'लक्का जवान' वैशाख २३ देखि

  • बैशाख १२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । हास्य विधामा बनेको चलचित्र ‘लक्का जवान’ बैशाख २३ गते देखि देशैभरि लाग्ने भएको छ ।

चलचित्रका निर्माता तथा हास्यकलाकार शिवहरि पोडेलले चलचित्र गाउँ घरमा भएको कथा बस्तुलाई प्रस्तुत गरिएको बताए । शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रमा ४० प्रतिसत कलाकारहरु हास्य कलाकारहरु रहेको उनले बताए । चलचित्रको कुल लागत रिलिज हुने दिन सम्म २ करोड ४० लाख पुगेको उनले बताए ।

चलचित्र निर्माणमा धेरै मेहेनत गरिएकाले हास्य विधामा उत्कृष्ट चलचित्र बनेको उनले बताए । उनले भने, फिल्मको गितहरुमा पनि धेरै मेहनत गरेका छौं, एउटा गितमा १ सय २५ देखि ८० जना कोरस कलाकार समेत रहेका छन् ।’ चलचित्रमा ३ वटा मात्रै गित रहेको छ । उनले भने, धेरै मेहेनत गरेर बनाएको छौं,र चटपटेमा चना, मटर, कागती खुर्सानी मिसाएर बनाउदा जति टेस्टी हुन्छ, त्यस्तै फिल्ममा पनि धेरै थरिका परिवेश र कथाहरु मिसाएर बनाएका छौं ।’ दर्शकहरुले चलचित्र रुचाई दिनु हुन्छ भन्ने आशा गरिएको उनको भनाई छ ।

चलचित्रमा अग्रज हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, सरोज खनाल, सुशील पोखरेल दिलिप राईमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी र सलोन बस्नेत लगाएत अन्य हास्य कलाकार टिमका अधिकांस अभिनेताहरुको भुमिका रहेको बताए ।

लक्का जवान चलचित्रले अर्गानिक टेस्ट प्रस्तुत गरेको अर्का निर्माता किरण केशीले बताए । चलचित्र प्रचारप्रसारका लागि पुर्वाञ्चल भरि शुक्रबार देखि लागि परेको उनको भनाई छ । चलचित्रले हलमा पुगेका दर्शकलाई मनोरञ्जन गराउने र समाजमा भएको छोरा र छोरी बिचको फरक समेत देखाउन खोजेको उनले बताए ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved