धरान । नेपाल विजनेश कलेजले वि.वि.ए सातौं सेमेष्टरका विद्यार्थीहरुका लागि फरक ढंगको शिक्षण सिकाई अभ्यास प्रयोग गरेको छ ।
वि.वि.ए सातौं सेमेष्टरमा पढाई हुने इभेन्ट मेनेजमेन्ट विषयको, सैद्धान्तिक ज्ञान सेमेष्टरका विद्यार्थीहरुलाई कक्षा कोठामा दिइएको थियो भने, व्यावहारिक ज्ञानका लागी कक्षा कोठा भन्दा विल्कुल फरक विराटनगरका विभिन्न स्थानहरुमा लगातार ४ दिन सम्म कार्यक्रम सञ्ंचालन भएको थियो । कार्यक्रम अषाढ २१ गते देखि अषाढ २४, २०७९ साल सम्म सञ्चालन भएको थियो । इभेन्ट मेनेजमेनट विषयसँग सम्बन्धित शिक्षण सिकाइाको श्रीमति सिमा कर्णले संयोजन गर्नु गरेकी थिइन् ।