चतरा / वराहक्षेत्र २ चतरा स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा आँखाको उपचार सेवा बिस्तार गरिएको छ । प्रथामिक स्वास्थ्य केन्द्रको आन्तरिक व्यवस्थापनबाट सञ्चालन हुने गरि आँखा सम्बन्धि सेवा आइतवारबाट सुरु गरिएको प्रथामिक स्वास्थ्य केन्द्रका व्यवस्थापन डाक्टर अनिल गिरिले बताए । सेबा फाउण्डेसनको बिशेष सहयोग ,नेपाल नेत्र ज्योति संघ धनकुटा , रामप्रसाद प्रोखरेल आँखा अस्पताल धनकुटा र आँखा अस्पताल इटहरीको प्राबिधिक सहयोग हुनेगरि गत चैत्र ४ गते भएको सम्झौता अनुसार आँखाको उपचार सेबा सञ्चालनमा आएको हो । डक्टर गिरिका अनुसार सार्वजनिक बिदाका दिन समेत बिहान ८ बजे देखि बेलुकाको ४ बजे सम्म नेत्र सहायक लालन
इटहरी । कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि इटहरी उपमहानगरले बिक्री गर्ने व्यवस्था मिलाएको छ । सरकारले निषेधाज्ञा जारी गरेसगैं किसानले उत्पादन गरेको तरकारी बिक्री नभई खेतबारीमै कुहिने अवस्था आएपछि उपमहानगरले बजार मूल्य भन्दा प्रतिकेजी २ रुपैंया बढीमा खरिद गर्ने व्यवस्था गरेको हो । सोमबार इटहरीमा किसान, इटहरी उपमहानगरका प्रतिनिधि र खरिद गर्ने ब्यवसायीसगँंको त्रिपक्षीय बैठकले यस्तो निर्णय भएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । १ क्विन्टल भन्दा माथि उत्पादन गर्ने किसानको खेतमै पुगेर कम्पनीले जिम्मा लिनेछ । यस्तै १ क्विन्टल भन्दा कम उत्पादन गर्ने किसानलाई खरिद गर्ने
मेष = मिष्ठान्न भोजन प्राप्त हुनेछ । पारिवारिक जमघट बढ्नेछ । आर्थिक लाभ हुनेछ । रमाइलो गरेर दिन व्यतित हुनेछ । बृष = वादविवाद बढ्न सक्नेछ । चोटपटक लाग्ने संभावना छ । आर्थिक संकट आउन सक्छ । अनावश्यक चिन्ता बढ्न सक्नेछ । मिथुन = समय अनुकुल रहेको छ । अध्ययनमा उन्नति हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । स्वागत सत्कारमा मन आनन्दीत हुनेछ । कर्कट = व्यापारमा लाभ बढ्ने योग छ । विभिन्न अवसरहरु प्राप्त हुनेछन् । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । कर्यमा हौसला बढेर जानेछ । सिंह = दिन व्यस्त भएर व्यतीत हुनेछ । कार्यमा अरुको हस्तक्षेप हुन सक्छ ।शरीर अस्वस्थ हुनसक्छ । मनमा असन्तोष बढ्नेछ । कन्या =
धरान / प्रदेश नं. १ मा दैनिक थपिएका कोरोना संक्रमितमध्ये सोमबार अहिलेसम्मकै सबै भन्दा उच्च रहेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा प्रदेश नं. १ मा ९ सय ३७ जनामा कोरोना संक्रमित थपिएका छन् । गत वर्षको कात्तिक ४ गते पनि प्रदेश १ मा दैनिक संक्रमित संख्या ८ सय ७० पुगेको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, तेह«थुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ । मोरंगको विराटनगरमा १२४ महिला र १७७ पुरुष स
सुनसरी/ इटहरीमाअक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको छ । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमाअक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको हो । उद्योग बाणिज्य संघ इटहरीको नेतृत्वतथा नेपालप्रेस युनियन सुनसरी र युवाउद्यमीमञ्च सुनसरीको सहकार्यमा ४० बेडको आइसोलेसन तयार गरिने भएकोहो । उद्योग बाणिज्य संघ इटहरीकाअध्यक्षभीमपौडेलले इटहरीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बृद्धि भएपछि आफूहरुले खाना, बस्न तथाअक्सिजनसहितको निःशुल्क ४० बेडको आइसोलेसन तयारका लागिकाम सुरु भएको बताए । ‘यहाँ गरीब, विपन्नतथाआर्थिक स्तर कमजोर भएकानागरिकहरुलाई राखिनेछ र निःशुल
धरान । काठमाण्डौमा बेड तथा आइसियु नपाएपछि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोनाको विरामी ल्याएइएको छ । ति विरामीलाई हेलिकप्टरबाट धरान ल्याएर उपचार थालिएको प्रतिष्ठानले जनाएको छ । ६० बर्षिया महिलालाई सोमबार दिउसो हेलिकप्टरबाट धरान ल्याइएको थियो । विरामीका आफन्तले काठमाण्डौमा उपचार गर्ने बेड र आइसीयु नापएपछि धरान ल्याइएको बताए । प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहका अनुसार अहिले प्रतिष्ठानको कोभिड अस्पतालमा १० वडा आइसीयु बेड,२५ वडा एसवियु,भेन्टिलेटर १० वटा,३ वटा प्रोटेवल भेन्टिलेटर र ननइन्भेसिभ भेन्टिलेटर ८ वडा खाली छन् ।कोभिड अस्पतालमा अहिले अप्रेसन
धरान । युवा सघं नेपाल धरान उपमहानगर कमिटी र अनेरास्ववियु धरान उपमहानगर कमिटीले बजारमा कालोबाजरी बढेको भन्दै नियन्त्रण गर्न सुनसरी उद्योग बाणिज्य सघं,धरान उपमहानगरपालिका तथा इलाका प्रसाशन कार्यालयलाई तिन दिने अल्टीमेटम दिएका छन् ।बजमारमा ब्यापारीहरुबाट कृतिम अभाब सृजना गर्ने,अत्याबस्यक बस्तुमा मुल्यबृद्धी गर्ने लगायतका कार्य भईरहेको भन्दै युवा सघं र अनेरास्ववियुले त्यसलाई नियन्त्रण गर्न अल्टीमेटम दिएको हो । तिन दिन भित्रमा यस्ता बिकृती नियन्त्रण्म भएन भने युवा सघं र अनेरास्ववियु चुप लागेर बस्दैन युवा सघं धरानका अध्यक्ष कुमार भारतीले भने । उद्योग बाणिज्य सघं,जिल्ला प्रशासन तथा धरान उपमहानगरपालिक
मोरङ । मोरङको रंगेलीमा पानी डुबेर एक बालकको मृत्यु भएको छ । रंगेली नगरपालिका ९ बेदमारी स्थित ईट्टा उद्योगमा ईट्टा बनाउन खनेको माटोको खाल्डोमा परि बालकको मृत्यु भएको हो । मृत्युहुनेमा भारत घरभई सोही ईट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँका १० वर्षीय छोर अलिअर मियाँ रहेको प्रहरीले जनाएको छ । सोमबार (आज) बिहान १० बजे खेल्ने क्रममा खाल्डोमा डुबी गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाक प्रहरी कार्यालय रंगलीले जनाएको छ ।
धरान । कोरोना महामारीको कराण मनिसहरुले अक्सिजन सिलिन्डर स्टक गर्न थालेपछि नेपालमा अक्सिजन सिलिन्डरको अभाव हुन थालेको छ । सिलन्डर अभाव हुन नदिन सोमबार (आज) नेपाल वायुसेवा निगमको विमान अक्सिजन सिलिन्डर लिन चीनको बेइजिङ जाने भएको छ । तत्कालका लागि करिब ६ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र केही अक्सिजन कन्स्ट्रक्सनसमेत ल्याउनका लागि निगमको विमान बेइजिङ जान लागेको हो । चिनबाट खाली सिलिन्डर ल्याएर अक्सिजन भने नेपालमै भरिनेछ ।विमान सोमबार (आज) राति ११ः३० बजे चीनको बेइजिङ जान लागेको हो । अक्सिजन सिलिन्डर लिएर विमान मंगलबार अपरान्ह २ः३५ मा काठमाडौंमा अवतरण गर्नेछ । तत्कालका लागि ४ सयद
बेलबारी / मोरङको बेलबारी नगरपालिकाले अकसिजन सहितको १५ बेडको आइसोलेसन तयार गरेको छ । बेलबारी २ मा रहेको बागदेवि सामुदायिक बन उपभोक्ता समुहको भवनमानगरपालिकाले आइसोलेसन तयार गरेको हो । नगरपालिकाले यस अघि पहिलो चरणको कोभिडमा समेत आइसोलेसन संचालनमाल्याएको थियो । नगरको पहिलो प्राथमिक्ताभनेको स्वास्थ्यहो बेलबारी नगरपालिकाकानगर प्रमुज्ञ ज्ञानेन्द्र सुवेदीले भने हामी स्वास्थयभयौ भने मात्रै अरु सोच्न सक्छौ । नगरवासिलाई स्वास्थ्यउपचारका लागिकुनै पनि कसर वाकि नराख्ने नगर प्रमुख सुवेदीले बताए । नगरपालिकाले कोरोना भाइरस बाट सक्रमितनागरीकहरुलाई अस्पताल सम्मपुर्याउनकालागिनिशुल्कएम्बुलेन्सको समते ब्यबस्थापन