प्रकृति संरक्षणमा सरकारी मजाक किन ?

  • आश्विन १५, २०७७
  • – रमेश थापा
alt

देशको कुल क्षेत्रफलको करिब २४ प्रतिसत भू–भागमा फैलिएका संरक्षित क्षेत्रको तालुक निकाय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग सरकारी मजाकको शिकार भएको छ । देशका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, ६ संरक्षित क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र हेर्ने तालुक निकाय राष्ट्रिय निकुञ्ज बिभागमा एक जना महानिर्देशक र दुइजना उपमहानिर्देशक गरी तीन जना सहसचिवको दरबन्दी रहेको छ । तर अहिले उक्त बिभागमा एक जना पनि सहसचिव नरहने गरी खटन पटन भएको छ ।

बिगतमा नेसनल पार्कस एण्ड वाइल्डलाईफ उपसमूहबाट मात्र उपमहानिर्देशक र महानिर्देशक बन्न सक्ने ब्यवस्था थियो । तर बिचमा त्यो ब्यवस्थाको हत्या गरेर महानिर्देशकमा वन सेवाको जुनसुकै सहसचिव पनि आउन सक्ने गरी सजिलो बाटो खनिएको भए पनि उपमहानिर्देशकमा नेसनल पार्कस एण्ड वाइल्डलाईफ उपसमूहकै सहसचिव हुनुपर्ने ब्यवस्था छ ।

बिभागमा लामो समय देखि महानिर्देशक र एकजना उपमहानिर्देशक पद रिक्त थियो भने कार्यरत एकजना उपमहानिर्देशकलाई पनि सरुवा गरेर पुरै खालि गरिएको छ । अब सरकारले ढिलो चाँडो एक थान महानिर्देशक त पठाउला तर लामो समय सम्म दुबै उपमहानिर्देशक पद रिक्त रहने निश्चित छ । यसको भित्री मकसद के हो थाहा छैन तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागलाइ कमजोर र अपाङ्ग बनाउने हरकत भएको आभास हुन्छ । देशलाइ संरक्षणको माध्यमबाट अन्तराष्ट्रिय मञ्चमा पहिचान दिन सफल बिभागलाई किन कमजोर र निरिह बनाइदै छ ? यसको गम्भिर समिक्षा हुन जरुरी छ ।

यो बिभाग कसैलाइ पद र सुबिधा दिनका लागि लहडमा स्थापना गरिएको निकाय होइन । यसको स्थापना र बिकासमा धेरै अग्रजहरुको परिश्रम, मेहनत र योगदान रहेको छ । यो बिभागको गरिमामा आघात पुर्याउने बद्नियत राखि बिभाग र माताहतका संरक्षणकर्मी उपर प्रहार गर्ने, निरुत्साहित गर्ने र बिभिन्न लाञ्छाना लगाउने तत्व पनि सक्रिय देखिन्छ । यो असहज र चुनौतिपूर्ण अवस्थामा संरक्षणको महाअभियानमा समर्पित सबै संरक्षणकर्मिहरु एकताबद्ध भएर हरेक चुनौतिको सामना गर्ने र संरक्षण कार्यलाई अझ सशक्त र प्रभावकारी बनाउने अभियानमा लाग्नु जरुरी छ । यसका लागि अहोरात्र फिल्डमा खटिने वार्डेन, सहायक वार्डेन, रेञ्जर, सिनियर गेमस्काउट, गेमस्काउट, हात्तीसार कर्मचारी, अन्य प्राबिधिक र प्रशासनिक कर्मचारी तथा संरक्षणमा खटिएका सुरक्षाकर्मीहरु उच्च मनोबलका साथ आफ्नो कार्य क्षेत्रमा डट्नु पर्दछ ।

प्रशासनिक निकाय र सुरक्षार्थ तैनाथ नेपाली सेना बिचको सुमधुर अन्तर सम्बन्धलाई अझ शसक्त र प्रगाढ बनाउँदै एकताबद्ध भएर काम गरौं । बिगत लामो समय देखि सहयोग गर्दै आएका संरक्षणका साझेदार सस्थाहरु डब्लु डब्लु एफ, जेड एस एल, राष्ट्रिय प्रकृति संरक्षण कोष, आइ यु सि एन लगायतको निरन्तर सहयोग र सहकार्यलाई निरन्तरता दिंदै उच्च मनोबलका साथ संरक्षण अभियानमा समर्पित हुन जरुरी छ । संरक्षणमा खटिएका संरक्षणकर्मीका अगाडी अहिले चुनौती अवश्य छन ।

तर ति चुनौतिको सामना गर्न र संरक्षण बिरुद्धको षडयन्त्रसंग लडनका लागि तपाईहरु एक्लै हुनुहुन्न । हामी लामो समय सम्म सरकारी सेवामा रहेर सेवा निबृत्त भएका संरक्षणकर्मीहरु पनि छौं । संरक्षणसंग हाम्रो भावनात्मक नाता छ । आवश्यक परेको बेलामा हामीसंग भएको ज्ञान, शिप, अनुभव संरक्षणमा लगानि गर्न हामी लालायित छौं । अध्यारो अध्यायको अन्त्यसंगै उज्यालो अध्याय आरम्भ हुने भएकोले संरक्षणमा उज्यालो अध्यायको प्रारम्भ गर्न सबै संरक्षणकर्मी र प्रकृतिप्रेमि सबै एकताबध्द भएर अगाडी बढौं । अन्धकारको अन्त्य निश्चित छ । जय संरक्षण ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved