विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले विकासलाई जनआकांक्षासंग जोड्न माग गरेका छन् । उनीहरुले माटो बेचेर व्यापार गर्ने सरकारको योजनाविरुद्ध माटो बचाउन अभियान चलाउनु पर्नेमा जोड दिएका छन् । सांसद कृष्णकुमारी राईले संविधानले हरेक नागरिकलाई आवासको व्यवस्था गरिने उल्लेख गरेको र कसैको उठाइने छैन भनेपनि २०३६ सालदेखि बसेको मानिसलाई झापाको दमक नगरपालिकाले उठाएको भन्दै उनीहरुको व्यवस्थापन गर्न माग गरिन । “के त्यो नियमसंगत भयो त ? कानुन हामीले बनाउने होइन ? के जनताले हामीलाई सरकामा पठाएको होइन ? अनि जनताको घर र बसोबास उठाउने कानुन हामीले बनाउने हो ?,” राईले भन
सुनसरी/ इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जंगलबाट मारेर ल्याएको अबैध हरिणको मासु र तीन नाल भरुवा बन्दुक सहित बराहक्षेत्र नगरपालिका वार्ड न २ चतराको रेल्वेलाइनबाट दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार बिहानै जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको सूचनाको आधारमा महेन्द्रनगर प्रहरीका इन्चार्ज प्रहरी निरिक्षक पाण्डबकुमार राजवशीको नेतित्वको टोलीले अवैध हतियार , हरिणको मासु सहित दुई जनालाई पक्राउ गरेको हो । शुक्रबार बिहानै प्रहरीलाई जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरीले बराहक्षेत्र २ रेललाइन स्थित निरज घिमिरेको घरमा काटेको हरिणको मासु १२ किलो, हरिणको सि
विराटनगर । प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सांसदले ‘झुटको पुलिन्दा’ र ‘नाराहरुको ठेली’ भन्दै टिप्पणी गरेका छन । प्रदेशसभामा आर्थिक वर्ष २०७८÷०७९ को लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले विहीबार नीति तथा कार्यक्रम पेश गरेका थिए । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सरकारको आयू टिकाउने दाउपेचमा मात्र आएको भन्दै नेकपा माओवादी केन्द्रकी सांसद उमिता विश्वकर्माले प्रदेश सरकार नारा बनाउन मात्र सक्रिय भएको भन्दै टिप्पणी गरिन । भनिन्,“अघिल्लो नीति तथा कार्यक्रम सफल नहुनेले यो पुष्टि भएको छ । सस्तो लोकप्रियताको लागि मात्र सरकारले नीति तथा क
बेलबारी / पुर्व उपप्रधान तथा अर्थमन्त्री भरत मोहन फाउन्डेसले मोरङको बेलबारी नगरपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । भरतमोहन फाउन्डेसनका सचिव महेश आचार्यले बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका हुन । कोभिड १९ बाट संक्रमित स्थानियको स्वास्थ उपचारको लागि अवश्यक स्वस्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु फाउण्डेसनले नगरपालिकालाइ उपलब्ध गराएको हो । फाउन्डेसनले पिपि सेट, अक्सी मिटर, बुट,मास्क, सेनिटाइजर, सोडियम हाइपो कोलोराइड लगायतका सामाग्रि नगरपालिकालाई हस्न्तानतरण गरेको हो । सामाग्रि बुझदै न
इटहरी । निर्माणको सुरूवाति समयदेखि नै पटक पटक बिवादमा तानिदै आएको रानि बिराटनगर –इटहरी धरान ६ लेन राजमार्ग अन्तरगत सुनसरीको इटहरीमा पुन बिरोध सूरू भएको छ । राजमार्ग निर्माणको क्रममा इञ्जिनियरले डिजाइन गलत बनाएपछि वर्षाको बेला पानीको भेलले इटहरी डुबानमा पर्ने खतरा बढेको भन्दै नागरिक अगुवा र ब्यवसायिहरू बिरोधमा उत्रिएका छन । राजमार्ग निर्माणको क्रममा इटहरी संगित चौक तर्फ कल्भर्ट निर्माण हुनुपर्नेमा ह्युम पाइप मात्र हालेर पुर्न लागेको भन्दै नागरिक अगुवा र ब्यवसायीहरूले बिरोध जनाएको हुन । वर्खाको बेला पानीको भेल संगै ढल निकाशिमा समस्या भइरहेको बेला अहिले हालिएको ह्युमपाइपले झनै समस्या उत्पन
पाँचथर । पाँचथर हिलिहाङ गाऊपालिका १ मा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी सत्यवती गाऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा३क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाटीमा पाईपले लागी घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई क्रेन अप्रेटर बारा सखुवाघाट गाऊपालिका ७ का २८ बर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको
झापा । झापाको छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएकी उनाई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा मृत्यु भएको हो । त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैज
काठमाडौँ / यसवर्षको मनसुन अत्यन्तै जोखिमपूर्ण रहेको चेतावनी मौसमविद्हरुले दिएका छन् । नेपालमा मनसुन भित्रनै लाग्दा विज्ञहरुबाट यस्तो चेतावनी आएको हो । उनीहरुले मनसुनका समयमा सुरक्षित रहन सबैलाई आग्रह गर्दै त्यसको पूर्वतयारीमा जुट्नुपर्ने अवस्था आएको पनि बताएका छन् । यस वर्ष मनसुनजन्य विपद् (विशेष गरेर बाढी र पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान मौसमविद्ले गरेका छन् । गतवर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । यसपालिको मनसुन झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन् । जल तथा मौसम विज
वराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरु औषधी बोकेर कोरोना भाइरस सक्रमितको घर- घर पुग्न थालेका छन् । २५ दिन देखि सुरक्षा सर्तकता सहित संक्रमितका घर–घरमा पुगेर सेनिटाइज , पोष्टिक तत्ब प्रदान गर्दै आएको नेपाली कांग्रेसको टोली बिहिबार सक्रमितको घरमा पुगेर पारासिटामोल र भिटामि सि सहित सेनिटाइज गरेको अभियानकी सदस्य नेपाली कांग्रेस महा- समिति सदस्य अनु गुरुङले बताइन् । राज्यको साधन, स्रोत भएको निकायहरु सक्रमण नियन्त्रण गर्ने अभियानमा प्रयाप्त काम गर्न नसकेको जनगुनासो भइराख्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वराहहक्षेत्रका नेताहरु भन्ने समिति नै स्थापना गरेर अभियानमा सक्रिय पुर्ब
धरान/ धरान-१२ चतरालाईन स्थित धरान मेघा कलेजका बि.बि.एस.प्रथम बर्षमा अध्ययनरत बिद्यार्थीहरुले आर्थिक सन्कलन गरेर छाताचोक स्थित पुनस्थापना गृहलाई बिहिबार खाद्यान्न सामग्री बितरण गरेका छन। बिद्यार्थीहरुले केन्द्रका सन्चालक भिम बहादुर राईलाई १ सय २५ किलो चामल, ५ किलो दाल, १ कार्टुन तेल, ४ किलो नुन, ५ किलो न्युटेला र १ कार्टुन बिस्कुट गरि १२ हजार ७५ रुपैया बराबरको खाद्य सामग्री बितरण गरे। यस अघि कलेजमा सचेत नागरिक समूह धरान-१७ र धरान मानव कल्याण समाजलाई क्रमशस् ५-५ हजार हस्तान्तरण गरिएको छात्रा सपना राईले जानकारी दिइन।सचेत नागरिक समुहले बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेक