‘देश र जनता बचाऔं’ अभियान

  • असार ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल बसोबासा बस्ती संरक्षण समाजले ‘देश र जनता बचाऔं’ अभियान चलाएका छन् ।

अभियान अन्तर्गत समाजले बुधबार धरानको भानुचौकमा प्लेकार्डसहित धर्ना कार्यक्रम गरेको छ । करिब ३५ जना सहभागी सो अभियानमा मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, भिभिआइपीहरुको सेवजा सुविधा खारेजी गर्नुपर्ने, सुकुम्बासीलाई विना शर्त लालपूर्जा वितरण गर्नुपर्ने, शिक्षा र स्वास्थ्यमा जनतालाई निःशुल्क गर्नुपर्ने लगायतका माग राखी धर्ना दिएका हुन् ।

समाजका केन्द्रीय अध्यक्ष कुमार काकीले गरिब तथा सहायहरुको जीवनस्तर कष्टकर बन्दै गएपछि ायो अभियान चलाएको बताएका छन् । उनले भने–‘महंगीका कारण गरिब तथा असहाय खान नपाई मर्नुपर्ने अवस्था आइसकेको छ, जनप्रतिनिधि र उच्च कर्मचारीहरु भने वैठक भत्ता बढाउदै मोजमस्ती गर्दै आएका छन् ।’

उनले देशमै खाद्यान्नमा आत्मर्निरता ल्याउन योजना सरकारसँग नहुँदा खाद्यान्नमा समेत परनिर्भरता हुपर्ने अवस्था आएको बताएका छन् । उनले भने–‘नेपालीलाई स्वदेशमै रोजगारीको व्यवस्था गरेर कृषिप्रधान देश नेपालमा खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना तीनै तहका सरकारले ल्याउनुपर्छ ।’

गरिब तथा असहायलाई सहयोग गर्ने सरकारको स्पष्ट नीति नभएकै कारण सुकुम्बासीहरुले समस्या भोग्नुपरेको बताए ।

उनीहरुले धरानको भानुचौकमा साँझ ४ बजेदेखि ५ बजेसम्म मूल्य वृद्धि फिर्ता गर सुकुम्बासीलाई सुरक्षित बसोबास व्यवस्था गर, विना शर्त लालपुर्जा उपलब्ध गर भन्ने लगायतका व्यार्नर बोकी शान्तिपूर्ण धर्ना दिएका दिए । उनीहरुले समाजको आन्दोलनलाई सहयोग गर्ना सबैसँग आगह गरेका थिए । सो अवसरमा उनीहरुले विभिन्ने माग राखेको माग सहितको पर्चा सोही बाटो हिड्ने पैदल यात्रीलाइ वितरण गरेका थिए ।

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved