सुनसरी उद्योग वाणिज्य संघको पदस्थापना सम्पन्न: कार्यक्रममा रुस, युक्रेन र श्रीलंकाको चर्चा

  • असार ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरी उद्योग वाणिज्य सघ धरानको नवनिर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम विहीबार सम्पन्न भयो । देशको अर्थतन्त्रसँग सरोकार राख्ने संघको कार्यक्रममा अथिति पनि आर्थिक क्षेत्रमा रहेर काम गर्नेहरु उपस्थित थिए ।

संघका उपाध्यक्ष राजेश अग्रवालले सञ्चालन गरेको कार्यक्रममा अधिकांश वक्ताहरुले मुलुकको गिर्दो अर्थतन्त्रको विषयमा चर्चा गरे । उनीहरुले रुस र युक्रेनको युद्धले संसारलाई पारेको प्रभावसँगै श्रीलंकामा भएको ‘इकोनोमिक्स क्राइसिस’ को विषयमा चर्चा परिचर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डीराज ढकालले पछिल्लो समय युक्रेन र रुसको युद्धका कारण नेपाल समेत प्रभावित बनेको बताएका थिए । उनले भने–‘रुस र युक्रेनको युद्धले नेपालमा अत्याधिक महंगी बढ्यो, पेट्रोलियम पदार्थको भाउ बढ्यो, खानेतेलको भाउ अत्याधिक बढ्यो, सर्वसाधारणले किनेर खानसक्ने अवस्था भएन, जसले गर्दा व्यापार व्यवसाय पनि भएन ।’

उनले कोरोनाले भर्खर तंग्रिन लागेको उद्योगी व्यवसायीहरु आर्थिक मन्दीले फेरि एक पटक थला परेको बताए ।

यस्तै उद्योग वाणिज्य संघ प्रदेश नं. १ का अध्यक्ष टिका ढकालले पनि ‘इकोनोमिक्स क्राइसिस’ का कारण मुलुकको अर्थतन्त्र नै डावाडोल भएको बताए । उनले भने–‘करिब तीन बर्ष कोरोनाको कारण उद्योगी व्यवसायी व्यापार व्यवसाय नहुँदा कतिपय पलायन भएर गए, जसोतसो व्यवसाय चलाउनेहरुले पनि कठिन तरिकाले आफ्नो व्यवसाय चलाए ।’ उनले कोरोनाको समयमा व्यवसाय नचल्दा व्यवसाय गर्न लिएको ऋण समेत तिर्न नसक्दा समस्या भएको बताए । उनले भने–‘कोरोनाका कहरका कारण थाला परेका उद्योगी, व्यवसायी अझै उठन सकेका छैनन्, राज्यले नीति क्षेत्रलाई प्रोत्साहन गरे पनि यथेष्ट सहयोग गर्न सकेको छैन ।’

व्यवसायीहरुको कुरा सुनिसकेपछि प्रदेश १ का आन्तरिक मामला तथा कानून मन्त्री केदार कार्कीले सरकारले नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने बताएका थिए । उनले भने–‘सघीय सरकार तथा प्रदेश सरकारले ल्याएको बजेटमा समेत नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने कुरा उल्लेख छ, निजी क्षेत्रको विकासका लागि प्रदेश सरकार सकारात्मक छ ।’

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल अन्य उद्योगी, व्यवसायीले व्यवसायीको हितमा काम गर्न सुझाव दिएका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष गिरिधारी सापकोटाले नवनिर्वाचित अध्यक्ष विजय श्रेष्ठलाई कार्यभार जिम्मा दिएका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved