प्रेस संयोजक नियुक्ति गरे पछि बिपिका प्रबक्ताले दिए राजिनामा

  • असोज १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । उपकुलपतिसँग असमझदारी  बढ्दै गए पछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रबक्ता डा. निदेश सापकोटाले राजिनामा दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरिले प्रेस संयोजक नियुक्ति गरे पछि प्रबक्ताको काम नरहेको भन्दै राजिनामा दिएको श्रोतले जनाएको छ । प्रबक्ता, सूचना अधिकृत हुदाहुदै उपकुलपतिले प्रेस संयोजक नियुक्ति गरे पछि आफ्नो पद आवश्यक नरहेको भन्दै राजिनामा दिएको श्रोतको भनाइ छ । उनले कार्य ब्यस्तताले प्रबक्ताबाट राजिनामा दिएको बताए पनि प्रेस संयोजक नियुक्ति नै मुल कारण रहेको श्रोतको दाबि छ ।
 
तर प्रतिष्ठान स्रोतले भने कार्यब्यस्तता भन्दा पनि उपकुलपती, रजिष्टार र उनको सचिवालयको कारण राजिनामा दिएको बताएको छ । `प्रतिष्ठानको प्रोफेसर अनि प्रबक्ता जस्तो ब्यक्ति माथि उपकुलपती, रजिष्टार र सचिवालयबाट असहयोग र वाइपास गरेपछि राजिनामा आएको हो´ स्रोतले भन्यो ।
 
पछिल्लो समय प्रतिष्ठानमा प्रबक्ता, सहप्रबक्ता तथा सूचना अधिकारी हुदाहुदै विना परामर्श लुपबाटो बाट प्रेस संयोजक नियुक्ती, प्रतिष्ठानका विभिन्न विषयमा सञ्चारमाध्यमबाट माग भएका सूचना उपलब्ध नगराएको, कोरोना पोजेटिभ भएर आइसोलेसनमा बसेको बेला गरिएको सरुवा, नियुक्ती जस्ता विषयमा समस्या आएपछि राजिनामा दिएको हो । प्रबक्ता नियुक्ती भएको चार महिनामै प्रा. डा. सापकोटाले राजीनामा दिएका हुन् । पछिल्लो समय प्रतिष्ठानमा अस्वभाविक गतिविधी हुन थालेपछि प्रतिष्ठानका चिकित्सक,कर्मचारीहरु ससंकित बनेका छन् ।
 
भर्खरै नियुक्ती भएका रजिष्टार मोहनचन्द्र रेग्मी पनि प्रतिष्ठान बाहिरका केही ब्यक्तिको सेटिङमा चल्ने गरेको आरोप लाग्न थालेको छ । रेग्मीले भएका कर्मचारीलाई तलब खुवाउने रकम नभएको बेला ज्यालादारीको रुपमा धमाधम कर्मचारीहरु नियुक्ती गर्न थालेपछि प्रतिष्ठानको आर्थिक प्रशासन महाशाखले पनि असन्तुष्टि ब्यक्त गरेको छ ।

श्रीमतीलाई ‘खोकीको औ ...

झापा/  झापाको दमकमा एक व्यक्तिले श्रीमतीलाई ख ...

मलेसियाको कमाइ छोडेर ...

झापा/ ‘देशमै केही गर्न सकिन्छ भन्ने विश्वास ...

बक्सिङको रिङ जत्तिकै ...

धरान/ धरान फाइट नाइट–२०२५ आयोजनामा कुल रु. १ ...

हिरासत कक्ष लागुऔषध ...

सुरुङ्गा/ इलाका प्रहरी कार्यालय काँकरभिट्टामा चार महिला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved