Top 4

    Showing 5,891-5,900 of 9,516 items.
  • एम्स एकेडेमीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धरान/ एम्स एकेडेमीले आप्mनै विद्यालयका विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियाबेगिता आयोजना गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा पुष्पा विश्वकर्मा, रवनीश न्यौपाने र विशाल कालिकोटे क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । यसैगरी मन्दिप लिम्बू र रूपसाना राईले सान्त्वना स्थान प्राप्त गरेका छन् । एम्स एकेडेमीमा विभिन्न सङ्कायमा अध्ययनरत् विद्यार्थीहरूले भाग लिएको प्रतियोगितामा निर्णायकका रूपमा राजेश विद्रोही, भोजराज श्रेष्ठ र शान्ति लिम्बू थिए । त्यस क्रममा निर्णायक विद्रोहीले प्रतियोगिताका नियमहरूबारे विद्यार्थीलाई जानकारी गराएका थिए । सो प्रतियोगितामा २२ जना विद्यार्थीले भाग लिएका थिए । उ

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएनका दिपेन भए प्रथम

    धरान/ धरान जेसिसद्वारा आयोजित अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा युएन कलेजका दिपेन भण्डारी प्रथम भएका छन् । कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत भण्डारीले अन्य प्रतिष्पर्धीलाई पछि पार्दै पहिलो स्थाना ल्याउन सफल भएका हुन् । मेधावी छात्राको रुपमा चिनिएका भण्डारीले यस भन्दा अगाडि अर्थात एसई स्पिकर २०७८ समेत जितेका थिए । युएन कलेजमा गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत अगाडि रहेको छ । मिस धरानमा कलेजको तर्फबाट मिस धरान विपना श्रेष्ठ, मिस पूर्वाञ्चलको फस्ट रनरअप अनिला क्षेत्री, राष्ट्रिय नृत्यकार केविका खत्री, मिस तामाङ प्रजाति तामाङ र मिस एसएलसी नेहा तामाङले जितिसकेका छन् ।

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 747 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पैसा कमाउने अनेक तरिका :गौमाता भन्दै रकम उठाउँदै

    धरान/ मानिसले ठगेर खाने अनेकन आइडिया निकालेका छन् । धर्मको नाममा सर्वसाधारणलाई बेकुव बनाएर रकम कमाउने राम्रो तरिका अपनाइएको पाइएको छ ।विहार घर बताउने एक भारतीय नागरिक सोमबार धरान ८ बरगाछीमा ६ खुटे गाईलाई ‘गौमाता’ भन्दै डुलाउँदै थिए । गाडीमा राखेर डुलाइएको सो गौमाता हेर्न आउने र पैसा चढाउनकको भीड रहेको थियो । स्वभाविक रुपमा गाईको चारवटा खुट्टा हुन्छन् तर त्यो गाईको भने जुरोमा दाहिने र देब्रेपट्टि पनि खुट्टा छ, अस्वभाविक रुपमा जन्म लिएको गाईलाई ‘गौमाता’ भन्दै डुलाउदै राम्रै रकम संकलन गर्ने नियत देखिन्छ । उनलाइ सो विषयमा सोध्दा नेपालका प्रमुख सहरहरुमा त्यसरी डुलाउने

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 685 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समाचार प्रभाव: उपमहानगरसँग स्पस्टीकरण लिन पत्राचार

    धरान / धरान उपमहानगरपालिकाले धरानको जंगलक्षेत्रमा फोहोर फाल्न पाउने आधार तथा प्रमाणहरु भए नभएको विषयमा सोधपुछ गर्न डिभिजन वन कार्यालय सुनसरीले शव डिभिजन वन कार्यालय पाँचकन्यालाई पत्राचारमार्फत निर्देश गरेको छ । वन ऐन तथा वातावरण ऐनले नगरपालिकाले वन क्षेत्रमा फोहोर फाल्न नपाउने भएनि धरान उपमहानगरपालिकाले धरानको वन क्षेत्रमा फोहोर फालिरहेको भन्दै सो विषयमा स्पष्टीकरण लिन डिभिजन वन कार्यालय सुनसरीले सव डिभिजन वन कार्यालय पाँचकन्या धरानलाई निर्देशनात्मक पत्र पठाएको हो । पत्रमा डिभिजन वन कार्यालय सुनसरीका अधिकृत भीमबहादुर कालिकोटेले हस्ताक्षर गरेका छन् । उनले डिभिजन वन कार्यालय पाँचकन्यालाइ शहरी क्

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 973 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापा निर्वाचन क्षेत्र १ ‘ख’ बाट प्रदेशसभामा एमालेबाट घिमिरेको दाबी

    झापा । आगामी मंसिर ४ प्रदेश र संघीय निर्वाचनको मिति तोकिएको छ । मिति नजिकिदै जाँदा दलका नेताहरुले आ–आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । यसैक्रममा क्षेत्र नं. १ ‘ख’ बाट नेकपा एमालकोे तर्फबाट प्रदेश सभाको उम्मेद्वार मा युवा नेता हरि घिमिरे समेत इच्छुक देखिएका छन् । उनले एमालेको राजनीतिक सगठन विस्तारदेखि देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै अब हुने प्रदेशसभा निर्वाचनमा आफू उमेद्वारको लायक भएको भन्दै पार्टी समक्ष माग राखेका छन् । पार्टीमा युवा पुस्ताको भूमिका अहम् भएको बताउदै उनले नेतृत्वमा पनि युवा आउनुपर्ने धारणा राखेका छन् । विद्यार्थी कालदेखि नै राजन

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 1,072 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर साम्पाङको काम : ‘कुहिरोमा हराएको काग जस्तै’

    धरान/ खानेपानीलाई मात्रै अर्जुनदृष्टि बनाएर समस्या समाधानमा लागेका धरानका मेयर हर्कराज राईको अभियानलाई स्थानीय सरकारको वैधानिक मान्ने कि अवैधानिक भन्ने विषयले धरानका स्थानीय अन्यौलमा छन् । स्थानीय सरकार संचालन ऐन २०७४ ले तोकेको मापदण्ड र विधि विपरित अभियान संचालन भएकाले त्यसलाई अवैधानिक हो भन्ने एक पक्ष स्थानीयहरु छन् भने अभियानमा संलग्न रहेका स्थानीयहरु मेयर आफै संलग्न रहेर परियोजनाहरु संचालन भएकाले वैधानिक नै हो भन्नेमा छन् । तर उपमहानगरपालिकाका कर्मचारी, बुद्धिजिवी, कानुनविदहरु यसलाई वैधानिक मान्न नसकिने तर्क गरिरहेका छन् । खानेपानी समस्या समाधानलाई प्रमुख एजेण्डा बनाएर दोस्रो स्थानीय

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 1,249 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर हर्कको ओरालो यात्रा

    धरान उपमहानगरका मेयर हर्कराज राई (हर्क साम्पाङ) चामत्कारिक रूपमा उदाएका नेता हुन् । धेरैका अविश्वास र आशङ्कालाई असफल बनाउँदै गत वैशाख ३० को स्थानीय तहको निर्वाचनबाट उनी अकस्मात् मेयरमा निर्वाचित भए । उनी मेयरमा निर्वाचित होलान् भन्ने धेरैलाई लागेको थिएन तर तिनका अनुमानलाई गलत साबित गर्दै उनी मेयरमा निर्वाचित भए । उनको अनपेक्षित विजयले राजनीतिक वृत्तमा एक प्रकारको तरङ्ग नै ल्यायो । त्यो तरङ्गले ल्याएको कम्पन अहिले पनि साम्य भइसकेको छैन ।अनपेक्षित रूपमा धरानका मेयरमा निर्वाचित बनेका भए पनि उनी यो स्थानमा त्यत्तिकै आएका भने होइनन् । मेयरमा निर्वाचित हुनुअघि उनले सामाजिक अभियन्ताका रूपमा करीब एक द

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 4,792 पटक पढिएको
    • "राजेश विद्रोही"
  • छोरी लिएर आमा बेपत्ता

    धरान । मोरङ केराबारी ८ शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीय छोरीसहित वेपत्ता भएकी छिन् । वेपत्ता हुनेमा २८ वर्षीय रिता चापागाईं फुयाल रहेकी छिन् । उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भनेर गत साउन ३ गते दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हुन् । उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा उनका श्रीमान् सूर्यप्रसाद फुयालले निवेदन दिएका छन् । आफ्नी श्रीमती धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले बताए अनुसार साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि बसबाट ओर्लिएको जानकारीमा आएको बताएका छन् । लामो समय विदेशका काम गरेर फुयाल ६ महिना

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 641 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषकलाई जनचेतनाको अभाव: अग्र्यानिक भन्दा रसायनिक मलको बढी प्रयोग

    धरान । कृषकहरुले धरै उत्पादन गर्ने अभिप्रायले रसानिक मल प्रयोग गर्ने गर्छन । युरिया, डिडिटी, विएचसी लगायतका रसायनिक मल प्रयोग गर्दा खेतीको उर्वराशक्ति ह्रास हुदै गएको छ भने मल समयमै कृषकले नपाउँदा राम्रो उत्पादन गर्न पाएका छ्रैनन् । रसायनिक मल उत्पादन गर्दा फाइदा भन्दा पनि बेफाइदा बढी छ । रसायनिक मल नियन्त्रण आदेश २०५५ र पहिलो संसोधन आदेश २०५७ समेत प्रभावित हुने  गरी यस्ता मलहरु ज्थाभावि प्रयोग गर्ने गरिएको छ । नेपाल कृषि प्रधान देश हो, नेपालका ८० देखि ९० प्रतिशत सर्वसाधारण कृषिमै आश्रित छन् तर् पछिल्लो समय कृषि क्षेत्र घडेरीमा परिणत हुनु र उत्पादनमा ह्रास आउन थालेपछि कृषकहरुले वैकल्पिक

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 603 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेम्बाङसँग चुनाव लड्ने तयारीमा इलामे युवा खनाल

    इलाम । विगतका संघीय निर्वाचनमा सुवास नेम्बाङलाई जिताउन लागिपरेका इलामका केशव खनाल यस पटक भने नेम्बाङसँगै चुनाव लड्ने भएका छन । पटक पटक चुनाव जितेर पनि नेम्बाङले इलामको क्षेत्र नं. २ लाई विकास गर्न नसकेको भन्दै स्वतन्त्रबाट नेम्बाङसँग चुनाव लड्ने भएका हुन । यस क्षेत्रबाट चुनाव जितेर निर्णायक भूमिकामा पुगे पनि आफ्नै क्षेत्रमा विकास गर्न नसकेको भन्दै उनले नेम्बाङसँगै चुनाव लड्ने निर्णय गरेका हुन् उनले अव मुलुकको विकासमाा युवा पुस्ताको आवश्यक रहेको भन्दै नयाँ पुस्ता अघि बढ्नु पर्ने भन्दै चुनाव लड्ने घोषण गरेका हुन । ‘मैले नेम्बाङलाई चिनेदेखि बेलासेको पुल र २ नं. क्षेत्रमा एउटा पनि बिजुलीको

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 801 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved