रंगली/ शनिवार मोरङको एक मोटरसाइकल ग्यारेजमा आगली हुदाँ लाखौंको क्षेती भएको छ । मोरङ सुनवर्षि नगरपालिका ५ मा झिङ्गिटोल नजिकै रहेको स्थानिय निमेश मण्डलले सञ्चालन गर्दै आएको ग्यारेजमा आगलागी भएको हो । आगलागीबाट ५४ लाख बराबरको क्षती भएको अनुमान गरिएको छ । आगलागीबाट बिक्रीका लागि राखिएको मोटरसाइकलका सामान तथा मर्मतका लागि राखिएको ५ वटा मोटरसाइकल र १ वटा स्कुटर जलेर नष्ट भएको छ । शनिवार राति ८ बजेदेखि लागेको अगो नेपाल प्रहरी, सस्त्र प्रहरी र स्थानियको सहायोगमा गए राति नै नियन्त्रणमालिएको प्रहरीले जनाएको छ ।
इलाम/ संविधान सभाका अध्यक्ष तथा इलाम क्षेत्र नं २ का सांसद सुवास नेम्बाङले निजी तथा आवासीय विद्यालय प्याब्सनले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको बताएका छन् । निजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल इलामको नवौं जिल्ला अधिवेसनको उद्घाटनमा नेम्बाङले प्याब्सनले पढाईमा मात्र नभएर विभिन्न क्रियाकलापमा पनि सिकाएको भन्दै उनले पहिले हामि पढ्दा विद्यालय खोज्दै जानुपर्नेमा अहिले विद्यालय रोज्दै पढ्न पाउने अवश्था आएको बताए । प्याब्सनले हजारौलाई रोजगारी शिर्जना गर्नुका साथै लाखौ विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिएको भन्दै प्याब्सनका समस्या समाधानमा सँधै आफू लागिरहने बताए । उनले भने, ‘पहिल
इलाम/ चियाको गुणस्तर बृद्धिका लागि किसान समक्ष जनचेतना जगाउन नेपालका मिडियाले महत्वपूर्ण भुमिका खेलेको सरोकारवालाले बताएका छन । नेपाल पत्रकार महासँघ इलाम शाखाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागीले मिडियाले महत्वपूर्ण भुमिका खेलेको बताएका हुन । राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको सहयोगमा आयोजना भएको कार्यक्रममा सबै किसानका घरघरमा पुग्न नसके पनि मिडिया घरघरमा पुगेर किसानका कुरा उठाएको र जनचेतनामा सघाउ पुर्याएको बताए । कोभिडको समयमा पनि नेपालको चियाले चार अरबको हाराहारीमा विदेशि मुद्रा भित्रयाउन सफल भएको भन्दै विश्वमै नेपाली चियाको गुणस्तर एक नम्बर रहेको र कुनै पनि कारण देखाएर क
धरान/ लामो समयको अन्तरालमा संगीतको क्रेजी शहरको रुपमा परिचित धरानमा आज साँझ “टुबोर्ग मेगा लाइभ कन्सर्ट” को आयोजना हुँदैछ । चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्ड संगै धरानको हिना मल्ल, दिपिका बस्नेत र फ्री बर्ड्स लगायतको प्रस्तुति रहनेछ । रबिन एंड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामांङ सँगै प्रविन दास श्रेष्ठ, हरिकृष्ण महर्जन, विजय बिश्वकर्मा लगायतका अन्य ब्याण्ड सदस्यहरु “टुबोर्ग मेगा लाइभ कन्सर्ट”का लागि धरान आइसकेका छन् । बिभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेका तामांङगको केटा –केटी, दम मरो दम, चिसो चिसो हावामा, आधुनिक आँगनमा, म मौनता
रंगेली/ मोरङको रंगेली नगरपालिका ७ स्थित माउन्ट मकालु इंग्लीस बोडिङ स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिका मेयर दिलिप वगडीया, विशिष्ठ अतिथि शिक्षा शाखा प्रमुख रबिन्द्र पंण्डित, बिद्यालयका प्रधानाध्यापक भक्तराज सुब्बा लगायतले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका थिए । स्थानीयस्तरमै कक्षा ११ र १२ को अध्ययन हुन थाले पछि बिराटनगर पुग्नुपर्ने बाध्यताको अन्त्य भएको मधु साहले बताईन । प्रमुख अतिथ
धरान/ भोजपुरका सुन्तला कृषक मणिराम राई यस बर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा बढी मूल्यमा विक्री गर्न पाउदा दंग छन् । विगतको बर्ष भन्दा उत्पादन बढी र मूल्य पनि सोचेभन्दा बढी पाउँदा उनी दंग भएका हुन् । उनी भन्छन्, ‘यस बर्ष बोटमा सुन्तला सोचेभन्दा बढी फल्यो, विक्री गर्दा पनि गत बर्षको भन्दा बढी मूल्य पाएको छु, यस बर्ष सुन्तला खेतिले धेरै फाइदा भएको छ ।’ उनका अनुसार गत बर्ष कृषि बजारमा थोक मूल्यमा सरदर एक सय रुपैया प्रतिकेजी विक्री भएको सुन्तला यस बर्ष १ सय २० रुपैया प्रतिकेजी विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्य बृद्धिसँगै उत्पादन पनि सोचेजस्तो भएपछि यस बर्ष
सुनसरी । जिल्लाका विभिन्न क्षेत्रका समस्याका साथै प्राथमिताका आधारमा गर्नुपर्ने विकास निमार्ण योजनाहरु नेकपा एकिकृत समाजवादी सुनसरीले प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई बुझाएको छ । नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौलाका अनुसार पार्टीको पदाधिकारीसहितको प्रतिनिधि मण्डलले मुख्यमन्त्री राईलाई भेट गरि सुनसरी जिल्लामा रहेका विभिन्न क्षेत्रका समस्याका बारेमा अवगत गराई विकासका योजनाहरु बुझाएको हो । अध्यक्ष निरौलाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री कार्यालय विराटनगरमा भेट गरि राईलाई सुनसरीको शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, सडक, पुल, किसानका समस्या, महिला स्वरोजगारका स
धरान/ यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत् प्राध्यापक तथा कर्मचारीका सङ्घ–सङ्गठनहरूले संयुक्त रूपमा अपील जारी गरी केही भू–माफियाहरूले क्याम्पसको जग्गा हडप्न खोजेको भन्दै सो कार्यको निन्दा र भत्र्सना गरेका छन् । अपीलकर्ताहरूले भू–माफियाहरूलाई सचेत हुन आह्वान गर्दै क्याम्पसको जग्गा संरक्षणका लागि पहल गर्न पनि जनसमुदायलाई आग्रह गरेका छन् । साविक धरान–९÷क (हाल धरान–११) को कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा अहिले समस्या सिर्जना भएको छ । क्याम्पसले सो जग्गा २०३४ सालमै धरान–२ का श्यामगोविन्द श्रेष्ठबाट खरिद गरेको थियो । जग्गाधनी दर्तापुर्
धरान । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरण अभियान सफल बनाउन जिल्ला ट्राफिक कार्यालय सुनसरीले ट्राफिक सप्ताहको तयारी पुरा गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर १ र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा हुने ट्राफिक सप्ताहलाई सफल बनाउन तयारी गरेको हो । जिल्ला ट्राफिक कार्यालय सुनसरीका अनुसार पुष ४ गते देखि धरानका विभिन्न स्थानमा ट्राफिक सप्ताह अन्तर्गत कार्यक्रम हुने भएका छन् । कार्यालयका अनुसार पुष ४ गते धरान १२ स्थित पब्लिक स्कुलबाट ¥याली सहित भानुचौंकमा पुगेर सप्ताहको उदघाटन हुने भएको छ । दोस्रो दिन सचेतनामुलक पर्चा पम्प्लेट वितरण, तेस्रो दिन स्थानीय तह
धरान/ धरान–१२ को अल्पाइन अन्तर्राष्ट्रिय नमुना विद्यालय (एम्स एकेडेमी) ले आफ्ना अग्निपीडित विद्यार्थीको परिवारलाई आर्थिक सहयोग गरेको छ । एम्समा विज्ञान सङ्कायतर्फ कक्षा १२ मा अध्ययनरत् धरान–६ मा पर्ने पानबारीको चोक्टीका ज्ञानेन्द्र खड्काको परिवारलाई विद्यालयले बिहीबार साढे ३५ हजार रुपैयाँ सहयोग गरेको छ । विद्यार्थीहरूबाट १७ हजार तथा शिक्षकहरू र क्याम्पसबाट साढे १८ हजार रुपैयाँ थप गरी पीडित विद्यार्थीको परिवारलाई सहयोग गरिएको एम्समा व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले जनाए । संयोजक सुवेदीसहित गएको क्याम्पस परिवारले घरमै पुगेर विद्यार्थीका हजुरबुबा रामबहादुर खड्कालाई सहयोग प