धरान/ उदयपुरको बेलका नगरपालिका वडा नं. ५ मा रहेको भुतिया दह प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
भ्रमण बर्ष २०२० मा अधिक भन्दा अधिक आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउदै भुतिया तालमा पर्यटक भित्र्याउने उद्देश्य लिएपनि कोरोना संक्रमणका कारण भ्रमण बर्ष नै प्रभावित बनेपछि यो तालको प्रचारप्रसारमा अझ बाधा पुगेको थियो ।
बेलका नगरपालिका वडा नंं ५ को वडा कार्यालयबाट करिब अढाइ किलोमिटर दूरीमा रहेको यो ताल अत्यन्तै आकर्षक रहेता पनि यहा सोचेजस्तो पर्यटक आउन नसकेको बेलका नगरपालिका वडा नंं ५ का वडा सदस्य बीरबहादुर मगर बताछन । उनले भने–‘यो ताल नेपालको आकर्षक तालमध्ये एक हो, तर प्रचारप्रसारको अभावमा यहा पर्यटक नै आउन सकेनन् ।’
बगरको बीचमा रहेका यो ताल पुग्न डेड किमी गाडीको यात्रा र एक किमी पैदल यात्रा गर्नुपर्ने हुन्छ । तालको गहिराई ३२ फिट रहेको छ । यस तालमा विभिन्न जातिका माछा भएपनि माछा मार्नेहरुले माछा मार्न नसक्ने वडा सदस्य मगर बताउछन् । उनले प्रचारप्रसारको अभावमा पनि अहिले यो पिकिनिक स्पोर्ट बनेको र दैनिक ८० दखि ९० जना यहा आउने गरेका बताउछन् ।
बेलका नगरपालिकाले १८ वटा स्थानलाई पर्यटकी गन्तव्य स्थलको रुपमा पहिचान गरी यसको विकासमा लागेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए ।
उनले भने’ उनले भने बेलकाको १८ गन्तव्य स्थलमध्य भुतिया दह समेत एउटा भएकोले यसको विकासमा बेला नगरपालिकाले काम शुरु गरिसकेको छ, यसको प्रचारप्रसारमा अब बेलका लाग्ने छ ’। उनका अनुसार विगतमा यस स्थानसम्म पुग्न धेरै कठिन भएपनि अहिले त्यहासम्म पुग्न सडक निर्माण भएपछि सहज भएको छ ।
भुतिया दहमा भूतहरुले राति हाम फाल्ने र त्यहा नहुआउने गरेको किवदन्ती रहेको उनका भनाई छ ।
बेलकाले पर्यटनलाई दीगो विकासको रुपमा लिएर पर्यटन विकास समिति गठन गरेको छ ।
यसलाई सफल बनाउन पर्यटन नीति निर्माण गर्ने, पर्यटनको प्रोफाइल बनाउने र पर्यटनको गन्तव्य स्थल पहिचान गर्ने काम गरिसेको छ । ऐतिहासिक महत्व बोकेको र मनोरम दृश्य हेर्न चाहनेका लागि भुतिया र भुतियाजस्ता अन्य १८ वटा गन्तव्य स्थलमा अधिक भन्दा अधिक पर्यटक भित्र्याउने र नगरपालिकाका दीगो विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।