Top 4

    Showing 8,971-8,980 of 9,411 items.
  • थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५० जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ ५ शुक्रबार / आज थप ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १३७ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप २ सय ५० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १८ हजार २ सय १४  जना  जना रहेका छन् ।

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 966 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक साता पछि भेटियो इटहरीका १ सय २५ को स्वाब

    इटहरी । गत साउन ३० गते इटहरीबाट १ सय २५ जनाको पिसिआरबाट स्वाब संकलन गरी परिक्षणका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइयो । ४ गते सम्म पनि संकलन भएका स्वाबहरूको रिपोर्ट नआउदा इटहरी अस्पतालका प्रतिनिधि र इटहरी उपमहानगरकै स्वास्थ्य शाखाबाट खोजि शुरू गरीयो ।जब प्रतिष्ठानको ल्याब रूमबाट गत साउन ३० गते संकलन भएका स्वाब प्राप्त नभएको जानकारी आयो तब इटहरीमा संकलित १ सय २५ जनाको स्वाब हराएको भनी हल्ला चल्यो । ५ गते बिहान ९ बजे पुनःप्रतिष्ठानले नै ति स्वाबहरू भेटिएको तर परिक्षण गर्नै नमिल्ने गरी बिग्रिएको भनि जानकारी दिएपछि अर्को समस्या उत्पन्न भयो । इटहरीमा संक्रमणको जोखिम ब

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 932 पटक पढिएको
    • " तेजबहादुर बन "
  • इलाम सदरमुकाममा फनपार्क बन्ने

    इलाम/ इलाम सदरमुकाममा बालबालिकाको मनोरञ्जनको लागी फन पार्क निर्माण शुरु भएको छ । चार करोड ४४ लाख ७३ हजार रुपैयाँको लगानीमा फनपार्क निर्माण थालिएको हो । फनपार्क निर्माणमा लाग्ने ७० प्रतिशत रकम नगर विकास कोषले ऋण लगानी गर्नेछ । नगर विकास कोषसंग नगरपालिकाले तीन करोड ३५ लाख २० हजार रुपैयाँको ऋण सम्झौता गरेको छ । नगरालिकाले फनपार्क निर्माणमा एक करोड ४३ लाख ७० हजार रुपैयाँ लगानी गर्ने इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरगाईले जानकारी दिए । फनपार्क बनाउन नगर विकास कोषले आठ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराएको हो । निर्माण सकिएको २० वर्षमा नगर विकास कोषको सावा र ब्याज भुक्तानी गरिसक्नु पर्नेछ । सम्झौता अ

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,620 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय नाघे

    सुनसरी । सुनसरीमा समुदाय स्तरमै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार सम्मको रिपोर्ट सार्वजनिक भए सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । शुक्रबार २३ जना थपिए पछि सुनसरीमा कोरोना संक्रमितको संख्या कुल ४ सय ९ जना पुगेका छन् । स्वास्थ्य कार्यालय सुनसरीको अनुसार कार्यालयमा प्राप्त रिपोर्टका आधारमा सबैभन्दा बढी कोरोना संक्रमित धरानमा देखिएका छन् । कार्यालयकी फोकल पर्सन शिर्जना लिङथेपका अनुसार धरानमा संक्रमितको संख्या १ सय ९ रहेको छ । त्यसैगरी इटहरीमा ६५, दुहवीमा ५९, हरिनगरमा ३४, कोशीमा २९, रामधुनीमा २५, भोक्राहामा २० जना छन् । त्यस्तै बर्जुमा १९, इनरुवा र देवानगञ्जमा १५

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा होम आईसोलेसनमा बसेका एक पुरुषको मृत्यु

    विराटनगर । विराटनगरमा होम आईसोलेसनमा रहेका एक संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर–६ सरोचियाका ती पुरुषमा श्वास प्रश्वास सम्बन्धी समस्या देखिएको थियो । वडाअध्यक्ष विजय कामतका अनुसार गत भदौ ३ गते ती पुरुषमा कोरोना संक्रमण पुष्टि भई घरमै आईसोलेसनमा थिए । उनका दीर्घरोग रहेको बताइएको छ । कोरोना विशेष अस्पतालहरुमा बेड खाली नहुँदा विराटनगरमा ३ सय ४१ जना संक्रमित होम आईसोलेसनमा रहेको महानगरले जनाएको छ । योसंगै विराटनगरमा कोरोना ९ जना संक्रमितको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,042 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा थप एक प्रहरी सहित ५ जनामा कोरोना संक्रमण पुष्टि

    इटहरी । सुनसरीकाे इटहरी उपाहानगरपालीकामा शुक्रबार थप पाँच जनामा काेराेना संक्रमण पुस्टी भएकाे छ । गत भदाै १ गते स्वाब संकलन गरी पठाइएकाेमा ५ गते प्राप्त रिपाेर्ट अनुसार पाँच जनामा काेराेना संक्रमण पुस्टी भएकाे हाे । इलाका प्रहरी कार्यालय इटहरीका एक प्रहरी सहित ५ जनामा काेराेना पुस्टी भएकाे हाे ।   त्यसैगरी इटहरी वार्ड नं २० , ४ , ५ र ८ मा एक एक जना गरी ४ जनामा काेराेना संक्रमण पुस्टी भएकाे इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख राम कुमार धमलाले बताए । संक्रमित मध्ये इटहरी ४ कि एक महिला हुन भने बाकि सबै पुरूष रहेकाे बताइएकाे छ ।   शुक्रबार ५ जनाम

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,199 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहको २६ औ बार्षिक उत्सवको अवसरमा स्वास्थ्य सामग्री बितरण

     धरान । कोरोनाको महामारीको अवस्थामा पनि फ्रन्टलाइनमा बसेर काम गर्ने पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लाई बराह ज्वेलरी इण्डष्टृज प्राली तथा बराह ग्रुपको २६ औ बार्षिक उत्सबको अवसरमा सुरक्षाको लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । बर्सेनि विभिन्न सामाजिक कार्य गरेर बार्षिक उत्सब मनाउने गरे पनि यस बर्ष भने कोरोनाको महामारीले कार्यक्रम गर्न नसकिए पनि फ्रन्टलाइन मा बसेर काम गर्ने पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई मास्क, सेनिटाइजर र ग्लोब्स प्रदान गरिएको हो । प्रत्येक बर्षको भदौ ५ गते बराहले बार्षिक उत्सब मनाउने गरेको छ । यस बर्ष पनि सोही दिन एक कार्यक्रमको आयोजना गरि सुरक्षाको ल

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 894 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिका नर्समा कोरोना संक्रमण फैलिदै, थप १ नर्स सहित ५ जनामा कोरोना संक्रमण पुष्टि

    धरान । स्वास्थ्यकर्मीमै कोरोना संक्रमण फैलिन थाले पछि संक्रमितहरु को कन्ट्याक्ट ट्रसिङ्को क्रममा गरिएको स्वाब परिक्षणमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएकी नर्स प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत थिइन । धरान १५ पुष्पाञ्जली मार्गका कि उनलाइ गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसिङमार्फत उनको पनि स्वाब परीक्षण गरिएको थियो । केही दिन अघि कोरोना संक्रमितको सम्पर्कमा रहेका दुई जना कुरुवामा पनि कोरोना पुष्टि भएको छ । उनिहरु एन्फा क्वारेन्टाइन मा राखिएको थियो । यस्तै, कोभि

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 899 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा निषेधाज्ञा घोषणा

    धनकुटा, ५ भदौ / धनकुटामा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि एकहप्ताको लागि धनकुटामा निषेधाज्ञा घोषणा गरिएको छ । सहिदभूमि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा भदौं ४ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि जिल्लाभर एकहप्ताको लागि निषेधाज्ञा घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीको अध्यक्षतामा गएराति बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले धेरै जनासँगको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना संक्रमण देखिएकाले थप समुदायस्तरमा संक्रमण फैलन नदिनका लागि जिल्लाभर एकहप्ताको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । संक

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 793 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • गाँजा सहित १ जना पक्राउ

    धरान/  इलाका प्रहरी कार्यलय धरानले गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।धरान १६ लोकतान्त्रिक चोकका स्थानिय  ३४ वर्षिय किरण धिमाललाई प्रहरीले पक्राउ गरेको हो । धिमालले आफ्नै घरमा गाँजा लुकाइ छिपाइ बेच्ने गरेको भन्ने विशेष सुचनाको आधारमा धिमाललाई ६ किलो तयारी गाँजा सहित पक्राउ गरेको हो ।पक्राउ परेका धिमाललाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 940 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved