न्यूरोद्धारा महिला खेलाडीलाई पोशाक वितरण

  • फागुन २१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको विराटनगरको न्यूरोे क्रिकेट महिला खेलाडीहरूलाई पोषाक वितरण गरेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्यूरोले शुक्रबार अस्पताल परिसरमा एक कार्यक्रम आयोजना खेलाडीहरुलाई पोशााक वितरण गरेको हो ।

जिल्ला क्रिकेट संघ मोरङको समन्वयमा न्यूरोले १४ महिला क्रिकेट खेलाडी, टिम कोच र म्यानेजरलाई पोशाक वितरण गरेको हो ।

हस्पिटलकातर्फबाट मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले उनीहरुलाई पोशाक वितरण गरेका थिए । खेलप्रगित अभिरुची बढाउनुको साथै अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला खेलाडीहरूलाई पोषाक वितरण गरिएकोे जनाएको छ ।

कार्यक्रममा जिल्ला क्रिकेट संघ मोरङको अध्यक्ष नविन घिमिरे, सदस्य रोशन बुढाथोकी, कप्तान अन्सु जैसवाल, टिम कोच राजेश पोखरेल, म्यानेजर अम्बिका बुढाथोकीको सहभागिता रहेको थियो ।

हस्पिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अस्पतालको सेवामा छुट दिने भएको छ ।

अस्पतालले महिलालाई लक्षित गरी निःशुल्क परामर्श सेवा समेत दिने भएको छ । अस्पतालका अनुसार अस्पताले स्त्री तथा प्रसूतीरोग परामर्श सेवा फागुन १७ देखि चैत १७ सम्म राखेको जनाएका छ । अस्पतालमा स्त्री रोग तथा प्रसूती रोग विशेषज्ञ प्रोफेसर डा. शैलजा क्षेत्री (श्रेष्ठ)ले सेवा दिदै आएकी छिन् । अस्पतालले महिना दिनसम्म सम्बन्धित सम्पूर्ण जाँचमा २५ प्रतिशत छुट र महिलालाई सबै सेवामा १० प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ ।

अस्पतालले फागुन २४ गते भब्य कार्यक्रम आयोजना गरि नारी दिवस मनाउने तयारी गरेको छ । यसअघि पनि अन्तर्राष्ट्रिय नारी दिवसमा विभिन्न सामाजिक कार्यहरु गरेर यो दिवस मनाउने गरेको थियो ।

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर– ...

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved