इटहरीमा अक्सिजन सहितको ४० बेडको आइसोलेसन

  • वैशाख २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/  इटहरीमाअक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको छ । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमाअक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको हो ।
उद्योग बाणिज्य संघ इटहरीको नेतृत्वतथा नेपालप्रेस युनियन सुनसरी र युवाउद्यमीमञ्च सुनसरीको सहकार्यमा ४० बेडको आइसोलेसन तयार गरिने भएकोहो ।

उद्योग बाणिज्य संघ इटहरीकाअध्यक्षभीमपौडेलले इटहरीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बृद्धि भएपछि आफूहरुले खाना, बस्न तथाअक्सिजनसहितको निःशुल्क ४० बेडको आइसोलेसन तयारका लागिकाम सुरु भएको बताए । ‘यहाँ गरीब, विपन्नतथाआर्थिक स्तर कमजोर भएकानागरिकहरुलाई राखिनेछ र निःशुल्कखानासहितउपचार गरिनेछ,’पौडेलले भने, ‘प्राविधिक रुपमा डाक्टर र नर्ससहितको सुविधापनि छ, सिडिओ साबहरुले अनुगमन गरेर आइसोलेसन सञ्चालनकालागि स्वीकृतिपनिदिनुभएको छ ।’

सोमबार सुनसरीकाप्रमुखजिल्लाअधिकारी उमेशकुमार ढकाल, इटहरी उपमहानगरपालिकाकाप्रमुख द्धारिकलाल चौधरी, प्रहरी प्रमुखएसपीकमलथापा, सशस्त्रप्रहरी बल सुनसरीकाएसपीमाधवपौडेलसहितको टोलीले अनुगमन समेत गरेको छ ।

अनुगमनपछि प्रजिअ ढकालले पूर्वमै पहिलोपटक यस्ता संस्थाबाट आइसोलेसन तयार गर्नुसकारात्मकपक्षरहेको बताए । प्रेस युनियन सुनसरीकाअध्यक्षपवनअधिकारीकाअनुसार जिल्लामा रहेर अग्रभागमा खटिने पत्रकारहरुमापनि कोरोनाको जोखिम रहेका कारण उवासंघसँगको सहकार्यमा आइसोलेसन निर्माणका लागि सहकार्य गरेको बताए । उनले भने, ‘अग्रभागमा खटिने पत्रकारहरुमा जोखिमभएकाले संक्रमण भएकापत्रकारहरु यहाँआएर बस्न सक्नेछन्, त्यसकालागि प्रेस युनियनले समन्वय गर्नेछ ।’ गतवर्ष जिल्लाकापत्रकारहरुमा कोरोना बीमा गरेको स्मरण गर्दै अधिकारीले भने, ‘यो आइसोलेसन पत्रकारहरुकालागिपनिलक्षित गरेर निर्माण सुरु गरिएको हो ।’

उवासंघ इटहरीकाअध्यक्षभीमपौडेलको अध्यक्षतामा कमिटी समेत बनिसकेकाले केहीदिनभित्रै आइसोलेसन सञ्चालनमाआउनेछ । कमिटीमा वस्तुगत संस्थाकामानिसहरु पनि रहेका छन् । पूर्वमै पहिलोपटक निःशुल्करुपमाउपचार गर्ने उदेश्यले निर्माण भएको आइसोलेसन गरीब, विपन्न परिवारका लागि राहतहुने उवासंघले जनाएको छ ।

यसअघि इटहरी उपमहानगरपालिकाले वडा नं. ९ मा रहेको रंगशालामा ५० बेडको आइसोलेसन तयार गरेको जनाएको छ । तर, जिल्लाप्रशासनकार्यालयबाट सुरक्षाव्यवस्थानहुँदाआइसोलेसन हालसम्म सञ्चालनमाआउन सकेको छैन ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved