धरान/ देशकै सबै भन्दा धेरै दलित समुदायको जनसंख्या रहेको मधेश प्रदेशमा वर्षेनी दलित समुदाय माथि हुने विभेदका घटना बढ्दै गएको छ । मधेश प्रदेशमा जातीय भेदभाव तथा छुवाछुतका घटना बढी हुने गरेको एक अध्ययनले देखाएको छ । केही दिन अघि इन्सेक नेपालले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष २०२२ का अनुसार वर्षेनी अधिकार हनन्का घटनाहरुमा कुनै कमि आउन सकेको छैन् । पुस्तकका अनुसार पछिल्लो चार वर्षमा दलित समुदायका ६२ जनाको हत्या भएको छ भने २ सय ४९ जना माथि बलात्कार भएको छ । तथ्यांक अनुसार सन २०१८ मा मधेश प्रदेशमा ११ जनाको हत्या भएको थियो भने सन २०२१ मा ११ जनाकै हत्या भएको छ । सबै भन्दा बढी सन २०२० र २०१
धरान । मोरङको जहदा गाऊपालिका ७ सिरसिया बस्ने महेश हस्दाको ३० महिनाका छोरा रबिन हस्दाको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । बुधबार दिउसो साढे २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबि बेहोस भएको अबस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोशी अस्पताल विराटनगर लगेकोमा घाईते बालकको उपचारको क्रममा हिजो बेलुका ५ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
धरान । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता खेल्न ब्वाइज युनियन क्लबको टिम काठमाडौ प्रस्थान गरेको छ । टिममा धराने खेलाडीको बाहुल्यता रहेको छ भने झापा तथा मोरङका खेलाडी सम्मिलित छन् । टोलीलाई मंगलबार एन्फाका एक नं. प्रदेश अध्यक्ष तथा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले विदाई गरेका हुन् । राईले खेलाडी तथा प्रशिक्षकलाई सुझाव दिदै ए डिभिजनमा बढुवा हुने गरी खेल्न आग्रह गरे । उनले विगतका वर्षहरुदेखि नै ब्वाइज युनियन क्लबमा धरानका खेलाडी खेलिरहेको भन्दै यसवर्ष धरानको गौरब बढाउने गरी खेल प्रदर्शन गर्न अनुरोध गरे । टिमका प्रशिक्षक सागर घिमिरेले गतवर्ष भन्दा राम्रो तयारी गरेको बता
धरान । प्रदेश सभाकै म्याद सकिनै लाग्दा समेत प्रदेश नंं. १ नामाकरण टुङ्ग्याउन नसकेको भन्दै सरकारको आलोचना बढिरहँदा प्रदेशको तेस्रो सरकारले सर्वदलिय सहजीकरण शुरु गरेको छ । नामाकरणको मुख्य जिम्मेवारी व्यवस्थापिकाको रहे पनि सर्वसम्मतका लागि सरकारले सहजीकरण गर्न शुरु गरिएको प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताए । मंगलबार सर्वदलीय बैठकको आयोजना गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम टुंगो लगाउने सवालमा सत्तापक्ष र प्रतिपक्ष भनेर विभाजित हुन आवश्यक नभएको धारणा व्यक्त गर्दै सरकारले सहजीकरणको शुरुवात गरिएको बताए । तीन वर्षभन्दा बढी रहेको शेरधन राई नेतृत्वको सरकार र छोटो समयमै ढलेको भ
धरान । वैदेशिक रोजगारीले निम्त्याएको पारिवारिक बेमेलका कारण मोरङ बस्दै आएका झापाका दिनेश सिग्देलले ज्यान नै गुमाउनु पर्यो । वैदेशिक रोजगारीका लागि बहराईन गएका सिग्देलको परिवारमा बेमेल बढ्दै गए पछि उनकी कान्छी श्रीमती अर्कै सँग लागिन जसको कारणले गर्दा उनको ज्यान गयो । सिग्देलले १० वर्ष अघि सुनसरीको बराहक्षेत्र १० स्थित प्रकाशपुरकी अनिता केशी सँग दोस्रो विवाह गरेका थिए । जेठी श्रीमती सँग सम्बन्ध बिग्रिए पछि उनले अनिता सँग बिहे गरेर विराटनगर स्थित वडा नम्बर ३ पिपलचौकमा बस्न थालेका थिए । ८ वर्षको नानी छाडेर दुई वर्ष अघि उनी बहराईन पुगेका थिए । पछिल्लो समय कान्छी श्रीमतीको व्यवहारमा परिवर्तन
धरान/ नेपाली बजारमा धेरै रुचाईएको चार पाङ्ग्रे सवारी सुजीकीले बजारमा नयाँ सवारी सार्वजनिक गरेको छ ।मंगलबार धरानमा रहेको कम्पनीको आधिकारीक बिक्रेता राई मोटर्सले सुजुकिको नयाँ कार “सुजुकी सेलेरियो” सार्वजनिक गरेको हो । शोरुममा एक कार्यक्रममको अयोजना गरी माछापुच्छे« बैंक धरान शाखाका प्रबन्धक विराज खनाल र शोरुम प्रोपाइटर महेश राईले संयुक्त रुपमा लञ्च गरेका हुन् । पारीवारीक उपयोगिताको लागि निकै लोक्रोपिय मानिएको सेलेरियो कारले नेपालमा उपलब्ध कारहरुमध्ये सबै भन्दा बढी माइलेज दिने कम्पनीको दाबी रहेको छ । कम्पनीका अनुसार पावर र माइलेजको समिश्रण भएको नयाँ जेनेरेशन सेलेरियोमा डुअ
धरान । सुनसरीको हरिनगरा गाउँपालिका ३ की एकजना बालिकाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय निलम कुमारी रामकी १ बर्षीया छोरी सुस्मिता कुमारी राम रहेकी छिन् । सोमवार दिउँसो २ बजेको समयमा घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । खबर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेर गई घटना सम्बन्धमा थप अनुसान्धान भईरहेको छ ।
धरान । इलाम नगरपालिका १० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका ७ का ३५ बर्षीय प्रदिप कुसुवाह रहेका छन् । हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना।४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भएर सडकको नालीमा ठोकिन गई दुर्घटना हुँदा कुसुवाहको झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिई घटना स्थलमानै मृत्यु भएको हो । गम्भिर घाईते भएका ४० बर्षीय धुरुप कुसुवाहको बि।एण्ड।सि। अस्पताल बर्तामोडमा र अन्य सामान्य घाईते ३ जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
धरान/ उदयपुरको कटारी नगरपालिका- ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी भए संगै हत्यामा संल्गन १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बि।क। रहेका छन् । जंलगमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० बर्षीय राम किसन मिणा भएको खुल्न आए संगै बि।क।लाई पक्राउ गरिएको हो । बि.क.ले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुल्न आएको छ । मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन रहेको पुलमा पायलिङ मेशिनको काम गर्दै आएका भारतिय नागरीक मिणा माघ २६ गते
धरान । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सुनसरीका ६७ विद्यालय छानिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १२ पालिकाबाट ६७ विद्यालय छनोटमा परेका हुन् । छनौटमा परेका विद्यालयहरुमा २१ वटा विद्यालयमा ४ कोठे भवन, २७ विद्यालयमा आइसीटि कक्षा सञ्चालन, ३ वटा विद्यालयमा ल्याब स्थापना, १६ वटा विद्यालयहरुमा दुई कोठे भवन निर्माणका लागि कुल १२ करोड ४९ लाख ५० हजार रुपैया बजेट विनियोजन भएका छन् । आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय छ लाख ५० हजार रुपैया, ल्याबका लागि प्रति विद्यालय १