अठार महिने बालकले आर्यान्यूरोमा पाए नयाँ जीवन

  • वैशाख २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटल पछिल्लो समय भरपर्दो अस्पतालको रुपमा विकास हुँदै गएको छ । जटिल प्रकृतिका बिरामीहरुको पनि सफल उपचार हुन थालेपछि आर्या हस्पिटल विश्वसनीय अस्पतालको रुपमा विकास हुन थालेको हो ।

पछिल्लो समय आर्या न्युरो अस्पतालले जटिल प्रकृतिका बिरामीको सफल उपचार हुने गरेको छ । उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाईसकेको अवस्थामा आर्याले उनीहरुलाई नयाँ जीवन प्रदान गरेको हो ।

ती मध्ये एक हुन, १८ महिने बालक कृष्ण कुमार । जसको सफल उपचार गरेर विरामीलाई नयाँ जीवन दिएको छ । ८ वैशाखमा भारतको दिपनगरमा सवारी दुर्घनामा परेर बालक कृष्ण कुमार गम्भिर घाइते भएका थिए । दुर्घटनामा परि कृष्णको आमा सोलोचना देवी साहको घटनास्थलमा मृत्यु भयो । बालकको टाउँको गम्भिर चोट लागेर मस्तिष्क बाहिर निस्किएर क्षतबिक्षत भएको थियोे । घाइते भएका बालकलाई भारतको दरभंगा अस्पताल लगियो । त्यहाँको अस्पतालले पटना रेफर ग¥यो । तर, विरामीका आफन्तले आर्या न्यूरो अस्पतालमा राम्रो उपचार हुने गरेको थाहाँ पाएपछि उनीहरू यहाँका आए । न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालको टीमले बाहिर निस्किएको मस्तिष्कको सफल उपचार गरेका छन् । ‘अहिलेसम्मको यो जटिल उपचार हो । बालकको हकमा मस्तिष्क बाहिर निस्किएर शल्यक्रिय गरी उपचार गरेको पहिलो घटना हो,’ उनले भने, ‘तीन घण्टा बढी समय लगाएर शल्यक्रिया सफल भयो । उपचारपछि ठिक भएका अस्पतालले बुधबार डिस्चार्ज दिएको छ ।

आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले उपचार गरेपछि छोराको स्वाथ्य अवस्था ठिक भएपछि बावु मुकेश साह हर्षित मुद्रामा देखिएका छन् । ‘अहिले छोरा हास्न र बोल्न सक्ने भएको छ । २० दिनको उपचारपछि बुधबार डिस्चार्ज भएको छ,’ उनले भने, ‘छोरालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बाबुलाई बचाउनुभयो । बाँच्दैनन जस्तो लागेको थियो । छोराले नयाँ जीवन पाएका छन् ।’ साह परिवार चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए । उपचारपछि स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको डा. नेपालले बताए । बालककोे उपचार गरिरहेका चिकित्सक डा. नेपालका अनुसार अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेकोले डिस्चार्ज दिएको बताए ।

यसअघि पनि उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का ६० वर्षीय तेजनारायण चौधरीको टाउकोको ‘लक्ड–इन–सिन्ड्रम’ अर्थात स्वचालित मांसपेशीको पूर्ण पक्षघात भएका सफल उपचार गरेको थियो । यस्तै यसअघि पनि अत्याधिक रक्तश्राव भई टाउकोमा रगत जमेको सुनसरीको इनरुवा ३ की ३९ बर्षीया पुष्पलता सुब्बाको सफल उपचार गरिसकेको छ । गएको मंसिर २६ मात्र उनीले अस्पतालबाट डिस्चार्ज पाएकी छन् । बाँच्ने सम्भावन न्यून रहेको भन्दै मोरङको विभिन्न अस्पतालले बिरामीलाई घर फर्काइदिएपछि मंसिर ६ गते उनको श्रीमानले उनलाई आर्या अस्पताल ल्याएका थिए । अस्पतालले बाँच्ने सम्भावना न्यून भएपनि बिरामीको उपचार थाल्यो । अस्पतालका कन्सल्ट्यान्ट न्युरो सर्जन डा. पंकज राज नेपालको टीमले उनको टाउकाको शल्यक्रिया गरेपछि हाल उनी पुर्णतः स्वस्थ छिन् । अस्पताल बसाईको २० दिनपछि मंसिर २६ मा उनी डिस्चार्ज भएर आफ्नो घर फर्किएकी छन् ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved