Top 4

    Showing 6,851-6,860 of 9,401 items.
  • उदय सामुदायीक वनलाई पर्यापर्यटनमा विकास गरिने

    धरान । धरान १७ स्थित उदय समुदायीक वनमा रहेको कर्भडहल मर्मतसंभार गर्दै खेलकुद पर्या पर्यटनको रुपमा विकाश गरिने भएको छ । सखुवाको काठले मात्र निर्माण गरिएको देशकै नमुना रहेको कर्भडहल निर्माण संपन्न भएको १३ वर्ष पछि मर्मतसंभार हुन लागेको हो । उदय सामुदायिक वनमा रहेको कर्भडहललाई मर्मतसंभार गरेर स्तरउन्नति गर्न लागिएको वन समुहका अध्यक्ष जसकुमार राईले बताए । वातावरण सँग जोडिने र रुख विरुवाहरु पनि नमासिने हुनाले वनलाई खेलकुद पर्या पर्यटन सँग जोड्न लागेको राईले वताए । कर्भडहलमा अहिले व्याडमिन्टन, कराते र हल वाहिर भलिवल र टेवलटेनिस खेलहरु हुने गरेको छ । चाडै बास्केटवल, भलिवल, खुला चेस वोर्ड, सेपाकटेक्र

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 971 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतको राहत चामल नेपालमा बरामद

    धरान । भारत सरकारले गरिव परिवारका लागि राहत स्वरूप उपलब्ध गराउदै आएको चामल ससस्त्र प्रहरीले बरामद गरेको छ । सिमावर्ति क्षेत्रमा रहेका भारतीयहरु सँग संकलन गरेको चामल नेपालको उत्तरी भेगको रमाइलो, कानेपोखरी, दलेली लगायतका क्षेत्रमा बरामद गरिएको छ । घरेलु मदिराको लागि अति उपयुुक्त हुने गरेकाले भारतीय चामल नेपालमा बिक्रीवितरण गर्ने गरेको खुलासा भएको ससस्त्र प्रहरीले जनाएको छ । भारतबाट अबैध रुपमा खेतमा लुकाई राखेको अबस्थामा चेकजाच गर्दा २० बोरा चामल बरामद गरेको हो । बरामद गरिएको चामल आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.रंगेलीका सशस्त्र प्रहरी निरीक्षक क

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 2,164 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक महिना देखि हराएका नविनको खोजी

    धरान । मोरङको केरावारी गाउपालिका वडा नम्बर ५ देवीटारका २६ वर्षिय नविन वराइली एक महिना देखि बेपत्ता भएका छन् । पुष १४ गते विहान ६ वजे धरान ६ मावली घरबाट झापाको विर्तामोड आफन्त भेट्न हिडेका उनी अहिले सम्म सम्पर्कमा नआएको आमा चन्द्रमाया वराइलीले वताईन् । नवीनलाई आफन्तकोमा कहीँ कतै नभेटिएकाले इलाका प्रहरी कार्यालय धरानमा समेत विहीबार उजुरी गरेको आमा वराइलीले वताइन् । २६ वर्षको नविनको दाहिने हातमा टयाटु खोपेको र कोठे सर्ट र जिन्सको पेन्ट लगाएका छन् । ५ फुट ५ इन्चका वराइली अहिले सम्म सम्पर्कमा नआएकाले कही कतै कसैले देखे सम्पर्क गरिदिनु हुन आफन्तले आग्रह गरेका छन् । नविनकी आमा वुवा सहित आफन्त छोर

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 1,522 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छेदन चौधरीको घर कांग्रेसद्वारा निर्माण

    धरान । आर्थिक रुपमा कमजोर रहेका अशक्त छेदन चौधरीको घर नेपाली कांग्रेस बराहक्षेत्रले बनाइदिएको छ । गरिबीका कारण जिर्ण बनेको चौधरीको घर भत्कनै लागेको थियो । पटक – पटक स्थानीय सरकार वडा र नगरलाई आग्रह गरे पनि सुनुवाई नभए पछि कांग्रेस बराहक्षेत्रले घर बनाइदिएको हो । करिव १ महिना अघि स्थानीय कांग्रेसका नेताले छेदनको घर बनाउन शुरु गरेका थिए । कांग्रेस नगर सभापति रमेश कार्कीको पहलमा चौधरीको घर निर्माण अन्तिम चरणमा पुगेको छ । वराहक्षेत्र ४ आन्द्रामठमा बस्दै आएका छेदन चौधरी ४ जनाको परिवार सहित बस्दै आएका छन् । छेदन आफैमा शारिरिक रुपमा अशक्त छन् । छेदनको दिदि पनि अशक्त छिन् । छोरी कक्षा नौ मा

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 936 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहमति बिना सामाजिक सञ्जालमा प्रांक भिडियो पोस्ट गर्न नपाइने

    धरान । सार्वजनिक स्थलमा खिचिएका प्रांक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई गृहमन्त्रालयले कारवाही गर्ने भएको छ । सार्वजनिक स्थलमा खिचिएका मजाक, ख्यालठट्टा वा मस्करी गर्ने नाममा व्यक्तिको जथाभावी फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेमा कारवाही गरिने विज्ञप्ती जारी गर्दै गृहमन्त्रालयले प्रकाशनमा निषेध गरेको छ । गोप्य भिडियो तयार गर्ने र सामाजिक सञ्जालमा राख्ने कार्यहरु भइरहेको भन्ने गुनासो आएको भन्दै बिहीबार गृहमन्त्रालयले विज्ञप्ति मार्फत् व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको फोटो भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्न निषेध गरेको हो । व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको भिडियो

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 1,083 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुधकोशी पुल चार वर्ष देखि अलपत्र

    धरान । सरकार र ठेकेदारको लापरवाहीका कारण चार वर्ष अघि शिलान्यास गरिएको रानीटार स्थित दुधकोशीको पुल वेवारिसे बनेको छ । शिलान्यास पछि एउटा पिलरको खाल्डो खनेर ४ बर्षदेखि अलपत्र छ । पुल नहुँदा भोजपुरको दक्षिणी क्षेत्र सहित खोटाङका बासिन्दाले सास्ती भोगिरहेका छन् । पुल नभएर एम्बुलेन्स नआउँदा स्वास्थ्य उपचार पाउन सकेका छैनन् । सरकार र ठेकेदारले चासो नदिदाँ रानीटारको पुलको योजना बजेटमा नपर्दा आमचोकका कृषकले आफ्ना उत्पादन तराई झार्न पाउन सकेका छैनन् । तराई पहाड आउजाउ गर्दा बषौंदेखि सास्ती भोगि रहेका छन् । भोजपुरको दक्षिणी क्षेत्र घोडेटार, आमचौंक, खोटाङको दक्षिणी भेकका नागरिकहरु धरान, इटहरीबाट पु

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 950 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगतको अभाव

    धरान । कोरोना संक्रमणका कारण नियमित गरिने रक्तदान कार्यक्रम नहुँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेको छ । कोरोनाका विरामी समेत दिनप्रतिदिन थपिदै जानु र अन्य विरामी समेत प्रतिष्ठानमा बढ्दै जादा शल्यक्रिया लगायत अन्य विरामीलाई पनि रगत अभाव हुन थाले पछि विरामीहरुले सास्ती भोग्नु परेको छ । रगत अभाव हुन थालेको प्रतिष्ठान हाताभित्र नेपाल रेडक्रस सोसाइटी सुनसरीले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवाले जनाएको छ । तेह्रथुम जिरिखिम्तीका उमेश पौड्यालले बीपीको रक्तसञ्चार सेवामा पर्याप्त रगत पाउन छाडेपछि विरामीलाई उपचारमा समस्या भएको बताए । उनले भने, ‘श्रीमतिलाई

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 985 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका राजेन्द्र सहित दुई शव फेला

    धरान । मोरङको धनपालथानको उखुबारीमा खाल्डोमा पुरिएको अवस्थामा धरानका राजेन्द्र कुमार श्रेष्ठ सहित दुईजनाको शव फेला परेको छ । फेला परेका मध्ये श्रेष्ठको पहिचान खुलेको छ भने अर्को शवको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाडेको अवस्थामा श्रेष्ठको शव भेटिएको हो । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ । सुनसरीको धरान–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको जिल्ला प्रहरी मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । उनका अनुसार मृतकका साथबाट एनटिसीको सिम कार्ड, पर्स र सवारीचालक प्रमाणपत्र पनि फे

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 1,577 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वसाधारणको दिनचर्या नै बद्लियो

    धरान । विकट पहाडी क्षेत्रमा रहेका गाउँ गाउँमा सडक सञ्जाल जोडिदा स्थानीय सर्वसाधारणहरुले राहतको महसुस गरेका छन् । विगतमा दैनिक जीवनयापनका लागि बजारसम्म पुग्न पनि घण्टौ पैदल हिड्नुपर्र्ने बाध्यता थियो । तर अहिले गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि ग्रामीण भेगका सर्वसाधारणको दिनचर्या नै बद्लिएको छ ।खासगरी धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा पर्ने मारेक कटहरे तथा चानुवाको सर्वसाधारण गाउ घरमै सडक सञ्जालले जोडिएपछि उनीहरुको दिनचर्या नै बद्लिएको छ। महालक्ष्मी नगरपालिका वडा नं ४ का महेन्द्र पौडेलले केही बर्ष अगाडिसम्म बजारमा उत्पादन गरेको सागसब्जी, अलैची लगायतका कृषि सामाग्री घण्टौ बोकेर हिले, पाख्रीब

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 1,421 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • बीपीका कर्मचारी, चिकित्सक जता मल्खु उतै ढल्कु

    धरान/  पद र शक्तिको पछि नकुद्ने को होला ? अझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र त यो कुरा लागू नहुने कुरै भएन । प्रतिष्ठानभित्र स्वार्थ बोकेका यस्ता कर्मचारीहरु ‘जथा मल्खु उतै ढल्कु’ को उखानझै चरितार्थ उतार्ने गरेका छन् । पछिल्लो पटक मन्त्रालयले उपकुलपति डा. गिरीलाई प्रतिष्ठानको काम कारबाहीमा रोक लगाए पनि प्रतिष्ठानको कामलाई सुचारु गर्ने अभिप्रायले स्वास्थ्य मन्त्रालयका कर्मचारी डा. श्याम सुन्दर यादवलाई स्वास्थ्य मन्त्रालयले पठाएको छ । तर अचम्म कुरा त के भने विगतमा उपकुलपति डा. गिरीको हनुमान भएर अघिपछि भएर हिड्नेहरु नै डा. श्यामसुन्दर यादवको स्वागत गर्न

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 969 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved