Top 4

    Showing 5,931-5,940 of 9,516 items.
  • सुकुम्बासीको नाममा जथाभावि जग्गा रोकेर बनाइएका टहरा स्थानीयले नै भत्काए

    धरान । सुकुम्बासीको नाममा जथाभावि जग्गा राकेर टहरा बनाउनेका विरुद्ध स्थानीयहरु नै उत्रिएका छन् । धरान १७ डाँडा घोपामा जग्गा रोकेर जथाभावि टहरा बनाइएका १० वटा टहरा स्थानीयबासी र नगरप्रहरी मिलेर भत्काएका छन् । धरान–१७ डाँडा घोपा नमुना मार्ग टोल विकास संस्थाले नगरपालिकाका प्रहरीसँग मिलेर सर्दु खोला छेउमा बनाइएका टहरा भत्काएका हुन् । संस्थाका अगुवा लिलाबहादुर बुढाथोकीका अनुसार जथाभावि जबरजस्ती बनाइएका टहरा भत्काउन बारम्बार आग्रह गर्दा समेत नभत्काएपछि बुधवार बिहान नगर प्रहरीसँग सहकार्य गरेर टहरा भत्काएको जानकारी दिए । उनले भने–‘वास्तविक सुकुम्बासीले टहरा बनाउन पाउनुपर्छ तर सुकुम

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 699 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिपल्स सप लायन्स तीज उत्सव सिजन टु हुने

    धरान । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पिपल्स सप लायन्स तीज उत्सव सिजन २ धरानमा हुने भएको छ । पिपल्स सप र धरानका लायन्स क्लवको संयुक्त आयोजनामा यही भाद्र ९ गते एक दिने उत्सवको आयोजना गर्न लागिरहेको आयोजकले वुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन । पहिलो संस्करण पछि कोरोना महामारिको कारण दुई वर्ष रोकिएको उत्सवलाई निरन्तरता दिनको लागि तीज उत्सवको आयोजना गर्न लागिएको पिपल्स सपका प्रोपराइटर एवं एरिया चिफ लायन कविता लिम्वुले जानकारी गराइन् । पहिलो संस्करण पिपल्स सपको एकल आयोजना रहे पनि दोस्रो संस्करण धरानका लायन्स क्लवहरुको संयुक्त आयोजनामा गर्न लागिरहेको आयोजकले वत

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 744 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साउन महिना समाप्त भएसँगै धरानका मठमन्दिरमा भाकल गर्नेहरुको भीड

    धरान । साउन महिना सकिएको छ । साउन महिना सकिएसँगै बोलबम मेला समेत सम्पन्न भइसकेको छ । बोलबम अवधिभर धरानका कुनै पनि मठमन्दिरमा बलि दिन नपाउने प्रचलन रहेको छ । धरानको पिण्डेश्वरमा हुने मेलाका दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर लगायतमा मठमन्दिरमा बलीलाई रोक लगाइएको थियो । तर आज भदौ १ गतेबाट भने सबै मन्दिरमा बलि दिन थालिएको छ । भाकल गरेकाहरुले आजबाट बलि दिएका छन् । साउन महिनाभरि धरानका मठ मन्दिर चलायमान भए । तर साउन महिनाभरि मन्दिरमा काटमार गर्न नपाउने नियम भएकाले मन्दिर आएकाले दर्शन गर्ने जाने मात्र गर्दथे । तर भदौ १ गते बुधबारबाट बली पूजा सुचारु भएसँगै धरान १४ विजयपुर मन्दिर, दन्तकाली मन्दिर लगा

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 648 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साँखेजुङ होटलमा आगलागि, तीनलाख ५० हजार क्षति: 'दमकल कहिल्यै समयमा नपुग्ने सर्वसाधारणको गुनासो'

    धरान । इलाम नगरपालिकाको दमकले आगो लागि हुँदा आगलागी भएको स्थानमा कहिल्यै समयमा पुग्दैन । धेरै जसो बिग्रिरहने भएकोले बजार आसपासमा भएका आगलागी नियन्त्रण गर्ने समयमै नपुग्दा ठूलो क्षति व्यहोर्नुपर्र्ने अवस्था आउछ । तर, बुधबार भएको आगलागीमा भने खवर पाएको पाँच मिनेट नवित्दै घटना स्थलमा आएर आगो नियन्त्रण गर्न सफल भएको हो । इलाम चोकबजारको ट्याक्सी स्टेनमा रहेको साँखेजुङ होटलमा बुधबार भएको आगलागी नियन्त्रण गर्न इलाम नगरपालिकाको दमकल समयमै पुगेको थियो । होटलमा भएको आगलागीबाट तीनलाख ५० हजार क्षति भएको प्रहरीले जनाएको छ । ग्याँस लिक भएर शुरु भएको आगो २० मिनेटपछि नियन्त्रमा आएको थियोे । आगलागी शुरु भएको

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 697 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • खोटाङका जिल्ला अध्यक्षसहित ३९ जनाले छाडे जसपा

    धरान । प्रदेश र संघीय निर्वाचनको मिति तोकिसकेको अवस्थामा खोटाङमा भने जनता समाजवादी पार्टी (जसपा) का जिल्ला र प्रदेश स्तरका नेताहरुले धमाधम पार्टी परित्याग गरेका छन् । स्थानीय निर्वाचनमा पार्टीको अवस्था नाजु भएको महसुस भएसँगै प्रदेश र संघीय निर्वाचनमा समेत पार्टीले सम्मानजनक सिट नल्याउने देखेपछि उनीहरुले धमाधम पार्टी परित्याग गरेको बताइएको छ । खोटाङको सदरमुकाम दिक्तेलमा मंगलबार पत्रकार सम्मेलनकै आयोजना गरी जसपाका केन्द्रीय अनुशासन आयोग सदस्य वीरबहादुर राई, १ नम्बर प्रदेश समिति सदस्य मोहन गुरुङ, जिल्ला अध्यक्ष टंक बहादुर थापा लगायत ३९ जनाले छाडेको घोषणा गरेका हुन् । पार्टी परित्याग गरेका जसपाक

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 646 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्व वडाध्यक्ष लिम्बूको निधन

    धरान । धरान उपमहानगरपालिका वडा नं. १० का पूर्व वडाध्यक्ष श्रीप्रसाद सुब्बाको निधन भएको छ । उच्च रक्तचापका विरामी रहेका लिम्बुको मंगलबार दिउँसो उपचारकै क्रममा विराटनगरको विराट नर्सिङ होममो निधन भएको पारिवारले जनाएको छ । परिवारका अनुसार चारदिनदेखि अत्याधिक बढेकाृ रक्तचापका कारण अस्पताल भर्ना भएका उनलाई नर्सिङ होमको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार गराइएको थियो । उपचारकै क्रममा लिम्बूको निधन भएको जनाइएको छ । लिम्बूको पार्थिव शरिर धरान ल्याइएको छ भने उनको पार्थिव शरिर धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । लिम्बू २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडा

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बोलबम सिद्धिए पनि पिण्डेश्वरको फोहोर व्यवस्थापनमा समस्या

    धरान । यस बर्षको बोलबम सकिएको छ । बोलबममा आएका भक्तजनहरुलाइ निःशुल्क वितरण गरेको पानी खाए पछि फलिएको प्लास्टिकको ग्लास, पुरी खाएर फालिएको कागजको प्लेट, फलफूलका बोक्रा आदिले गर्दा पिण्डेश्वर परिषर नै दुर्गन्धित देखिएको छ । निःशुल्क वितरण गर्नेले वितरण गरेपनि सरसफाइ नगरिदिँदा मन्दिर परिषर नै फोहोरको डुंगुर बनेको हो । सोमबार आएका भक्तजनहरुलाई वितरण गरिएको यस्ता सामाग्री सरसफाई नगर्दा मन्दिर परिषर नै दुषित बनेको हो । मन्दिर परिषरभित्र भएको फोहोर मंगलबार विहान लायन्स क्लब विजयुर धरान र लियो क्बल विजयपुर धरानले सरसफाई गरेको छ । बोलबमका समयमा पाँचवटै सोमबार भक्तजनहरुलाई निःशुल्क सर्वतपानी, फलफूल लग

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 708 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निरन्तर ओरालो: प्रतिष्ठान १ अर्ब ४१ करोड ऋणात्मक अवस्थामा

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय नाजुक अवस्थामा पुगेको नवनियुक्त रजिष्ट्रर डा. सूर्यप्रसाद संग्रौलाले सार्वजनिक गरेको स्वेतपत्रमा उल्लेख छ । रजिष्ट्रार संग्रौलाले मंगलबार सार्वजनिक गरेको स्वेतपत्रमा प्रतिष्ठानमा १ अर्ब ४१ करोड ऋण रहेको जनाएका छन् । उनले सार्वजनिक गरेको स्वेतपत्रमा भनेका छन्–‘ कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक अवस्थामा रहेको रहेको छ, प्रतिष्ठानले आर्थिक अवस्था नाजुक भएको कारण अस्पताल सञ्चालन गर्न कठिन छ ।’ उनले सार्वजनिक गरेको श्वेतपत्रमा परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेक

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 1,243 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अरनिको कलेजमा अभिमुखिकरण

    धरान । विराटनगर– १० मा रहेको अरनिको कलेजले नयाँ भर्ना भएका विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण तालिम दिएको छ । सोमबार कलेजले नया विद्यार्थीहरुलाई राखेको स्वागत कार्यक्रमसँगै अभिमुखीकरण त ालिम दिएको हो । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनका लागि अभिमुखीकरण तालिम दिएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए उनले भने– ‘अभिमुखीकरण कार्यक्रममा कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा मा पनि हामीले नयाँ विद्यार्थीहरुलाई जानकारी गरायौ ।’ विज्ञान संकाय, व्यवस्थापन संकाय र होटेल मेनेजमेन्ट संकायमा प

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 448 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर कोइरालाद्वारा कराँते खेलाडीको विदाई

    धरान । थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई सोमबार विराटनगरमा विदाई गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गरेका हुन् । कञ्चनबारी कराँते एकेडेमीले सोमबार आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले खेलाडीहरु प्रभाकर रानामगर, रोजन खड्का, परशु कुँवर, सुरज कामत, महेश यादव र साहिल गिरीलाई खादा लगाएर विदाई गरे । उनले प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई जितको अग्रिम शुभकामना दिए । उनले भने–‘खेलकुद मुलुकको विकासको मेरुदण्ड हो, खेलकुदले समाज परिवर्तन गर्न म

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 606 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved