहिले संक्रमण बढ्दो छ । धरानमा कोरोना संक्रमण बढ्दा पहाडी जिल्लामा पनि संक्रमण फैलिन सक्छ, त्यसैले नियन्त्रण गर्ने कारोना संस्कार लागु गर्नु पर्छ ।’

स्तरीकरण गर्दा मानविय क्षति, आर्थिक क्षति र प्रकोप घटेको पटकलाई आधार मानी तुलनात्मक विधि अपनाइएको नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले बताए ।

२०६५ सालमा सप्तकोशीमा आएको बाढीले ठुलो धनजनको क्षति पुर्याए पछि सरकारले नै विपद पुर्वतयारी तथा प्रतिकार्य कार्ययोजनाको अवधारणा ल्याएको थियो ।

सोही समय प्रकाशन भएको योजना तर्जुमा अनुसार प्रत्येक वर्ष विपदको रिभ्यु हुने गरेको थियो । विगत ३ वर्ष देखि नेपाल रेडक्रस सोसाइटी सुनसरीले योजना तर्जुमा पुस्तक प्रकाशन जिम्मेवारी पाएको हो ।

योजना तर्जुमा पुस्तकले स्थानीय तहमा विपद व्यवस्थापन गर्न महत्वपुर्ण भुमिका रहने थापाले बताए । उनले भने, ‘प्रत्येक वर्ष आगलागी, शितलहरबाट क्षति भइरहेको छ । जनावरको आतंक पनि छ ।

कोशी टप्पु क्षेत्रमा क्षति हुने गरेको छ । सुनसरी विपदको उच्च जोखिममा रहेको छ , अहिलेको महामारीको बिचमा पनि विपद व्यवस्थापन गर्न यो योजना सहितको पुस्तक कोशेढुङगा सावित हुनेछ ।’

 

इटहरी गोल्ड कप उद्घा ...

सुनसरी/ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फु ...

मानवीय विकाशमा प्रदे ...

धरान /भौतिक विकाशले मात्रै नभई मानवीय विकाशले सभ्य ...

नोबेलकी नर्स चन्द्रि ...

विराटनगर/विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर् ...

दोस्रो गोर्खा ट्रेल ...

धरान/ गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको अयोजना, धर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved