जल र बिक्रेताबीच अन्तरक्रिया

  • फाल्गुन १९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  महालक्ष्मी वायर एन्ड केबल इन्डस्ट्रिज प्रालिले ‘जल’ ब्रान्डका पाइप एन्ड फिटिङका बिक्रेतासँग बृहत् छलफल गरेको छ ।
महालक्ष्मीले जल ब्रान्डमा सिपिभिसी र पिभिसी पाइप तथा फिटिङ्सहरू उत्पादन गर्ने गरेको छ । कम्पनीले पहिलो चरणमा सिरहाभन्दा पूर्वका बजार प्रतिनिधि तथा बिक्रेतालाई सहभागी गराएर इटहरीमा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरू उपस्थित थिए । ‘जल’ लाई अझ सशक्तरूपमा अघि बढाउन यस्तो भेला आजोजना गरेको जनाइएको छ । कार्यक्रममा कम्पनीका सञ्चालकले थप सुविधा र गुणस्तर एकै छाना मुनिबाट पूर्ण होम सोलुसनसहित उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निकट भविष्यमा सेनिटरी टायलको उत्पादन शुरु हुने र ट्रिपल कोटेड केबल, इलेक्ट्रिकल पाइप, बोरबेल पाइप, गार्डेन पाइप, डे«नेज पाइपलगायत अन्य दर्जनभन्दा बढी नयाँ उत्पादन आउन लागेको समेत कम्पनीले जनाएको छ । सोही कार्यक्रममा सञ्चालकले छोटो समयमा जलले मन जितेकोमा आपूmहरू नयाँ उत्पादन ल्याउन उत्साहित भएको बताए ।यसैगरी जल ब्रान्डमा पिभिसी, एचडिपी र सिपिभिसी पाइप नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गर्न सफल भएकोमा गर्व महसुस भएको उनले जनाए ।

कार्यक्रममा मुलुकका ख्याति प्राप्त कलाकार तथा सङ्गीतकर्मीहरूले कला प्रस्तुत गरेका गिए । कम्पनीका सञ्चालकले अतिथि तथा सहभागीलाई मायाको चिनो प्रदान गरेका थिए भने अधिकांश सहभागीले गुणस्तरकै कारण ‘जल’ छोटो समयमा लोकप्रिय भएको बताएका थिए ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved