स्थानीय तहको निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । देशका केही स्थानमा हिंसात्मक झडप नभएका होइनन्, तर अगिल्ला निर्वाचनहरूका तुलनामा यसपटक हिंसात्मक घटना कम भएको पर्यवेक्षकहरूको निष्कर्ष छ । निर्वाचन सम्पन्न भइसकेका स्थानीय तहहरूमा धमाधम मतगणना भइरहेका छन् भने कतिपय स्थानमा मतदान नै स्थगित भएका छन् । त्यस्ता मतदान केन्द्रहरूमा पनि निर्धारित समयमा मतदान सम्पन्न भएपछि बाँकी रहेका स्थानीय तहहरूमा पनि मतगणना हुने नै छ । आवधिक निर्वाचन नै लोकतन्त्रको आधारभूत शर्त हो । निर्धारित समयमा हुने आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ र संस्थागत बनाउने त छँदैछ, यसले लोकतन्त्रको सर्वस्वीकार्यत
धरान/ धरानको वडा नं ८ को पहिलो चरणको २ सय मतगणना गर्दा मेयरमा हर्क साम्पाङले अग्रता लिएका छन् भने वडाध्यक्षमा एमालेका धन बहादुर राईले अग्रता कायम गरेका छन् । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार मेयरमा साम्पाङले ७४ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ६८ मत पाएकी छिन् । गबठन्धनका उम्मेद्वार किशोर राईले २७ मत प्राप्त गरेका छन् । यस्तै, उपमेयर एमाले उम्मेद्वार पदम इस्वोले ८३ मत पाएका छन् भने गठबन्धनका उम्मेद्वार अइन्द्र बेघाले ४९ मत पाएका छन् । यसैगरि, २ सय मतगणना हुँदा वडाअध्यक्ष एमालेका उम्मेद्वार धनबहादुर राई १सय २ मत पाएर अगाडि छन् । कांग्रेसका उम्मेद्वार उत
धरान / धरान ६ नम्बर वडाको २ हजार मतगणना गर्दा मेयरमा एमालेकी मञ्जु भण्डारीले अग्रता लिएकी छिन् भने वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार भुपेन्द्र भट्टराईले अग्रता लिएका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार मेयरमा मञ्जु भण्डारीले ६ सय १८ मत प्राप्त गर्दा गठबन्धनका किशोर राईले २ सय ८३ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ४ सय ८३ मत पाएका हुन् । यस्तै उपमेयरमा एमालेका पदम लिम्बुले ६ सय ६७ मत प्राप्त गर्दा गठबन्धनका अइन्द्र बिक्रम बेघाले २ सय ८८ मत प्राप्त गरेका छन् । यता वडाध्यक्ष तर्फ भने स्वतन्त्र उम्मेद्वार भुपेन्द्र भट्टराईले अग्रता लिएका छन् । उ
मोरङ/ शनिवार रातिदेखि स्थगित भएको रंगेली मतगणना अझै सम्म सुचार हुन सकेको छैन् । मतगणनामा धाँधली गर्न मतपेटिका फोरिएको आरोप लगाउँदै गठबन्धनका दलहरुले विरोध जनाएसँगै शनिवार रातिदेखी मतगणना रोकिएको हो । एमालेबाट मेयरको उम्मेद्वार बनेका दिलिप बगडियाले स्वतन्त्र उमेदवारको नाममा मतगणना प्रक्रियामा धेरै प्रतिनिधि राख्ने कार्य गरिएको भन्दै विरोध जनाएका थिए । नेकपा एमालेबाट मेयर पदका उमेदवार दिलिप बगडियाले आफूहरुको एकमात्र माग मतगणना सूचारु गर्नु भन्ने रहेको बताउँदै भने,“गठबन्धनका उमेदवारले हार्ने प्रस्ट भएपछि राति नै होहल्ला गरी मतगणना बन्द गराइएको छ । छलफल गरे पनि पुनः निर्वाचन गराउनुपर्ने माग
मोरङ/ विवादक कारण शनिवारदेखी मतगणना स्थगित भएको मोरङमा पुनः निर्वाचन नहुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् । सोमबार मतगणना स्थलको अनुगमनमो क्रममा विराटनगरस्थित आर्दश मा वि आएका थपलियाले पुनःल् निर्वाचन नहुने मतगणना हुने बताएका हुन् । ‘मतदान केन्द्रबाट संकलन भई गणनास्थलका कोठासम्म आइपुगेका मतपेटिका सबै खोलिने छन्। रंगेलीमा गठबन्धन दल र एमालेबीच विवाद हुँदा शनिबार रातिदेखि गणना स्थगित भएको छ। मतगणना सुरू हुन्छ पुनः निर्वाचन होइन,’ उनले भने। थपलियाले विराटनगरमा जारी मतगणनाको निरीक्षण गर्दै भएभरको जनशक्ति परिचालन गरेर भए पनि चाँडो परिणाम घोषणा हुने गरी गणना अघि
धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेद्वार बनेको जितेन्द्र रुम्दाली विजयी बनेका छन् । निकटतम प्रतिद्वन्दी एमालेका कुमार जंग याख्खालाई १ हजार ५ सय ७१ मतान्तरले पराजित गर्दै गठबन्धनका रुम्दाली विजयी भएका हुन् । जितेन्द्रले ६ हजार ३ सय ९९ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी नेकपा एमालेका कुमारजंग याख्खाले ४ हजार ८२८ मत पाएका थिए । गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी मुना राईले जित हासिल गरेकी छिन् । राईले गठबन्धनका उपाध्यक्ष उम्मेदवार जनता समाजवादी पार्टीका लिलाराज लावतीलाई ५ सय १४ मतले हराउँदै जित हासिल गरेकी छन् । लावतीले ४ हजार १३
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ मा नेकपा एमालेको प्यानलै विजय भएको छन् । एमालेका तर्फबाट उम्मदेव्वार बनेका शुशिल बुढाथोकी १ हजार ८ सय ६४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गोपाल खड्कालाई ५ सय ६० मतको अन्तरले पछि पार्दै वियजी भएका हुन् । त्यसैगरी महिला सदस्य सबित्रा चौधरी १ हजार ७ सय ६२, दलित महिला सदस्य किना ऋषिदेव १ हजार ७ सय ७४, खुल्ला पहिलो सदस्य केशव दाहल १ हजार ६ सय ९९ र खुल्ला दोस्रो सदस्य भिम बहादुर कार्कीले १ हजार ६ सय ३९ मत प्राप्त गर्दै प्यानलनै विजयी भएका हुन् । त्यसैगरी एमालेबाट अध्यक्षका उम्मेद्वार राजमती इङ्नामले
धरान । धरान उपमहानगरपालिकाको विहानसम्म १० हजार १ सय ४८ मत गणना हुदाँ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेद्वार किशोर राईसँग एमाले उम्मद्वार मञ्जु भण्डारी मतान्तर घटाएकी छिन् । सुरुवाती गणनामा काँग्रेसका उम्मद्वार अग्र स्थानमा रहँदा स्वतन्त्र उम्मद्वार हर्क साम्पाङ दोस्रो स्थानमा रहेका थिए भने मञ्जु भण्डारी तेस्रो स्थानबाट पच्छ्याइरहेकी थिइन् । वडा नं. ४ देखी मतान्तर घटाउँदै मञ्जुले दोस्रो स्थानमा आइपुगेकी हुन् । मेयरमा कांग्रेसका किशोर राईले ३हजार ३ सय २२ ल्याउँदा नेकपा एमालेकी मञ्जु भण्डारीले २ हजार ५ सय ३ मत प्राप्त गरेकि छिन् भने स्वतन्त उम्मेद्वार हर्क साम्पाङले २ हजार २ सय ९५ मत प्राप्त
धरान/ धरान उपमहानगरपालिकाको वडा नं ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका तर्फबाट वडाध्यक्षको उम्मेद्वार बनेका धनबहादुर राईले ८ सय २६ मत मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी चन्द्र कुलुङले ६ सय १२ मत प्राप्त गरे । यसैगरि, दलित महिलामा लिलामाया गहतेले ८ सय १३, खुला महिला सदस्य मिना तामाङले ८ सय २९, खुला सदस्यमा राजेन्द्र राईले ८सय ३ र गोरसमान गुरुङले ७ सय ४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । वडा ४ मा मेयरमा एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ६सय२५, गठबन्धनका किशोर राईले ५ सय ९६ र स्वतन्त्र हर्क साम्पाङले २ सय ३५ मत पाएका थिए । यस्तै, उपमेयरमा एमालेका पदम इस्
धरान । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले एकपछि अर्को जटिल शल्यक्रिया गर विरामीलाइ नयाँ जीवन दिन सफल भएको छ । छोटो समयमा भरपर्दो उपचार गरि विरामीको मन जित्दै अगाडी बढेको अस्पतालले पाँच दिनको नवजात शिशुको जटिल शल्यक्रिया गरेको छ । धनुषाको भरतपुर नगरपालिका ३ घर भएकी नितु साहले जनकपुर अस्पतालमा १७ चैतमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । शल्यक्रिया गरि उनले छोरालाई जन्म दिइन् । जन्मजात शिशुको मेरूदण्डमा गाढो मेडिकल भाषामा ‘माइलोमेनिङगोसिल’ डिफेक्ट देखियो । जनकपुर अस्पतालमा उपचार सम्भवन नहुनेभएपछि त्यहाँका चिकित्सकले काठमाण्डौं रेफर गरिदयो । ‘काठमाण्डौंक