प्रदेश सांसद साम्बाको क्षेत्रमा १ अर्ब २६ करोडको योजना

  • कार्तिक १, २०७७
  • कोशीपत्र/संवाददाता
alt

मोरङ । प्रदेशसभा सांसद कुलप्रसाद साम्बा (कुशल)को पहलमा आफ्नो क्षेत्रमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको योजना कार्यान्वयनको चरणमा रहेको छ ।

मोरङ निर्वाचन क्षेत्र नं.१ (क) बाट निर्वाचित साम्बाले आफू निर्वाचित भएपछि प्रदेश सरकारका १ सय ५० वटा भन्दा बढी योजनाका लागि १ अर्ब २६ करोड २९ लाख ९३ हजार १ सय ७७ रुपैयाँ बराबरको बजेट व्यवस्था गरेको जनाएका छन् । साम्बाले प्रस्ताव गरेर कार्यान्वयनमा आएका तथा हाल निर्माणाधिन रहेका अधिकांश योजना सडक र तटबन्धन निर्माणको क्षेत्रमा रहेको छ ।
साम्बाको क्षेत्रमा मिक्लाजुङ २, ३, ६, ७, ८ र ९ नम्बर वडा र उर्लाबारी नगरपालिकाको सबै वडा गरी १५ वटा वडा पर्दछन् । सांसद साम्बाले आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ मा ति विकास निर्माणका कार्यक्रम लगेको जनाए । सार्वजनिक विवरण अनुसार ९८ वटा योजनाहरु सम्पन्न भइसकेका छन् भने अन्य योजनाहरु निर्माणाधिन छन् ।
५८ करोड रुपैयाँ बराबरको किसानचोक–टाँडी–रमिते–रवि सडक बहुवर्षे योजना ४० प्रतिशत सम्पन्न भएको, ७ करोड २५ लाख बराबरको मिक्लु खोला पुल बहुवर्षे योजना अन्तर्गत ३० प्रतिशत सम्पन्न भएको, १ करोड ६ लाख बराबरको मुख्यमन्त्री ग्रामिण सडक अन्तर्गत उर्लाबारी आइतबारे चोक हुँदै झारशान्धि खाँम्बेझोडा जोड्ने सडक ७ सय मिटर कालोपत्रे सम्पन्न भइसकेको, उर्लाबारी–आइतबारे चोक नगरपालिका अगाडिबाट दक्षिण जाने ४ सय किलोमिटर सडक कालोपत्रे भएको लगायत उल्लेख छन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved