बेमौसमी खेतीप्रति किसान आकर्षित

  • पुस ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / धनकुटामा पछिल्लो समय टनेल खेती तथा बेमौसमी तरकारी खेतीप्रति किसान आकर्षित भएका छन् । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेसँगै टनेल खेतितर्फ किसान आकर्षित भएका हुन् ।

टनेल खेती गर्दा लगाइको तरकारी सुरक्षित हुने र धेरै उत्पादनसँगै राम्रो आम्दानी हुने भएपछि टर्नेल खेतितर्फ आकर्षित बनेका हुन् । टर्नेल खेति गर्दा वेमौसमी तरकारी उत्पादन गर्न सकिने भएकोले पनि कृषकहरु टनेल खेतितर्फ आकर्षित भएका हुन् ।

महालक्ष्मी नगरपालिका मारेक कटहरेका कृषक कृषक पुष्प ढकालले टर्नेल खेति गर्दा झरी, असिना, घामबाट जोगाउन सकिने भएकोले लगाएको तरकारी खेर नजाने बताए । उनले भने–‘खुल्ला रुपमा तरकारी खेति गर्दा विगतमा असिना, झरी, हुरी बतासले समेत केही नहुनेले भएकोले लगाएको बाली त्यसै खेर नजाने उनी सुनाउँछन् ।

उनी भन्छन्–‘टनेल अहिले मैले टमाटर, भेडे खुर्सानी, काँक्रा लगायतका तरकारी तथा फलफूल लगाएको छु, राम्रो उत्पादन गरेको छु ।’

थोरै जमिनमा धेरै उत्पादन गर्न सकने भएकोृले यो खेति गर्न सकिने भएकोले यो उपयुक्त खेति भएको सोही स्थानीय कृषक डम्बर पौडेल बताउँछन् । उनले भने–‘यो प्रविधिबाट खेति गर्दा थोरै जमिनमा हुने, लगाएको साग सब्जी, फलफूललाई वातावरणीय असरबाट जोगाउन सकिने भएकोले कृषकका लागि यो विधि राम्रो छ, यसबाट लगाइएको सागसब्जी बिग्रिने डर हुँदैन ।’
उनले खेतिका लागि प्राविधिक शिक्षाको भने आवश्यक रहेको बताए ।

उनले भने–‘टनेल खेतिमा प्राविधिक ज्ञान भइदिए अझ राम्रो हुन्छ, मनग्गे आम्दानी गर्न सकिन्छ ।टनेल खेती गर्दा रकम भने महँगो पर्ने भएकोले आर्थिक रुपमा कमजोर किसानले भने गर्न नसक्ने कृषकहरुको भनाई छ । व्यवसायिक टनेल खेति गर्नेलाई राज्यले अनुदान दिनुपर्ने किसानहरुको भनाई छ ।

कामधेनु सहकारीका दुई ...

धरान/ इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थासँग ...

हजारौँ प्रतिस्पर्धील ...

धरान/ धरानस्थित युएन, नवोदय कलेज पढ्ने विद्यार्थी राष्ट ...

धरानमा सम्पन्न एसईई ...

धरान/ धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय वाइवाइ एसईई आइडल ...

रोकिएको टिपरमा मोटरस ...

धरान/सुनसरीको पूर्व–पश्चिम राजमार्गमा साइडमा रोकि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved