नव निर्वाचित अमेरीकाका राष्ट्रपति जो बाइडेनले भने “म तोड्ने होइन जोड्ने राष्ट्रपति बन्छु ”

  • कार्तिक २३, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । संयुक्त राज्य अमेरीकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेनले निर्वाचित भए सगै आफ्नो राज्य डेलावेरमा सम्बोधन गर्दै आफु तोड्ने होइन जोड्ने राष्ट्रपति बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाइडेनले आफ्नो पहिलो सम्बोधनमा रातो र निलोको होइन संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्ने भन्दै आम जनताको भरोसा जित्ने प्रयास गर्ने बताएका छन् ।

उनले सम्बोधन गर्दै भने, ’म तपाइँहरुको भरोसा देखेर निकै खुशी र उत्साहित छु । म यस्तो राष्ट्रपति बन्न चाहन्छु, जसले तोड्ने होइन जोड्ने काम गर्ने छ । जसले रातो र निलो राज्य हेर्ने छैन संयुक्त राज्य अमेरिका हेर्ने छ । मैले सबैको भरोसा जित्न मनदेखि नै कोशिस गर्ने छु ।’

बाइडेनले आफ्नो पहिलो काम कोरोना भाइरसलाई नियन्त्रण गर्ने भएको भन्दै सोमबार नै आफुले आफ्नो ’कोर ग्रुप’ को घोषणा गर्ने बताए । आफुले राष्ट्रपतिको शपथ खाएपछि तुरुन्त काम शुरु गर्ने गरि वैज्ञानिक र विशेषज्ञको टिमले कोभिड नियन्त्रणमा काम गर्ने बताए ।

अमेरिकी संबिधानको व्यवस्था अनुसार उनले जनवरी २०, २०२१ मा राष्ट्रपति पदको शपथ लिने छन् ।

त्यस्तै पहिलो महिला उपराष्ट्रपति बनेकी कमला ह्यारिशले सम्बोधन गर्दै युवा अमेरिकी युवतीले अब ह्वाइटहाउस पुग्न सकिन्छ भन्ने सपना देख्न सक्ने भन्दै यसको बाटो खुलेको बताइन । उनले आफु उपराष्ट्रपति बन्ने पहिलो महिला भएपनि अन्तिम नभएको बताइन ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved