इटहरी । राष्ट्रिय राजनीति संकटमा परिरहेको बेला सनिबार सुनसरीको इटहरीमा राजावादीहरूले गोप्य भेला सम्पन्न गरेका छन । पूर्व राजा ज्ञानेन्द्र शाह झापा आएकै बेला राजावादीहरूले इटहरीमा गोप्य भेला सम्पन्न गरेका हुन् । पूर्वमन्त्री तथा कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राम कुमार सुब्बाको आवासमा राजावादीहरूले शनिबार भावि राजनीतिबारे बिष्लेषण सहित मौकामा चौका हान्ने रणनीति तय गर्दै बिभिन्न कार्यक्रमहरू गर्ने भएका छन । भेलाले देशमा हिन्दु राष्ट्र स्थापना र राज संस्था जगाउन बिविध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । गत मंसिर २० गते झापामा हजारौको संख्यामा उपस्थित भए
इलाम । देशकै पर्यटकीय क्षेत्रको रुपमा रहेको इलामको सन्दकपुर गाउँपालिका–२ मा अवस्थित छिन्टापुलाई सौन्दर्यीकरण गरीने भएको छ । सन्दकपुर गाउँपालिकाले छिन्टापुको सौन्दर्यीकरणको योजना निर्माण गर्न शुरु गरेको हो । जैविक विविधता तथा प्रकृति सौन्दर्यको संरक्षण गर्दै आगामी कामहरु कसरी गर्ने भन्ने मार्गचित्र सहितको योजना बनाउन लागेको र योजना बनेपछि योजनाकै आधारमा थप विकासका काम गर्न समेत सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए । छिन्टापुलाई कालोपत्रे सडकबाट जोड्नका लागि इलाम नगरपालिकाको धारापानी, बुधबारे, गोरुवाले हुँदै छिन्टापु र पाँचथरको प्राङबुङ्गसम्म जोड्ने सडकको
धरानः शिक्षाको लागि च्यारिटी दौड नारा दिएर बर्षेनी आयोजना हुदै आएको धरान १० के रन, नवौं नेवा च्यारिटी आगामी फागुनमा हुने भएको छ । धरान रन समुहले शनिबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै फागुन ८ गते दौड प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । समुहका अध्यक्ष रमु राईका अनुसार यसपाली विगतको भन्दा फरक तरिकाले दौड प्रतियोगिता आयोजना हुनेछ । स्टे फिट एण्ड हेल्थी, फाइट अगेन्स्ट कोभिड १९ नारासहित आयोजना हुने प्रतियोगितामा बढीमा एक सय जना मात्र धावक धाविकाहरु सहभागी गराउने अध्यक्ष राईले बताए । ‘हामीले कोभिड १९ को कारण विगतमा जस्तो भव्यरुपमा यसपाली नगर्ने, र बढीमा उत्कृष्ट धावकधाविका इलिट रनर्
धरान । कोरोनाका कारण सुस्ताएको पर्यटन व्यवसायलाई गति दिन धरानका पर्यटन व्यवसायीहरुले करिब १० करोडको लगानीमा एडभेन्चर पार्क निर्माण थालेका छन् । विगत एक दशक देखि पर्यटन व्यवसायमा रहेको सेक्ष ट्राभलिङका संचालक बासुदेव बराल र एलिना मगरले धरान उपमहानगरपालिका वडा नं. २० स्थित कालिमाटीमा सुविधा सम्पन्न एडभेन्चर पार्क निर्माणको कार्य थालनी गरेका छन् । कोरोनाको कारण थलिएको पर्यटन व्यवसायलाई नयाँ ढंगबाट अघि बढाउन एडभेन्चर पार्कमा लगानी गरिएको संचालक बरालले बताए । आन्तरिक तथा बाह्य पर्यटन र स्थानीयवासीको सुविधाका लागि निजी लगानीमा पार्क निर्माणको काम अघि बढेको छ । बरालका अनुसार नेपालमा नै पहिलो पटक दि
मोरङ। मोरङको उर्लावारी नगरपालिका-४ आईतवारेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । शनिवार अपरान्ह पौने ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । बसको ठक्कर बाट घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-४ का ३२ बर्षीय प्रदिप कार्कीको उपचारको क्रममा उर्लावारीको अरनिको अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । मोटरसईकललाई ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिएको छ ।
इलाम । नेकपा जिल्ला कमिटी इलामको पुर्ण बैठक बारेमा अध्यक्ष र सचिव बिच अन्तरबिरोध देखिएको छ । राष्ट्रिय राजनितिमा नेकपाका अध्यक्षद्धय प्रचण्ड र ओली समुहबिच फुटको संघारमा पुगेपछि बैठक बारेमा फरक फरक निर्णय बाहिरिएको हो । प्रचण्ड निकट मानिने सचिव सोममाया राई सिन्धुले पुष १७ गते शुक्रबार ११ बजे जिल्ला समन्वय समितिको सभाकक्षमा पुर्ण बैठक बोलाएपछि प्रदेश सरकारको भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री समेत रहेका जिल्ला अध्यक्ष राम मगरले पार्टी हित विपरित भेला बैठकमा उपस्थित नहुन अनुरोध गरेका छन् । मगरद्धारा हस्ताक्षरित विज्ञप्तमा भनिएको छ ‘ पुस १७ गतेका दिन बैठक भनेर भ्रामक ढंगले निमन्त्रणा गर
धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष पेश गरे सँगै शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद यती बेला उत्कर्षमा पुगेको छ । विवाद शुरु भए पछि ओलि पक्ष र प्रचण्ड–नेपाल समुहमा विभाजित बनेको नेकपा कसको समुह आधिकारिक भन्ने पनि अन्यौल बढेको छ । दुवै पक्षले आ–आफ्नो समुहलाई आधिकारिक रहेको दाबी गरिरहेको छ । केपी ओलि पार्टीको अध्यक्ष रहेकाले उनकै समुह संस्थापन रहेको ओलि समुहको दाबी छ भने बहुमत प्रचण्ड–नेपाल समुहमा रहेकाले आप्mनो समुह संस्थापन रहेको अर्को पक्षको दाबी रहेको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओ
विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएकाहुन । हालसम्म डिस्चार्ज हुनेको संख्या२८ हजार ५२५ पुगेको छ । प्रदेश १ माआज ३१ जना कोरोना संक्रमितथपिएका छन् । मोरंगमा १६, सुनसरीमा ८, झापामा ६ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १०, बुढीगंगामा ४, लेटाङमा २, सुनसरीको इटहरीमा ४, धरानमा २, रामधुनी र हरिनगरमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमलगाउँपालिकामा १–१ र प्रद
झापा । झापा गाँउपालिका-६ शर्णामती बस्ने ४० बर्षीया कुमारी बराईलीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । शुक्रबार साढे ३ बजे शर्णामती स्थित भित्री सडकखण्डमा मे १ त ५९८९ नम्बरको ट्याक्टरले पैदली हिडिरहेकी कुमारीलाई ठक्कर दिदा गम्भिर घाईते भएकी थिईन । घाईते भएकी कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सोही स्थानका ४३ बर्षीय दिपक खतिवडा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कार्यालय झापाले जनाएको छ ।
इटहरी संसद बिघटन पछि फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको बिवादको असर सुनसरीको इटहरीमा पनि देखिन थालेको छ । बिस वटाकमिटी रहेको इटहरीमा १८ वडा कमिटिका अध्यक्ष र सचिवहरूले संविधान बिपरित सांसद बिघटन गरेको भन्दै प्रधानमन्त्री ओलीको बिरोध जनाएका छन । उनिहरूले ओलीलाइ प्रतिगमनकारी भन्दै प्रचण्ड र नेपालको पक्षमा रहेको घोषणा समेत गरेका छन । उनीहरूले पार्टी बिभाजनको बिरोध गर्दै पुनः ऐक्यवद्धताको माग पनि गरेका छन । बिहीबार वार्ड कमिटिका अध्यक्ष र सचिवहरूले संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै आफुहरू नेकपा बिभाजनको पक्षमा नरहेको र साथ दिनै परेमा पार्टी अध्यक्ष दहाल र नेप