मोरङ /वैदेशिक रोजगारमा जाने महिलाहरुले राम्ररी बुझेर मात्र जान आग्रह गरेका छन् । वैदेशिक रोजगारमा पुगेर फर्किएकाहरुले नबुझी जाँदा धेरै महिलाहरुले अनाहकमा दुःख पाएकोले बुझेर जान आग्रह गरेका हुन् ।कुवेत पुगेर फर्किएकी कुमारी चेम्जोङले विदेशमा पैसा कमाउने उद्देश्यल नबुझी जाँदा दुःख पाएको व्याथा पोख्दै महिलालाई वैदेशिक रोजगारमा सहज नभएको बताएकी छन् । उनी कुवेतमा अढाई बर्ष बसेर आउँदा आफूले दुःख नपाए पनि कुवेतमा धेरै महिलाहरुले कष्टकर जीवन विताउनु परेको बताइन् । उनले भनिन्–‘म विदेश अढाई बर्ष बसे, कुवेतमा रोजगारीका लागि गएकी थिएँ, घरेलु कामदारको रुपमा अवैधानिक रुपमा लगिएका धेरै महिलाहरुले
मोरङ \ मोरङको एक विद्यालयमा शिक्षक नियुक्तिमा चलखल भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । विराटनगर १८ फडानीस्थित श्रीराम आधारभूत विद्यालयमा शिक्षक नियुक्ति गर्दा चलखेल भएको भन्दै विद्यार्थीहरुले पुन ः परीक्षाको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । गत मंसिर २२ गते लिएको परीक्षा निष्पक्ष नभएको विद्यार्थीहरुको भनाई छ । परीक्षामा ७ जना सामल भएका थिए भने १२ जनाले परीक्षा दिन पाएका थिएनन् । उनीहरुले आधारभूत विद्यालयले परीक्षा लिदाँ निष्पक्ष ढंगले नदिएको भन्दै आरोप लगाउदै आएका छन् । सो विद्यालयमा १ सय ४४ विद्यार्थी अध्ययरत रहेका छन् । विद्यालयमा २ जना करार र १ जना राहत शिक्षकको दरबन्दी २
मोरङ / विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ । डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीवी)को सहयोगमा वर्षातको पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ । महानगरलाई वैज्ञानिक रुपमै डुबानबाट मुक्त गर्न एडीवीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको मेयर नागेश कोइरालाले जानकारी दिए । मेयर कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेको छ । आरयूडीपी प्रोजेक्टअन्तर्ग
विजयपुर / चैत पहिलो साता चौथो मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिता धरानमा हुने भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत ३ र ४ गते धरानमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको हो । आयोजक एलाइनेट जिमले मंगलबार धरान १८ बुद्धचोकस्थित एमसी क्याफेमा पत्रकार सम्मेलन गरेको थियो । आयोजक संंस्थाका अध्यक्ष बिक्रम लिम्बुले प्रतियोगितामा ५० जनाले सहभागिता जनाउने बताए । उनले भने–‘या हाम्रो २० औं प्रस्तुति हो, चौथो मिस्टर शारीरिक सुगठन प्रतियोगितामा साविकको कोशी अञ्चलका ५० जना खेलाडीहरु सहभागी हुने छन् ।’ उनले प्रतियोगिताको विजेताले नगद
मोरङ / जाडो बढ्दै जाँदा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई समस्या नहोस् भन्ने अभिप्रायले नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले मोरङको एक आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेका छन् ।शर्माले सुन्दरहरैंचा नगरपालिका ९ मा रहेको राम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका हुन् । डा.शर्माले वैवाहिक बर्षगाँठको अवसर पारेर व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीन वटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् । सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबर
धरान : ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भए पनि आवश्यक पर्ने मेनपावर नहुँदा बिरामीहरुले मार्कामा पर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ खोटाङको जिल्ला अस्पताल । उपकरण भएपनि दुई रेडियोग्राफर बिदामा बसेपछि जिल्ला अस्पतालमा एक्स–रे सेवा बन्द भएको छ । दुवै रेडियाोग्राफर बिदामा बस्दा जिल्ला अस्पतालमा उपचारमा आउने विरामी मर्कामा परेका छन् । उपचार गर्दा आवश्यक पर्ने रेडियोलोजी अन्तर्गतको एक्स–रे नै सञ्चालनमा आउन सकेको छैन । स्थानीयहरुले अहिले प्रभावकारी रुपमा उपचार गराउन पाएका छैनन् । दुई रेडियोग्राफरमध्ये एक बुबाको उपचारका लागि छिमेकी मुलुक भारत गएको र अर्का पारिवा
इलाम : सीप र व्यवसायिक ज्ञान नहुँदा धेरै युवाहरु वैदेशिक रोजगारीमा गएर पैसा कमाए पनि स्वदेशमा वेरोजगार नै बस्नुपर्ने अवस्था छ । वैदेशिक रोजगारीमा जाँदा सिकेका सीपलाई प्रयोग गर्न सके नेपालमै स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण प्रसस्त छन् । तर उनीहरुको सीपलाई नेपाल सरकारले प्रवद्र्धन र बजारको खोजी नगरिदिँदा व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आउने गरेका छन् । इलामको चुलाचुली गाउँपालिका ५ चपेटकी सम्झना राई मलेसियाबाट फर्केर बङ्गुर पालन गर्न थालिन । नौ वर्ष मलेसिया बसेर स्वदेशमै केही गरौँ भन्ने सोच बनाउँदै गर्दा युवा सशक्तीकरण समूह मार्फत स्वरोजगारको लागि सीप विकास तालिम सञ्चालन हुन लागेको थाहा
पूर्वका तीन जिल्लामा हिंसाका घटना बढेको तथ्याङ्क राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको छ । आयोगको प्रदेश १ शाखा कार्यालय दिक्तेलले खोटाङमा कार्यक्रम आयोजना गरी यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगका अनुसार खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा हिंसाका घटना बढेका छन् । यी तीन जिल्लामा सम्बन्ध विच्छेद, महिला हिंसा, घरेलु हिंसा र बाल हिंसाका घटना बढिरहेका छन् । हुन त अन्य जिल्लाबारे यस्तो कुनै प्रतिवेदन सार्वजनिक भएको छैन । अन्य जिल्लामा भएका हिंसात्मक घटनाबारे पनि अध्ययन हुनु आवश्यक छ । पूर्वका तीन जिल्लामा भएका घटनाबारे सार्वजनिक तथ्याङ्क चिन्ताजनक छ । यी तीन जिल्लामा हत्याका घटनामा पनि व
मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश–२०७९ राष्ट्रपति कार्यालयमा पुगेको छ । अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले आइतबार गरेको थियो । सरकाले टीकापुर हत्याकाण्डमा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई आममाफी दिने उद्देश्यले यो अध्यादेश ल्याएको हो । वर्तमान सत्ता गठबन्धनले नयाँ सरकार निर्माणको गाँठो फुकाउन यस्तो अध्यादेश ल्याउन खोजेको कुरा बुभ्mन अप्ठ्यारो छैन । नयाँ सरकार निर्माणका लागि आवश्यक सांसद्हरूको सङ्ख्या अपुग भएपछि सत्ता गठबन्धनमा संलग्न दलहरू आप्mनो पक्षमा थप सांसद्हरू ल्याउन प्रयासरत्
धरान : इङ्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस धरानको कम्प्युटर संकायको विद्यार्थी समाज (एसेस)ले बृहत् टेक्निकल फेस्ट एसेस ५ आयोजना गर्ने भएको छ । एसेस टेक फेस्टको पाँचौँ संस्करण पुस ३ गतेबाट ६ गते सम्म चल्ने आयोजकले बताएको छ । काठमाडौँबाहिर रहेको इन्जिनियरिङ क्याम्पसमध्ये पूर्वाञ्चल क्याम्पस पूर्वको केन्द्र धरानमा अवस्थित जिम्मेवारी प्राविधिक संस्थान भएकोले शिक्षा र प्रविधिको परिधिलाई बृहत्तर बनाउने उद्देश्यले सुरु गरिएको आयोजकले बताए । एसेस टेक फेस्ट कार्यक्रमबाट दुई हजार बढी विद्यार्थीहरुले प्रत्यक्ष र अनलाईन मार्फत बिस हजारभन्दा बढी विद्यार्थीहरुले देशभरिबाट लाभान्वित हुने छन् । टे