वीपीमा अक्सिजन पर्याप्त, बेड थप गर्न आवश्यक

  • वैशाख ३१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमण बढ्दै गए पछि अक्सिजनको अभाव पनि चुलिदै गएको छ । अस्पतालहरुमा अक्सिजनको अभाव हुन थाले पछि उपचारबाटै बञ्चित हुनुपरेको छ भने कति पय स्थानहरुमा मृत्यु नै भएको छ । अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपर्ने अवश्था आइरहेको छ ।
सरकारले पनि अस्पतालहरुलाई अक्सिजन उत्पादनमा जोड दिइरहेको छ ।

अक्सिजनको सङ्कट सम्बोधन गर्न देशभित्र रहेका अक्सिजन उद्योगको क्षमता विस्तार, लिक्विड अक्सिजन प्लान्टको जडान र खाली सिलिन्डर खरिद् जस्ता विषयलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट रहेको छ । खपत भन्दा ४ गुणा बढी उत्पादन हुने गरेको प्रतिष्ठानको दाबी छ । प्रतिष्ठानमा अक्सिजनको अभाव नहुने भएकाले उपचार कक्ष थप गरेर स्वास्थ्य सेवा दिन सकिने देखिएको छ । अक्सिजन आवश्यक्ता पर्ने बिरामीका लागि बेड संख्या थपेर उपचार गर्न सकिने सम्भावना रहेको प्रतिष्ठानका चिकित्सकहरुको भनाई छ ।

प्रतिष्ठानका अनुसार अहिले प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्टबाट प्रति मिनेट १६ सय लिटर अक्सिजन उत्पादन भइरहेको छ । खपत भन्दा चार गुणा बढी अक्सिजन उत्पादन हुने गरेको छ । पछिल्लो समय कोभिडका बिरामीको चाप बढ्दै गएको अवश्थामा कोभिड अस्पताल सहित प्रतिष्ठानका अन्य विभागहरुमा प्रयोग भएको अक्सिजन खपत बढ्दै गए पछि प्रतिष्ठानमा उत्पादन भएको अक्सिजनबाट करिब ४ सय देखि ५ सय बिरामी भर्ना भए पनि धान्न सक्ने अवश्था रहेको छ ।

कोभिडको उपचारका लागि बेड संख्या बढाएर अक्सिजन सहितको उपचारको व्यवस्था गर्नुपर्ने एक चिकित्सक बताउँछन् । उनले भने, प्रतिष्ठानले दाबी गरे जस्तो खपत भन्दा ४ गुणा बढी अक्सिजन उत्पादन भइरहेको छ भने, सोही अनुपातमा बेड संख्या थप गरेर अक्सिजन सहितको उपचारको व्यवस्थापन गर्न सकिन्छ ।’ अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने प्राविधिक सहित, जेनेटर लगायत जनशक्तिलाई व्यवस्थीत गर्दै चौबिसै घण्टा अक्सिजन उत्पादन गरेर सहजताका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाई छ । बेड संख्या थपेर कोभिड बिरामीलाई अक्सिजन सहितको उपचारका लागि थप कक्षहरु निर्माण गरिनुपर्ने उनी बताउँछन् । उत्पादन भएका अक्सिजन थप बिरामीको लागि उपयोग गर्न सकिने उनले बताए ।

दैनिक जसो कोभिड बिरामीको संख्या बढ्दै गए पछि प्रतिष्ठानले पनि अन्य विभागहरुमा कोभिड उपचारका लागि कक्ष थप्ने तयारी गरेको छ । केही विभागीय वार्डहरुमा अक्सिजन पाइपलाइन बिस्तार गरेर उपचार बेड थप गर्ने पहल भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले बताए । पछिल्लो समय दोस्रो चरणको कोरोना संक्रमण अघिल्लो भन्दा विल्कुलै फरक भएकाले अक्सिजनको खपत पनि बढ्दै गएको छ । प्रतिष्ठानले कल्पना गरे जस्तो भन्दा फरक भएकाले प्रतिष्ठानमा पनि अक्सिजनको खपत बढेको उनी बताउँछन् । उनले भने, ‘दैनिक ६ देखि ७ सय सम्म खपत होला भन्ने सोचेका थियौं, तर अहिले संक्रमणदर बढे अनुसार अक्सिजनको मात्रा धेरै दिनुपर्ने अवश्था छ, अक्सिजन उत्पादनमा कमी भएको होइन्, बिरामीलाई चाहिने अक्सिजनको मात्रा बढ्दै गएको छ ।’ उत्पादन भएका अक्सिजनले थप बिरामीलाई समेत सेवा दिन सकिने भएकाले नयाँ बेड थप गर्ने योजनामा रहेको उनले बताए ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved