Top 4

    Showing 7,131-7,140 of 8,044 items.
  • छठको दोस्रो दिन खरना मनाउँदै

    धरान । आज छठपर्वको दोस्रो दिन । यस वर्षका सबै चाडपर्वहरु खुलेर मनाउन नपाएको अवश्था छठ पर्व पनि प्रभावित बनेको छ। खोला, नदीहरुमा छठको पहिलो दिन देखिनै सिंगारिने गरिन्थे तर यस वर्ष कोरोनाका कारण स्थानीय सरकारले प्रतिबन्ध लगाए पनि घर घरमै विभिन्न धार्मिक रित पुरा गर्दै छठ पर्व मनाईरहेका छन् । दोस्रो दिन आज पानी समेत नखाई व्रत बसिने ‘खरना’ मनाउने तयारीमा छन् । भोलि मंसिर ५ गते अस्ताउँदो सुर्यलाई र मंसिर ६ गते विहान उदाउँदो सुर्यलाई अर्घ दिएर समापन गर्ने तयारी स्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो । आजको दिन भर व्रत बसेर व्रतालुहरू साँझमा एक छाक मात्र भोजन गर्दछन् । आज एक छाक मात्र

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीब्र जनसंख्या वृद्धि नै धरानमा पानीको दिर्घकालिन चुनौती

    धरान । तीब्र जनसंख्या वृद्धि सहित अव्यवस्थित शहरीकरणका कारण धरानमा खानेपानीको लागि दिर्घकालिन चुनौती रहेको एक अध्ययनले देखाएको छ । खानेपानीको स्रोत जोगाउनका लागि गरिएको साउथ एशियन अफ एडभान्स स्टडिजको अध्ययनले जलवायु परिवर्तनले धरानमा सहज पानी आपुर्तिमा दिर्घकालिन चुनौती थपे सँगै तिब जनसंख्या वृद्धि र अव्यवस्थित सहरीकरणका कारण धरानमा खानेपानीको दिर्घकालिन चुनौती रहेको जनाएको छ । सियासको टोलिले सन २०१६ देखि २०१९ सम्म धरान सहितका देशका अन्य ५ वटा शहरमा पानीको स्रोत जोगाउने उपायको खोजि तथा अध्ययन गरेको थियो । अध्ययनका अनुसार सन २००१ देखि २०११ को दश वर्षउमा धरानको जनसंख्या ४१ प्रतिशतले बढेको देख

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 984 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपाको सचिवालय बैठक १० दिन सर्यो

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठक पुनः दशदिनपछि बस्ने गरि सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकपछि पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले पार्टीको संकटलाई लिएर त्यसको निवारणका लागि छलफल गर्न आज बसेको सचिवालय वैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्को राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी गराउनु भएको बताए । मंसिर १३ गते बस्ने सचिवालयको अर्को वैठकमा यसअघि बैठकमा प्रस्तुत सबै विषयका साथै अध्यक्ष ओलीका तर्फबाट प्रस्तुत गरिने प्रस्तावका बारेमा पनि छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए । यसअघि मंसि

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 694 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उर्लाबारीबाट ब्राउन सुगरसहित ९ जना पक्राउ

    विराटनगर । मोरङको उर्लाबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ९ जना पक्राउ परेका छन । उर्लाबारी नगरपालिका वडा नं. ७ बस्ने छोमाई तामाङको घरमा ब्राउन सुगर र गाँजा विक्री बितरण तथा सेवन गरिरहेको सूचनाका आधारमा ईप्रका उर्लाबारीबाट खटिएको प्रहरी टोलीले छापा हानी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी न.पा. ७ स्कुलडाँडा बस्ने वर्ष २१ की ममता तामाङ,उर्लाबारी न.पा. ७ बरगाछी बस्ने वर्ष २४ को मिलन याक्सो, उर्लाबारी न.पा. ९ भोटेपुल बस्ने वर्ष २८ को आकास लिम्बू, उर्लाबारी न.पा. ७ बरगाछी टोल बस्ने वर्ष १९ को असिम लिम्बू,झापा दमक न.पा. ७ बजार लाईन

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 1,339 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जर्बजस्ती करणी गरेर फरार भएका मोरङगका एक अभियुक्त पक्राउ

    धरान/  गत साउनमा जर्बजस्ती करणी गरि फरार भएका एक अभियुक्तलाई प्रहरीले चार महिना पछि पक्राउ गरेको छ । साउन १ गते कटहरी गाउँपालिका ३ को खयरवाना टोल भित्रि बाटोमा एक युवतीलाई जर्बजस्ती करणी गरि फरार भएका मोरङ जहदा गाउँपालिका ५ का विशाल सोनार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका अनुसार युवतीलाई प्रलोभनमा पारेर जर्बजस्तीकरणी करणी गरि फरार भएका उनलाई मंगलबार प्रहरीले रंगेली नगरपालिका ७, मधुबतीबाट पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको छ ।

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 1,083 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धान थ्रेसर गर्दै गर्दा आगलागी

    धरान/ धान थ्रेसर गर्ने क्रममा मंगलबार दिउँसो ट्याक्टरको इञ्जिन तातिएर अचानक आगलागी भएको छ । बराहक्षेत्र १० प्रकाशपुरका स्थानिय जानुका कार्कीको धान थ्रेसर गर्ने क्रममा इञ्जिन तातिएर आगलागी भएको हो । आगलागीका कारण करिब पन्ध्र मन धान, पराल, ट्याक्टर, थ्रेसरमा क्षति हुँदा करिब २२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए । उनका अनुसार बराहक्षेत्रको दमकल , प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको र मानवीय क्षति भने नभएको बताइएका छन् ।  

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 1,329 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिका सदस्य गुणराज प्याकुरेलले दिए राजिनामा

    धरान/ गत कार्तिक ६ गते गठन भएको नेपाल स्किाउटको नवगठित बागमती प्रदेशको तदर्थ समितिका सदस्य तथा सहायक राष्ट्रिय प्रशिक्षक गुणराज प्याकुरेलले तदर्थ समितिबाट राजिनामा दिएका छन् । समितिका सदस्य प्याकुरेलले एक विज्ञप्ति जारी गर्दै आफुले समितिबाट नैतिकताका आधारमा राजिनामा दिएको बताएका छन् । उनले राष्ट्रिय तदर्थ समितिका संयोजकले दिएको अभिव्यक्ति गैरजिम्मेवार र विवादास्पद नैतिकता को आधारमा राजिनामा दिएको बताएका छन् । उनको विज्ञप्ति लेखिएको छ, “ २०७७ कार्तिक ६ गते नेपाल स्काउटको अधिकारिक फेसबुक पेजको माध्यबाट नेपाल स्काउटको विज्ञप्ति माफर्त आफु बागमती प्रदेशको तदर्थ समिति सदस्यमा मनोनित भएको जा

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 1,267 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आजको राशिफल , मंसिर ३ बुधबार

    नेपाल संवत ११४१ कछलाथ्व चतुर्थी, वि सं २०७७  मंसिर ३ गते बुधबार , नोभेम्बर १८ २०२० कार्तिक शुक्ल चतुर्थी २३ः३७ः१७ बजे सम्म सुर्योदय ६ः२६ः५८ सुर्यास्त १७ः१०ः३५ मेष . नयाँ कार्यको अवसर जुट्नेछ । धार्मिक क्षेत्रमा अग्रसरता बढ्नेछ । परोपकारमा मन आनन्दित हुनेछ । सामाजिक जिम्मेवारी बढ्न सक्नेछ । बृष . शुभचिन्तकहरु घटेर जान सक्नेछन् । कार्यमा बाधा उत्पन्न हुन। सक्नेछ गोप्यतामा ध्यान पुर्याउनुहोला । स्वास्थ्य सामान्य रहनेछ । मिथुन . आवश्यक साथ सहयोग जुट्नेछ । प्रेम सम्बन्ध दरिलो रहनेछ । कार्यमा आम्दानीका स्रोतहरु बन्नेछन् । मनमा सामान्य चिन्ता हुनसक्छ । कर्कट . शत्रुहरु सक्रिय रहनेछन् । बौद्ध

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 871 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ५६ जनामा कोरोना संक्रमण , ७ सय ४० जना डिस्चार्ज

    धरान : प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमितहरु थपिएका छन् । ती मध्ये ३६ जना पुरुष र २० जना महिला रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा ३१ जना संक्रमण पुष्टि भएको छ भने झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीमा ४ जना, इलाममा १ जना र प्रदेश बाहिरका ३ जना रहेका छन् । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १९ जना, उर्लाबारीमा ८ जना र मिक्लाजुंगमा ४ जना संक्रमित थपिएका छन् । झापाको दमक नगरपालिकामा १० जना, गौरादह नगरपालिकामा ५ जना, गौरीगञ्ज नगरपालिकामा १ जना र मेचीनगरमा १ जना संक्रमित थपिएको छ । सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्जमा १ र इनरुवा नगरमा १ जना संक्रमित थपिएक

    • प्रकाशित मितिः मंसिर २, २०७७
    • 836 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल र बंगलादेश बिचको दोस्रो मैत्रीपूर्ण खेल आज हुदै

    धरान । नेपाल र बंगलादेशबीचको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । आजको खेल राजधानि ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार ४:४५ मा हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको दोस्रो खेलमा जित निकाल्ने दाउमा मैदान उत्रिने छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ः० ले पराजित भएको थियो ।बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो&nb

    • प्रकाशित मितिः मंसिर २, २०७७
    • 1,008 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved