‘प्रदेश एकमा प्रत्येक दिन चारजनाले गर्छन् आत्महत्या’: झापामा सबैभन्दा बढी

  • श्रावण २३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । मानसिक तनाव, पारिवारिक समस्या, व्यवसायिक समस्या, घरेलु हिंसा लगायतका कारण पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएको तथ्यांकले देखाको छ ।

प्रदेश १ मा मा हेर्ने हाृे भने हरेक दिन चार जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । १ नं. प्रदेश प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिएको हो । तथ्यांक अनुसार आत्महत्या गर्ने कम उमेरका र सामान्य परिवारका व्यक्ति बढी देखिन्छन् ।

एक नम्बर प्रदेश प्रहरीका अनुसार, प्रदेश १ मा आव ०७६÷०७७ देखि ०७८÷०७९ को तीन वर्षमा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ६३ रहेको छ । यो तथ्यांकलाई हेर्ने हो भने तीन वर्षमा दैनिक आत्महत्या गर्नेको संख्या प्रदेश १ मा ४ जना हुन आउछ । कार्यालयका अनुसार ०७६÷०७७ मा १ हजार ३४७, ०७७÷०७८ मा १ हजार ५१६ जना, ०७८÷०७९ मा १ हजार ५०० जनाले आत्महत्या गरेका गरेका छन् ।

विगतका बर्षहरुमा भन्दा पछिल्लो बर्ष आत्महत्या गर्नेको संख्यामा बृद्धि हुदै गएको तथ्यांकले उल्लेख गरेको छ । आव ०७७÷०७८ मा आत्महत्याको संख्यामा सामान्य कमी आए पनि त्यसअघिका दुई वर्षमा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दो क्रममा रहेको प्रहरीको तथ्यांमा पाइएको छ । आर्थिक वर्षमा ०७८÷०७९ मा हरेक दिन करिब ४ जनाभन्दा बढीले आत्महत्या गर्ने गरेको पाइएको छ । आर्थिक वर्षमा प्रदेश १ को सबैभन्दा बढी आत्महत्या झापामा भएको छ । झापामा ३३४ र कम तेह्रथुम जिल्लामा भएको प्रहरीको अभिलेखमा देखिन्छ । तेह्रथमुमा आर्थिक वर्षमा २३ जनाले आत्महत्या गरेका छन् । झापापछि दोस्रोमा मोरङमा बढी आत्महत्या भएको पाइएको छ । मोरङमा ३१४, सुनसरीमा २०३, इलाममा १२८, उदयपुर ८४, धनकुटा ४९, पाँचथर ५७, ताप्लजुङ्ग ३५, संखुवासभा ४४, भोजपुरमा ५१, खोटाङमा ६७, ओखलढुङमा ५४ र सोलुखुम्बुमा ४७ जनाले आत्महत्या गरेका छन् ।

घटनाको सुक्ष्म अध्ययन गरेको प्रहरीले सामान्य परिवारका किशोर–किशोरी र युवाको संख्या बढी रहेको बताएको छ ।

‘आत्महत्याको मूल कारण त मानसिक समस्या भएको मनोचिकित्सकको भनाई छ । मनोचिकित्सले परिवार, नातागोता तथा साथीभाइ÷चिनेजानेका बीच जति पनि आपसी कलह÷बेमेल, मनमुटाव, आर्थिक अभाव, बेरोजगारी, व्यवसायमा नोक्सानी, अविश्वासजस्ता समस्याका कारण आत्महत्याको रेसियो बढेको देखिएको बताएका छन् । उनीहरुले जटिल परिस्थितिबाट निम्तिएको मानसिक समस्याले आत्महत्यासम्म पु¥याउने गरेको पाइएको बताएका छन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved