धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ७ जना प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् भने २जना नया संक्रमित थपिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा ३ सय २२ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा २२ ,१०८ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा १ जना ८५ बर्षकी महिलाको मृत्यु भएको छ ।
काठमाडौ २०७७ श्रावण २८ बुधबार / आज थप ५ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २४ हजार ९ सय ५७ जना पुगेको छ । नेपालमा मृतकको संख्या ९१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १० सय ९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ८ सय ३७ जना जना रहेका छन् ।
धनकुटा, २९ साउन / धनकुटा नगरपालिकाका ६ वटा वडामा आज रातिदेखि लागु हुने गरी एक साता निषेधित क्षेत्र घोषणा गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । संक्रमण ऐन २०२० बमोजिम आवत–जावतमा प्रतिबन्ध लगाउन धनकुटा नगरपालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ मा साउन २९ गते राति १२ बजेदेखि भदौं ४ गते राति १२ बजेसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद कुसुम श्रेष्ठ सहितका व्यक्
धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १६ जना प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् भने ८ जना नया संक्रमित थपिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा ३ सय १५ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा २१२०४ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ३ जना नयाँ भर्ति भएका छन् ।
चितवन / चितवनको छिमेकी जिल्ला नवलपुरको आरुङ्गखोलामा १ अर्ब रुपैयाँको लागतमा नयाँ कागज उद्योग सञ्चालन आएको छ । कागज उद्योगको ईतिहास जोडिएको नवलपरासी जिल्ला हाल नवलपुर र पश्चिम नवलपरासीको रुपमा रहेको छ । भृकृटी कागज उद्योग हाल वन्द रहेपनि तत्कालिन अवस्थामा कागजको जिल्लाको रुपमा परिचित थियो ।नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रिज प्रा.लिले सञ्चालन आएको हो ।उद्योगले आज पत्रकार सम्मेलन गर्दै स्वदेशमा खेर गएको कागजजन्य फोहर र स्थानिय कच्चा पदार्थको प्रयोगबाट नयाँ क्वालिटी पेपर ईण्डष्ट्रिज प्रा।लिले सञ्चालन ल्याएको जनाएको छ । नवलपुरस्थित
विराटनगर, २८ साउन । प्रदेश १ मा कोरोना भाईरस(कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक ६ जना प्रदेश १ छन् । अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज मोरंगको बुढीगंगाका २ का ५५ बर्षीय पुरुषको आज विहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ । आज ४८ जना थपिएका छन् । मोरंगका २४, सुनसरीका १४, झापाका ९ र प्रदेश १ बाहिरका १ जना छन् । मोरंगको विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष ३ महिला, स्थानीय तह नखुलेका २ पुरुष, सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहवीका ३ र क
काठमाडौ २०७७ श्रावण २८ बुधबार / आज थप ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २४ हजार ४ सय ३२ जना पुगेको छ । नेपालमा मृतकको संख्या ८७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ७ सय २८ जना जना रहेका छन् ।
दुहबी सावन २८ / सुनसरीको दुहवीमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरूमा दुहवी नगरपालिका वडा नं.६ का ६७ वर्षिय महिला, वडा नं. १० का ४२ वर्षिय पुरुष छन । त्यसैगरी दंगा गण दुहवीका ३५ वर्षिय पुरुष र ३२ वर्षिय पुरुष रहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विन्देशर प्रसाद महतोले बताए । त्यसैगरी दुहवी नगरपालिकाले साउन २४ गते उद्योगका २१८ मजदुरहरुको स्वाब संकलन गरिएको मध्ये आज १९७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
इटहरी । सुनसरीको इटहरीमा थप दुइ जनामा कोरोना पुष्टि भएको छ । धनकुटा घर भएकी तर इटहरीमा बस्दै आएकी प्रदेश एककि सांसद कुसुम श्रेष्ठ सहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । श्रेष्ठले आफ्नो फेशबुकबाट संक्रमण भएको सार्वजनिक गरिसकेकी छिन् । गत साउन २४ गते धरान स्थित एन्फा क्वारेन्टाइनमा उनको स्वाव परीक्षण गरिएको थियो । २८ गते बिहान प्राप्त रिपोर्ट अनुसार आफुलाइ कोरोना पुस्टी भएको सार्बजनिक गरेकी थिइन । उनि हाल इटहरी ४ मा बस्दै आएकि छिन् । त्यसैगरी उनकै श्रीमान् लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दुवैजनाले एकैदिन एकै स्थानबाट स्वाब संकलन गरीएको थि
धरान । कोरोनाको संक्रमण बढ्दै गए पछि धरान उपमहानगरपालिकाले थप १ साता लकडाउन घोषणा गरेको छ । आज बसेको नगरपालिका बैठकले भदौ ३ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघिको साउन २२ गतेदेखिको लकडाउनको समय आज मध्यराती १२ बजे सकिदैछ। यस्तै, बाहिरी नाकाबाट आउन खाद्यान्न, तरकारी, दुधलाई रोक्ने निर्णय गरेपनि आन्तरिक उत्पादनलाई भने सहजीकरण गर्ने निर्णय भएको कार्यपालिका सदस्य तथा वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले बताए । धरान बाहिरबाट दुध, तरकारी आउन नदिने तर धरानभित्रैको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको उनले बताए । उनले भने,‘धरानको विष्णुपादुका, पाँचकन्या, बसन्तटारको दुध, सब्जी सहजीकरण