Top 4

    Showing 8,461-8,470 of 9,409 items.
  • हतियार सहित एक जना पक्राउ

    मोरङ। मोरङ मिक्लाजुङ-१ सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई हिजो दिउसो सवा ३ बजे पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारी बरामद गरेको हो । यसरी हतियार सहित पक्राउ परेका श्रेष्ठ उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमणले अक्सिजनको माग तीन गुणासम्म बढ्यो

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आफू चढ्ने गाडीमा संधै अक्सिजनको सिलिन्डर बोकेर हिंड्छन । पीपीई सेट, पीसीआर किट र स्वाब संकलन गर्ने सामग्री पनि साथै हुन्छ । कोरोना संक्रमणसंगै विराटनगरमा संक्रमित थपिने क्रम वृद्धि हुँदा अक्सिजनको माग समेत बढ्न गएको छ । ‘होम आईसोलेसनमा बसेकाहरुलाई अक्सिजन चाहिंदा टेलिफोन आउनासाथ पु¥याउन सहज होस भनेर एक दुईवटा सिलिण्डर गाडीमै राखेको छु,’ मेयर पराजुलीले भने, ‘शारीरिक रुपमा अशक्त, ज्येष्ठ नागरिक र संकलन केन्द्रसम्म पुग्न नसक्ने संभावित कोरोना संक्रमितको स्वाब संकलन गर्न चाहिने सामग्री पनि गाडीमा राख्ने गरेको छु, आवश्यक पर्

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,351 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • १३ वर्षदेखि जनताले तिर्दै थिए प्रहरी चौकीको घरभाडा

    बराहक्षेत्र । स्थानीय सरकार संचालन भएको तेस्रो वर्ष बितिसकेको छ । विकासका काम सशर्त क्रमशः अघि बढिरहेका छन् । जनअपेक्षा अनुसार विकास निर्माण नहुँदा स्थानीय सरकारलाई धिकार्ने र सराप्नेहरुको ताँती उत्तिकै छ । तर सरकारले आफ्नो काम गरिरहन्छ जनताले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने मनशायले जनस्तरबाट समेत काम भई नै रहेका छन् । बेलका नगरपालिकाको वडा नं. ८ स्थित कोठूमा प्रहरी चौकी स्थापना भएको १३ वर्ष भयो । ०६४ सालदेखि प्रहरी चौकी भाडाको घरमै संचालन हुँदै आएको छ । स्थानीय सरकार आएपछि चौकीको भाडा बेलका नगरपालिकाले बेहोर्दै आएको छ तर, बितेका १० वर्ष चौकी संचालनका लागि जनस्तरबाटै घरभाडा बेहोरियो ।

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 987 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लोकप्रियताबाट अत्तालिनेहरु सरकार विरुद्ध लागे : प्रधानमन्त्री ओलि

    सुनसरी । पछिल्लो समय नेकपा भित्रको विवादले सरकार माथि नै प्रश्न उठिरहेको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलि र अर्का अध्यक्ष प्रचण्ड बिचको द्वन्दले सरकार ढल्ने आकलन भइरहँदा प्रधानमन्त्री ओलीले सरकार परिवर्तन नहुने दाबी गरेका छन् । सरकारको लोकप्रियताले अत्तालिएका पक्षबाट सरकारविरुद्ध भ्रमपूर्ण प्रचार गरेको उनको आरोप छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सामा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाई भवनको सोमबार उदघाटन गर्दै प्रधानमन्त्री ओलिले देशको समृद्धि नचाहने मानिसहरु सरकार विरुद्ध लागेको बताए । उनले भने, ‘वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न प

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 913 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाटो बिराएको ’पहेँलोठुँडे कलहाँस’ : कोशीटप्पुको लागिनयाँ चरा

    कोशीटप्पु / कोशीटप्पुको लागि सोमबार नयाँपाहुना चरा देखिएको छ । कोशीपक्षी समाजकाअध्यक्ष रहेका संजीवआचार्यले कोशीटप्पु वन्यजन्तु आरक्षको लागिनयाँ चरा पत्तालगाएकाहुन् । यसअघिकोशीटप्पु क्षेत्र भित्र ५ सय ३० प्रजातिका चरा देखिएका छन् । आचार्यले पत्तालगाए सँगै आरक्ष आसपासका क्षेत्रमा ५३१ प्रजातिका चरा रेकर्ड भएको छ । पहेँलोठुँडे कलहाँस (विनगुज) कोसीमामात्र हैन नेपालकै लागिदुर्लभ चराको रूपमा चिनिन्छ । हिमालीप्रकृतिकापक्षीविद् समेत रहेकाआचार्यकाअनुसार सन् १९८५ मापहिलो पटक चितवनको राप्तिनदी क्षेत्रमा एउटा मात्रपहेँलो ठुँडे कलहाँस देखिएको थियो । चखेवा (रेडीसियल डक) को झुन्डमा एउटा मात्रको सङ्ख्यामा दे

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,001 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मौसम प्रतिकूल हुँदा इलाम आएनन् ओली, निरास बन्दै फर्किए स्थानीय

    इलाम मंसिर ५गते प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तय भयो । कार्यक्रम तय भएको केहि दिनमै मंसिर ७ गतेलाई सारियो । मंसिर ७ गतेको पनि कार्यक्रम रद्ध गरेर ८ गतेलाई सारियो । तय भएको कार्यक्रम दुई पटक रद्ध गरी मंसिर ८ गतेका लागि तय भएपनि प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउन सकेनन । कार्यक्रमको सम्पूर्ण तयारी सकेर ८ गते कार्यक्रममा ओलीलाई स्वागत गर्न तयारी साथ बसेपछि मौसम प्रतिकूल भएर हलिकप्टर अवतरण गर्न नसकको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली इलामस्थित जौबारी नआइ विरटनगर फर्किए पछि स्थानीय निरास बन्दै फर्केका हुन । इलामको सन्दकपुर गाउँपालिका ५ स्थित जौबारीमा स्थापित प्रहरी बलको बोर

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,161 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • शुल्क नतिरे पनि परिक्षामा सामेल गराउन धरान उपमहानगरपालिकाको निर्देशन

    धरान । शुल्क नतिरे परिक्षामा सहभागि हुन नपाउँने भन्दै अभिभावकहरुलाई दबाब दिएको गुनासो आउन थाले पछि धरान उपमहानगरपालिकाले परिक्षाबाट बञ्चित नगराउन विद्यालयहरुलाई निर्देशन दिएको छ । निजी विद्यालयहरुले दबाब दिएर अभिभावकहरु सँग शुल्क असुलेको भन्दै स्थानीय सरकार समक्ष गुनासो बढे पछि सोमबार शिक्षा महाशाखाले सुचना जारी गर्दै कुनै पनि बहानामा विद्यार्थीको परिक्षा नरोक्न उर्दी जारी गरेको छ । शिक्षा, खेलकुद तथा युवा महाशाखाका प्रमुख रामचन्द्र कार्कीले सुचना जारी गर्दै संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई शुल्क नतिरेकै कारण विद्यालयहरुले लिने परिक्षामा सम्मिलित हुन नपाउने भन्ने गुनासा अभिभावकहरुबाट

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 994 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नगरपालिकालाई कर नतिरेपछि हटायो नगरभित्रका होडिङ बोर्ड

    इलाम/ इलाम नगरपालिकालाई विज्ञापन कर नतिरेको भन्दै नगरपालिका भित्र राखिएका होडिङ बोर्ड हटाएको छ । विज्ञापन कर नबुझाउने कम्पनीका विज्ञापन युक्त होडिङ बोर्डहरु इलाम नगरपालिकाले हटाएको हो । नगरपालिकाले विज्ञापन कर बुझाउन अटेर गर्ने उत्पादक, कम्पनी वा सप्लायर्सका होडिङ बोर्ड हटाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा बार्षिक पाँच लाख दश हजारमा विज्ञापन करको ठेक्का बन्दोबस्ती गरेको थियो । तर विज्ञापन प्रयोग गरिएको विभिन्न कम्पनी, वा विज्ञापन प्रदायकले नगरले तोकेको दररेट अनुसार कर नबुझाएपछि यस्ता विज्ञापन युक्त होडिङ बोर्ड हटाउन शुरु गरिएको नगरका सरसफाइ शाखा प्रमुख प्रेम दियाली

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 978 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • होटलमा आगलागी अन्दाजी २ करोड बराबरको क्षति

    सोलुखुम्बु। सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-३ मा सोनाम शेर्पाले संचालन गरेको यती माउन्टेन होम होटलमा आगलागी हुँदा अन्दाजी २ करोड बराबरको क्षति भएको छ । २ तले पक्की घरमा संचालमा रहेको  होटलमा आईतवार बिहान ९ बजे बिद्युतको तार सर्ट भई अचानक आगलागी हुँदा होटलमा रहेका सम्पुर्ण समानहरु जलेर नष्ट भई २ करोड मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ईलाका प्रहरी कार्यालय लुक्लाबाट खटिएको प्रहरी टोली, नेपाली सेना र स्थानीयवासी समेतको सहयोगमा दिउँसो २ बजे आगो नियन्त्रणमा आएको तथा मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,307 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    झापा। झापाको कमल गाउँपालिका-६ का ४७ बर्षीय चुडामणी भण्डारी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। आईतवार अपरान्ह साँढे ५ बजेको समयमा निजको श्रीमती ३९ बर्षीया टिका देवी पौडेल र दमक नगरपलिका-२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएकोमा भण्डारी एक्कासी आवेशमा आई दुबै जनालाई खुकुरी प्रहार गर्दा टिका देवीको घटनास्थलमा नै मृत्यु भएको हो । खुकुरी प्रहारबाट घाईते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भईरहेको तथा खुकुरी प्रहार गर्ने भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,610 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved