विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८सय ९९ पुगेको छ । प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ४४, सुनसरीमा २८, मोरङमा ८, इलाममा ५, सोलुखुम्वुमा ४, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको कनकाईमा ११, विर्तामोडमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ७–७, अर्जुनधारामा ४, भद्रपुरमा ३, मेचीनगरमा २, बुद्धशान्तिमा १, सुनसरीको धरानमा १५
इलाम/ इलामको माई नगरपालिकाले नगरभित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई स्वास्थ्य बिमा गर्न थालेको छ । हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमअन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य बिमागर्न थालेको हो । अपाङ्गता भएका ब्यक्ति र उनका संरक्षकसहित परिवारका पाँच जनाको बिमा गरेवापत परिवारले पाँच सय रुपैयाँ र नगरपालिकाले ३ हजार रुपैयाँको साझेदारीमा यस आर्थिक बर्षमा चार सय परिवारलाई बिमा गराउन नगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको माई नगरपालिकाका प्रशासन प्रमुख नविन पौडेलले जानकारी दिए । माई नगरपालिकाभित्रका दर्ता सहयोगी, समुदायमा आधारित पुनस्र्थापना सहजकर्ता (सिबिआरएफ) र सरोकारवाला ब्यक्ति ग
इलाम/ इलाममा कोरोना भाईरस संक्रमण सर्वसाधारणमा फैलिएको भन्दै इलाम नगरपालिकाले मंसिर १८ गते सूचना निकाल्दै १९ देखि २४ गते सम्म बन्द गर्ने निर्णय गर्यो । यस समयमा पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने कक्षा ११ को परीक्षा मंसिर २६ गतेबाट सञ्चालन गरिने, अत्यावश्यक सेवाहरु (खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा ) बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाको कार्यलय इलामले सूचना जारी गर्यो । मंसिर १९ गते शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थान समितिको निर्णयले बन्दको समयमा नगर क्षेत्रका सरकारी कार्यालय, बैकिङ तथा वितिय सेवा कार्यलयले स्वास्थ्
इलाम/ इलाममा प्रसिद्घ कलाकार तथा नेपालका राष्ट्रिय विभूति अरनिको शालिक निर्माण गरिएको छ । इलाम नगरपालिका ७ मा रहेको अरनिको संग्रलायको प्रङ्गणमा निर्माण गरिएको हो । शुक्रबार शालिक अनावरण गर्दे इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले हाम्रा विभुतिहरु राष्ट्रनिर्माणको क्रममा महत्वपूर्ण आधार रहेको हुँदा उनीहरुलाई सम्मान नगरे राष्ट्र कमजोर बन्ने र राष्ट्रको एकता संकटमापनि पर्न सक्ने बताए । ‘अरनिकोले राष्ट्रमा मात्र होईन राष्ट्रको गरिमालाई उपल्लो दर्जामा पुर्याउनका लागि पनि अरनिको प्रेरणाको स्रोत बनेको बस्नेतको भनाई छ ।’ उनले थप नेपाल र चिनको सम्बन्ध अहिले पनि ती सम्बन्ध हाम्रा
इटहरी । हर्न निषेधको योजनालाइ पुनः कार्यान्वयन गरिरहेको प्रदेश एक ट्राफिक प्रहरीले स्वरूप परिवर्तन गरि मुख्य राजमार्गमा गुडने बुलेट बाइकहरूलाइ कडा निगरानी गर्न थालेको छ । ध्वनी प्रदुषणको मुख्य कारक बुलेट बाइक रहेको भन्दै ट्राफिक प्रहरीहरूले निगरानी बढाएको हो । बाइकको स्वरूप परिवर्तन गर्दै ठुलो आवाज निकालेर राजमार्गमा गुडाउने बुलेट मोटरसाइकललाइ प्रहरीले ततकाल नियन्त्रणमा लिदै कार्वाही प्रक्रिया अघी बढाएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । विगत कार्तिक पहिलो साता देखि मंसिर १५ गते सम्म आइपुग्दा प्रहरीले २ सय ३५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कार्वाहि गरी छाडेको जनाएको छ । ज
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहेका लोकगायक सुरेश गन्धर्वको स्वास्थ्यमा सुधार आए पछि घर फर्किएका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर थलिएका गन्धर्व धरानका कलाकार लगायत विभिन्न संघसंस्थाको सहयोगमा प्रतिष्ठानमा उपचारमा रहेका थिए । उनको स्वास्थ्यमा सुधार हुँदै गए पछि उनी घर फर्किएका छन् । उनलाई मङ्सिर ९ गते प्रतिष्ठानको ट्रपिकल वार्डमा उपचारका लागि भर्ना गरिएको थियो । उनलाई उपचारका लागि २ लाख ९० हजार रुपैया आर्थिक सहयोग संकलन भएको छ । उनको उपचारका लागि रंगभूमि एकेडेमीका कलाकार विष्णु मोक्तान, युवा नेता चोत्लुङ मेन्याङबो लगायतले सुरेश गन्धर्व सहयो
झापा । नेपाल विद्यार्थी संघको कार्यकर्ता बनाउने दुई युवाले मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे १ झ १७२ नम्बरको गाडी बिहीबार जलाउने प्रयास गरेका छन् । दुई जनाको समूहद्वारा गाडीभित्र रहेकी उपप्रमुख उप्रेती चढेको गाडी जलाउने प्रयास भएको हो । बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको उपप्रमुख उप्रेतीले बताईन् । चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालय तर्फ फर्किरहेको अवश्थामा अपरान्ह ३ बजेतिर पूर्व पश्चिम राजमार्गको धाइजन र चारआलीबीच खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको हो । पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आग
इलाम । निरन्तर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको संख्या बढ्दै गएकाले इलाम नगरपालिकाका सम्पूर्ण सेवा शुक्रबार देखि बन्द हुने भएको छ । पालिकामा मंसिर १९ देखि २४ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको हो । पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने कक्षा ११ को परीक्षा मंसिर २६ गतेबाट सञ्चालन गरिने, अत्यावश्यक सेवाहरु (खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा ) बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाको कार्यलय इलामले सूचना जारी गर्दै सर्वसाधारणलाई जानकारी गराएको छ । पूर्वाधार निर्माण सेवा भने निरन्तर जारी रहने इलाम नगरापालिका इलामका
इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न निर्माण नभएको दाबी गरेका छन । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको शिलान्यास कार्यक्रममा राईले नेकपालाई फुट्न निर्माण नभएको र फूटाउने अधिकार कसैलाई नभएको भन्दै कुनै हालतमा पार्टी फुट्न नदिनेमा आफू रहेको बताए । राईले भने, ‘तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको छ, कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको छ ।’ उनले अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प नरहेको बताए । फरक प्रसंगमा राईले नेपालमै पहिलो चिया परिक्षण तथा प्रवद्र्धन केन्द्र स्थापनाले नेपाली चियाको अन्तराष
धरान । निर्वाचनताका गरेका प्रतिबद्धताहरु १ वर्ष बितिसक्दा पनि पुरा गर्न नसकेको आक्षेप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई अहिले सल्लाहाकार मनोनितको विषय पनि विवादित बनेको छ । निर्वाचित भएको १ वर्ष पछि गत १२ गते नगर प्रमुख स्तरिय निर्णय अनुसार विज्ञ समिती र सल्लाहाकार समिती गठन गरेका थिए । मंसिर १६ गते निर्णय अनुसारको नामावली सार्वजनिक गरे पछि उनको मनोनयन प्रक्रिया विवादित बनेको हो । सल्लाहाकार समिती र विज्ञसमितीको निर्णय आफै गर्ने र सुचना पनि आफै जारी गर्ने प्रक्रियाले प्रशासन कर्मचारीहरु सँगको समन्वय हुन नसकेको भन्दै एक थरीले प्रसाशनिक त्रुटि रहेको जनाएको छ भने अर्को थरी उनकै पार्