बेलबारी / बेलबारी नगरपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना संक्रमण देखीएको छ । वडा नम्बर ५ का एक जना वडा सदस्यमा कोरोना संक्रमण भएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार सक्रमण हुने जनप्रतिनिधि केहि दिन अघि उपचारका लागि बिराटनगर परिवारका सदस्यको उपचारका लागि जानु भएको थियो । उहाँको परिवारको सदस्यमा समेत संक्रमण देखीएको छ । वडा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि केहि दिनको लागि वडा नम्बर ५को कार्यालयमा अत्याआवश्यक बाहेकका काम केहि दिनका लागि बन्द गर्ने निर्णय गरीएको वडा अध्यक्ष विवबन्धु बस्नेतले बताउनु भयो ।
धरान / लायन्स क्लव अफ धरान विजयपुर र लियो विजयपुरको आयोजनामा पुर्व ब्रिटिस गोर्खा सैनिक सन्तवहादुर गुरुङ्गले आप्mनो जन्मदिन धरान पुनस्थापना गृहमा मनाएका छन । आप्mनो ७२ वर्षिय श्रीमति मनमाया गुरुङ्ग संगै पुनस्थापना गृहमा आश्रितहरु माझ गुरुङ्गले विहिवार आफ्नो ९० औ जन्म दिनको केक काटेका थिए । जन्म दिनको अवसरमा गृहलाई दशै सम्म खान पुग्ने गरि खाद्यन्न समेत प्रदान गरेका छन । उनले पाच सय ५० केजि चामल, २२ केजि नुन, २ कार्टुन तेल र २५ केजि चामल गृहका संचालक भिम राईलाई हस्तानतरण गरेको छन । मेरो वुहारि टंक गुरुङ्गले वुवा आफ्नो जन्म दिनको अवसरमा सामाजिक काम गर्नु भनेर संझाए पछि पुनस्थापना गृहमा जन्म दिन
धरान । उपकुलपतिसँग असमझदारी बढ्दै गए पछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रबक्ता डा. निदेश सापकोटाले राजिनामा दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरिले प्रेस संयोजक नियुक्ति गरे पछि प्रबक्ताको काम नरहेको भन्दै राजिनामा दिएको श्रोतले जनाएको छ । प्रबक्ता, सूचना अधिकृत हुदाहुदै उपकुलपतिले प्रेस संयोजक नियुक्ति गरे पछि आफ्नो पद आवश्यक नरहेको भन्दै राजिनामा दिएको श्रोतको भनाइ छ । उनले कार्य ब्यस्तताले प्रबक्ताबाट राजिनामा दिएको बताए पनि प्रेस संयोजक नियुक्ति नै मुल कारण रहेको श्रोतको दाबि छ । तर प्रतिष्ठान स्रोतले भने कार्यब्यस्तता भन्दा पनि उपकु
इटहरी / कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि सुनसरीको इटहरीस्थित महत्वपुर्ण दुईवटा कार्यालयहरु आगामि तिनदिन सम्म बन्द रहने भएको छ । इटहरी उपमहानगरमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालीकाको कार्यालय तथा मातहतमा रहेका सबै वडा कार्यालयहरु आज शुक्रबार देखि ३ दिन सम्म बन्द रहने भएको हो । इटहरी अस्पतालले पनि कर्मचारीमा कोरोना देखिएको कारण बताउदै आज शुक्रबार देखि आगामि ३ दिन सम्म आकस्मिक बाहेक सबै सेवाहरु बन्द गरेको जानकारी दिएको छ । बिहीबार बिहान उपमहानगरको केहि कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उ
धरान / पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १९११ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७२७ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९६१ जना निको भए सगै जम्मा निको हुनेको संख्या ५७ हजार ३८९ जना पुगेको छ भने मृतकको संख्या ५ सय ९ पुगेको छ ।
इलाम / इलाम नगरपालिकाले सामाजिक विकास कार्यक्रम अन्तर्गत एक करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा १२ वटा वडामा खर्च गर्ने गरी यो बजेट विनियोजन गरेको हो । नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाखरुपैयाँ, धार्मिक तथा पर्यटन विकासमा पाँचलाख रुपैयाँ गरि जम्मा १० लाख रुपैयाँ रहेको छ । वडा नम्बर २ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ र सिङ्गदान गाउँ खानेपानी आयोजना मर्मतमा पाँच लाख रुपैयाँ गरी १० लाख रुपैयाँ रहेको छ । वडा नम्बर ३ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै वडा नम्बर ४ मा स्वास्थ्
इटहरी । रानी विराटनगर हुँदै इटहरी, धरान सडक परियोजना अन्र्तगत सडक बिस्तारका क्रममा इटहरीमा बिद्युत सेवा अवरुद्ध हुने भएको छ । ईटहरीमा सडक बिस्तारका लागी सडक छेउका पुराना बिजुलीका पोलहरु फेर्ने भएकाले बिद्युत अवरुद्ध हुने भएको हो । असोज १६ गते देखि २२ गते सम्म इटहरीको साथि पेट्रोल पम्प देखि गोरखा बेकरी सम्म बिजुली अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण इटहरीले जनाएको छ । ११ के भि इटहरी फिडवार तथा ११ केभि उद्योग लबिपुर फिडवारबाट आपूर्ति भएका बिद्युत बिहानको ९ बजेबाट बेलुका ४ बजे सम्म आवरुद्ध हुने भएको छ ।
इलाम / ‘हिजो त्यो फटाहाको सञ्जालले तयार गरेको विवरण हेरौं भन्दा हामीसँग सल्लाह भएन, कुन जड्याहाले बनाएको विवरण हो त्यो ? एकराते खेतालाले बनाएको विवरण देखाउने ? हाम्रो इज्जत छैन ?’ ‘हिसाबकिताब अहिले भएन भने अख्तियारलाई भाटेकारबाही म गराइदिन्छु ।’ ‘यो सबै षडयान्त्र मलाई असफल गराउने हो ।’ फाकफोकथुम गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठले कर्मचारी प्रति आक्रोसित हुँदै गालि गर्दे थिए । जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवा, १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, प्रदेश सभासद्हरू, जिल्ला समन्व
देशको कुल क्षेत्रफलको करिब २४ प्रतिसत भू–भागमा फैलिएका संरक्षित क्षेत्रको तालुक निकाय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग सरकारी मजाकको शिकार भएको छ । देशका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, ६ संरक्षित क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र हेर्ने तालुक निकाय राष्ट्रिय निकुञ्ज बिभागमा एक जना महानिर्देशक र दुइजना उपमहानिर्देशक गरी तीन जना सहसचिवको दरबन्दी रहेको छ । तर अहिले उक्त बिभागमा एक जना पनि सहसचिव नरहने गरी खटन पटन भएको छ । बिगतमा नेसनल पार्कस एण्ड वाइल्डलाईफ उपसमूहबाट मात्र उपमहानिर्देशक र महानिर्देशक बन्न सक्ने ब्यवस्था थियो । तर बिचमा त्यो ब्यवस्थाको हत्
धरान । कर्मचारीमा कोरोना पुष्टि भए पछि धरान उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयले सेवा एक हप्ताको लागि बन्द गरेको जनाएको छ । कार्यालयले आज सुचना जारी गर्दै असोज १५ गते देखि एक हप्ताको लागि कार्यालय बन्द रहने जनाएको छ । वडा कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले सेवा बन्द गरिएको हो । वडा कार्यालयका २ जना कर्मचारीलाई संक्रमण देखिएकोले थप फैलन नदिन कार्यालय ७ दिनलाई बन्द गर्ने निर्णय गरिएको अध्यक्ष अध्यक्ष नरेश इवारमले बताए । वडा १५ मा प्रशासनको खरदार र एक जना अमिनलाई संक्रमण पुष्टि भएके छ । त्यसै गरि धरान उपमहानगरपालिकाको सुचना र घरनक्सा शाखामा कार्यरत कर्मचारीहरुलाई सं