धरान/ आर्थिक अभावका कारण उपचार हुन नसकेपछ घरमै साङलोले बाध्य बाध्य हुन्छ ।
पछिल्लो समय फक्ताङलुङ गाउँपालिका–४ इखाबुका एक युवकलाई सात महिनादेखि साङ्लोले बाँधेर राखिएको घट्ना सावजनिक भएको छ ।
घर छोडेर हिँड्न थालेपछि मानसिक बिरामी १९ वर्षीय सरोज लिम्बुलाई घरमै बाँधेर राखिएको हो । उपचारका लागि आर्थिक आभव भएकाले समयमै उपचार हुन नसकेको परिवारका सदस्यहरूले बताएका छन् । निको हुने रोग भएपनि उनी सात महिनादेखि घरमै पशु झै सांग्लोले बाधिएर बस्न बाध्य भएका छन् ।
यस भन्दा अगाडि पनि यस्ता घट्नाहरु धेरै भएपनि सम्बन्धित पक्षले कहिलै आँखा लगाएको पाइएन । पीडितका परिवारले समेत लिम्बुको उपचारमा धेरै पटक प्रयास गरेका थिए । तर कतैबाट कुनै सुनुवाई नभएपछि अन्तमा उनी पशुझै सांग्लोमा बस्न बाध्य छन् ।