विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले क्यूरा हेल्थसँगको सहकार्यमा कोभिड १९ को दोश्रो लहरबाट संक्रमित भई घरमै एकान्तवासमा रहेका संक्रमितको लागि निःशुल्क टेलिमेडिसिन सेवा शुरु गरेका छन ।
आम मानिसमा वर्तमान समयमा छाएको डर, त्रास र संक्रमितको मनोअवस्थालाई दृष्टिगत गरी संचालनमा ल्याईएको टेलिमेडिसिन सेवामार्फत सामान्य लक्षण भएका संक्रमितहरुलाई अस्पताल जानुपर्ने वाध्यता नपरोस भनि घरमै वसेर विशेषज्ञ चिकित्सकहरुको परामर्श सेवा शुरु गरिएको उद्योग संगठनले जनाएको छ ।
सामान्य लक्षणका संक्रमितबाट अस्पतालहरुमा हुने भिडलाई कम गर्दै अति संवेदनशिल विरामीहरु मात्र अस्पतालमा सहज स्वास्थ्य सेवा प्राप्त गर्न समेत सहयोग पुग्ने विश्वास लिईएको व्यापार संघले जनाएको छ ।
सेवा प्राप्त गर्न क्यूरा हेल्थ नामको एप्लिकेशन डाउनलोड गरेर त्यसमा देखाइए अनुसार कोभिड १९ इमरजेन्सी खण्डमा गई सूचिकृत भएका चिकित्सहरुका साथ एपोइनमेन्ट लिई उक्त सेवा प्राप्त गर्न सकिने जनाइएको छ ।