Top 4

    Showing 9,061-9,070 of 9,412 items.
  • कोरोना संक्रमण देखिएका बिपिका इएनटीका चिकित्सकका परिवारका ३ जनालाई पनि कोरोना पुष्टि

    धरान । केही दिन अघि कोरोना संक्रमण देखिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इएनटि का चिकित्सका परिवारका ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । इएनटीमा कार्यरत डाक्टरलाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि उनको भएको थियो । कन्ट्रयाक ट्रेसिङ्को क्रममा परिवारका अरु ३ जनामा स्वाब संकलन गरिएको थियो । हिजो राती आएको रेपोर्ट अनुसार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसबारेमा प्रतिष्ठानले भने आधिकारिक रुपमा जानकारी दिएको छैन । प्रतिष्ठानका डाक्टरहरु धरान बाहिर आउजाउ गर्नाले कोरोना संक्रमण प्रतिष्ठानमा फैलिएको प्रतिष्ठानका चिकित्सकहरु बताउँछन् । प्रतिष्ठानमा कोरोना संक्

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 706 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आलु खेतीमा इलामका किसान हर्षित

    इलाम / नेपालमा ठूलो परिमाणमा भारतबाट आलु जिल्ला भित्रिने गरेपनि यस पटक कोरोना संक्रमणले लकडाउन भएसँगै भारतबाट नआएपछि किसानले उत्पादन गरेको बिक्रिमा समस्या भएको छैन । भारतबाट आलु नआएपछि इलामका व्यवसायीले जिल्लाकै ग्रामीण भेगको आलु खरीद गरेपछी किसानले उत्पादन गरेको आलुले मूल्य पाएको हो । गएका वर्षमा यसै सिजनमा रु प्रतिमन हजार देखि बाह्र सय (४० किलो) मा किन बेच हुने गरेपनि यसवर्ष प्रतिमन दुई हजार रुपैयाँ सम्ममा बिक्रि भएपछि किसान आलु खेतिबाट निरास बन्नु परेन । सन्दकपुर गाउँपालिका माइमझुवाका किसान गङ्गा गुरुङले गएका बर्षहरूमा प्रतिकिलो किलो ३०÷४० रुपैयाँले विक्ने आलु यस पटक भने प्रतिक

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,023 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • हरियालिको आवासगृहमा आइसोलेसन बनाउदै धरान सरकार

     धरान । कोरोना संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएका बिरामीलाई राख्न धरान उपमहानगरपालिका धरान १९ स्थित हरियाली सामुदायिक भवनको आवास गृहलाइ आइसोलेसन कक्ष को प्रयोग गर्ने भएको छ । बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा आइसोलेसन कक्षको अभाब हुन थालेपछी स्थानिय सरकार आफै बिकल्पको खोजिमा रहेको थियो । सोमबार भएको नगरपालिकाको छलफलले हरियाली सामुदायिक बनको आवास गृहलाई आइसोलेसन कक्षको रुपमा प्रयोग गर्ने निर्णय भएको वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले बताए । उनका अनुसार करिब २५ बेडको आइसोलेसन रहने छ । उनले भने,`हरियाली सामुदायिक वनमा स्वास्थ्य, सुरक्षाको ‘प्रोटोगल’ पुरा गर्द

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,088 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मलामी गएका एक युवा आज दिउँसो तमोर नदीले बगाएर बेपत्ता

    धनकुटा, २६ साउन ÷धनकुटाको चौबिसे गाउँपालिका–५ हंसमोरङमा मलामी गएका एक युवा आज दिउँसो तमोर नदीले बगाएर बेपत्ता भएका छन् । स्थानीय उत्तर बहादुर याखाको ३३ वर्षीय छोरा महेन्द्र याखा छिमेकीको मृत्यू भएपछि मलामी गएको समयमा नुहाउने क्रममा अचानक नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । चौबिसे गाउँपालिका–५ का वडाध्यक्ष पदमकुमार देवानको ८२ वर्षीय आमाको गएराति निधन भएपछि उनको आज दिउँसो त्रिवेणीघाटमा अत्येष्टि गरिएको थियो । उनको मलामी गएका ती युवा गर्मी भएपछि नुहाउने क्रममा उनलाई नदीले बगाएको थियो । तमोर नदीले याखालाई बगाएपछि अस्थायी प्र

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 935 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • वीपीको गाइनोमा उपचाररत सिरहाकी महिलामा कोरोना संक्रमण पुष्टि

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डमा उपचार गराईरहेकी सिरहाकी एक महिलालाई कोरोना पुष्टि भएको छ । जनकपुरबाट गत २२ गते रिफर भएर आएकी ३० वर्षिय महिलाको परिक्षणको रिपोर्ट आइतबार आएको थियो । उनलाई सोमबार (आज) आइसोलेसनमा सिफ्ट गरिएको छ । रिफर भएर आएको समयमै शंकास्पद रहेकाले छुट्टै राखेर उपचार गराईरहेकाले डराउनु पर्ने अवश्थामा नरहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनले भने, ‘हिजो आइसोलेसनमा बेड खालि नभएकाले त्यही राखिएको थियो, आज आइसोलेसनमा सारिएको हो, तर उनी आउँदा देखिनै सस्पेक्ट देखिएकाले छुट्टै राखेर उपचार गराईरहेका थियौं ।’ जनकपुर अस्पताल

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 802 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ४२ कोरोना संक्रमित थपिए, ९९ डिस्चार्ज

    विराटनगर, २६ साउन । प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरका ८ पुरुष १ महिला, सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष, १ महिला, पथरीशनिश्चरेका १ पुरुष, सुनसरीको धरानका ७ पुरुष, २ महिला, रामधुनीका ४ र इटहरीका १ पुरुष, झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष १ महिला, कमल गाउँपालिकाका १ पुरुष, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसा

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 695 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र

    धनकुटा, २६ साउन / धनकुटामा बिद्युत अनियमित भएपछि आक्रोशित उपभोक्ताहरुले आज बिद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बिद्युत प्राधिकरणको लापरबाहीका कारण बत्ती नियमित नआएको भन्दै आक्रोशित बनेका उपभोक्ताहरुले प्राधिकरणको कार्यालयमा पुगेर बत्ती नियमित गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । नागरिक समाज धनकुटाको अगुवाईमा धनकुटा बसपार्कमा भेला भएका उपभोक्ताहरुले जिरोपईन्टस्थित बिद्युत प्राधिकरणको बितरण केन्द्र पुगेर केन्द्रका प्रमुख दिपकसापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । बत्ती नियमित नआउँदा उपभोक्ताहरु मारमा परेकाले नियमित बत्ती आउने व्यवस्था मिलाउँन माग सहित ध्यानाक

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 796 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • थप ३सय ३८जनामा कोरोना संक्रमण पुष्टि,१ सय ४० जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ आइतबार, श्रावण २६/ आज थप  ३सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २३ हजार ३सय १०  जना  पुगेको छ । काठमाडौं, कलंकीका एक ६४ वर्षीय पुरुष बाँके कोहलपुर नगरपालिका वडा नं २ का ७० वर्षीय एक महिला, पर्साको बेदियाही गाउँपालिका वडा नं १५ की ४५ वर्षीय कोरोना संक्रमित एक महिला,काठमाडौं १० मध्य बानेश्वरका ७६ वर्षी एक पुरुष को मृत्यु भएको छ । यो सँगै नेपालमा मृतकको संख्या  ७९ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानले समन्वय नगरेको गुनासो, आइसोलेसनको विकल्प खोज्दै धरान

    धरान । देशकै उत्कृष्ठ अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भए पनि कोरोनाको महामारीमा स्थानीय जनता लाभान्वीत हुन पाएनन् । कोरोना पोजिटिभको संख्या बढ्दै गए पनि प्रतिष्ठानले जिम्मेवारी बहन नगरिदिदा धरानका कोरोना संक्रमित बिरामीहरु घरमै बस्नुपर्ने अवश्थामा रहेका धरान उपमहानगरपालिकाले गुनासो गरेकोछ । पछिल्लो समय धरानमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । पहिलो चरणको लकडाउन खुकुलो भए पछि धरानमा कोरोना संक्रमण फैलिन थालेको हो । दुई साता भित्रमा धरानमा ५५ जनामा कोरोना संक्रमित देखिएका छन् भने २४ जना समुदाय स्तरमै संक्रमित देखिएका हुन् । । पोजिटिभ केशहरु अहिले घरमै राख्नु पर्

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 878 पटक पढिएको
    • " दिनेश गजमेर"
  • धरानमा लकडाउन बढ्ने निश्चित, उपभोग्य वस्तुका पसल खुल्न सक्ने

    धरान । कोरोना संक्रमितको संख्या उच्च दरमा बढ्दै गए पछि साउन २८ गते सम्म आव्हान गरिएको धरानको लकडाउनको समयावधि बढ्ने निश्चित भएको छ । लकडाउन लम्बिए पनि उपभोग्य वस्तुका पसलहरुहरु भने खुल्न सक्ने देखिएको छ । लकडाउनको समयावधि बढ्ने निश्चित भए पनि अति आवश्यकीय वस्तुहरुको उपलब्धताको विषयमा भने छलफल भइरहेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । लकडाउनकै समयमा पनि कोरोना संक्रमणको संख्या उच्च दरमा बढिरहेकाले लकडाउन लम्बिने निश्चित रहेको बताए । उनले भने, ‘साउन २८ गते सम्म भनेका छौं तर संक्रमणको संख्या उच्च दरमा बढिरहेको छ । त्यसैले तत्कालै लकडाउनलाई खोल्ने वा खुकुलो बनाउने अवश्था छैन ।&

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 1,366 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved