निर्वाचनमा बाड्न ल्याएको छाता प्रहरी फन्दामा

  • वैशाख १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जनता समाजवादी पार्टीले अवैध रूपमा भन्सार छलेर भारतबाट ल्याएको छाता सशस्त्र प्रहरी बल देवानगञ्जले बरामद गरेको छ ।

जसपाका कार्यकर्ताले चुनावका लागि करिब २ लाख रुपैयाँ बराबरको छाता नेपाल भित्र्याएको स्थानीयहरुले दाबी गरेका छन् । स्रोतका अनुसार स्थानीयबासी रामविलास मेहताले भने सुरुमा आफ्नो भनेर दाबी गरेपनि प्रहरीको केरकारमा आफ्नो नभई वडाध्यक्षको भएको स्वीकारेका थिए । ‘त्यो शतप्रतिशत वडाध्यक्षकै छाता हो । सोमबार मनोनयन दर्तामा छातासहितको र्याली आयोजना गर्न ल्याइएको हो । स्रोतले भन्यो, ‘त्यसबाहेक मतदातालाई बाँड्ने योजना रहेको सुन्नमा आएको दाबी छ ।

स्थानीय भीमनन्दन शर्माका अनुसार जसपाका बहालवाला वडाध्यक्ष अनिल भगतले कार्यकर्ता र मतदातालाई बाँड्न छाता भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याएका हुन् । छातासहित दुई जना भारतीयलाई पक्राउ गरेपनि प्रहरीले उनीहरूलाई छोडिदिएको उनको भनाई छ ।

छाता बरामद भएको विषयमा वडाध्यक्ष भगतले आफू पूर्ण रूपमा जानकार नभएको बताए । ‘हाम्रो चुनाव चिह्न छाता भएका कारण हामीले भित्र्याएको भनियो तर हाम्रो छाता होइन,’ उनले भने, ‘छाता बरामद भएको केही विषय थाहा पाएको छु तर कसको कति भन्ने थाहा छैन । अनि मैले भित्र्याएको भन्ने कुरा चुनावी रणनीति पनि हो । त्यो छाता मेरो होइन,’ उनले भने ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved