Top 4

    Showing 5,411-5,420 of 9,511 items.
  • प्रतिष्ठानमा अराजकता बढेको आरोप स्थानीय दलका प्रतिनिधिको ध्यानाकर्षण

    धरान / बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउन प्राध्यापकबाटै चलखेल भएको भन्दै धरानका राजनीतिक दलले प्रतिष्ठानका पदाधिकारीलाई भेट गरेका छन् ।दलले बिपी प्रतिष्ठानमा अराजकता फैलन नदिन ध्यानाकर्षण गराएका छन् । प्रतिष्ठानकी सिनियर प्राध्यापक नाक, कान, घाँटी विभागकी प्राडा सङ्गिता भण्डारी छुट्टी (स्यावोटिकल लिभ) मा बसेकी भए पनि उनले चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरेको विषयले व्यापकता पाएको थियो । चिकित्सकमाथिको हस्तक्षेप, प्रतिष्ठान पदाधिकारीको नियुक्ति र १ हजार १ सय चिकित्सक कर्मचारीको विषयलाई विवादमा ल्याउने काम गर्दै आएको प्राडा भण्डारीलाई आरोप लाग्दै आएको छ ।राम्रा ड

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 1,119 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी विद्यार्थीको रोजाईमा

    कोशीपत्र संवाददातामोरङ/विराटनगरको पहिलो आइटी कलेज साइन्स एण्ड टेक्नोलोजी कलेजमा पछिल्लो समय विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । पूर्वाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सो कलेजले प्राविधिक शिक्षालाई केन्द्रित भएर विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउदै आएको छ । यसै कारण यो कलेजमा विद्यार्थींंको आकर्षण बढेको कलेजका क्यामपसका प्रशासन प्रमुख जनक तिम्सीनाले जानकारी दिए । यो कलेजमा स्नातक तहमा वि टेक, व्याचलर कम्प्युटर एप्लिकेसन, वी आइटी, पोस्ट ग्राजुएट इन डिप्लोमा एप्लिकेसन विषयहरु पढाइ हुन्छन् । स्नातकोत्तर तहमा मास्टर इन इन्फरमेसन टेक्नोलोजी, मास्टर इन कम्प्युटर एप्ल

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 786 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सन्तुलित विकास आवश्यक

    विकास निर्माणको तुलनामा चालू खर्च बढ्न थालेपछि सार्वजनिक खर्चमा कटौती गर्न सरकारले बेला–बेलामा कार्यविधि बनाउने गरेको छ । त्यस्तो कार्यविधिमा सार्वजनिक खर्च कटौतीका लागि विभिन्न विकल्प प्रस्तुत गरिएका हुन्छन् । सार्वजनिक निकायका तर्पmबाट हुने कार्यालय सामान, पानी, बिजुली, इन्धन तथा मसलन्द खर्चमा मितव्ययिता अपनाउनुपर्ने, सार्वजनिक निकायले गर्र्ने गरेका वार्षिक प्रतिवेदनलगायतका प्रकाशनहरू कानुनले अनिवार्य गरेको अवस्थामा बाहेक छपाइ गर्न नपाइने र त्यस्ता प्रतिवेदन अनलाइनमा प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको हुन्छ । त्यस्तै, विभिन्न तहका सरकारबीच सहलगानीमा सञ्चालित आयोजनाबाहेक दोह

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 696 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • नेपाली आकाशलाई सुरक्षित बनाउन जिम्मेवार बन

    पोखरास्थित सेती नदीको खोंचमा आइतबार भयावह हवाई दुर्घटना भएको छ । आइतबार अपराह्न साढे ४ बजेसम्ममा ६८ शव दुर्घटनास्थलबाट निकालिएको बताइएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको एनटीवाई ६९१, नाइन एन–एएनसी विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । नेपालकै हवाई इतिहासमा यो सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटना भएको छ । २०१२ को वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार पोखरामा आइतबार भएको दुर्घटना व्यावसायिक आन्तरिक उडानतर्फ ५० औँ दुर्घटना हो ।  सारा देश मा

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 831 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • यलम्बर सम्वत ५०८३ किरात प्रदेशको माग

    धरान / नेपालको प्राचीन र मौलिक सम्वत येले दोङ (यलम्वर सम्वत) ५०८३ को अवसरमा किरात प्रदेश नामाकरणको माग पुन  एक पटक जोडदारका साथ उठेको छ ।किरात राई यायोक्खाले संस्थागत रुपमा उठाउँदै आएको माग किराँती राजा यलम्बर हाङको सम्झना गर्दै किराँती नया वर्ष मनाउने क्रममा उठेको हो । खोटाङबाट निर्वाचित प्रदेश १ का सांसद पाँचकर्ण राईको विशेष उपस्थितिमा धरानस्थित साकेला पार्कमा रहेको हाङ यलम्वरको पूर्ण कदको प्रतिमामा दीप प्रज्ज्वलन गरिएको छ । सो अवसरमा सांसद राईले प्राचीन ऐतिहासिकता र सभ्यताका आधारमा प्रदेश १ को नाम किरात प्रदेश हुनुपर्ने माग जायज रहेको बताए । यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज र

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 1,260 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विकेभिएमको ४० औं स्थापना दिवस

    मोरङ/ विराटनगर १ स्थित बालकल्याण विद्या मन्दिर (विकेभिएम) बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरेर ४० औं स्थापना दिवस मनाएको छ । विद्यालयले स्थापनासँगै अभिभावक दिवससमेत मनाएको छ । स्थापना दिवसमा आयोजित कार्यक्रमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटनपछि बोल्र्दै मेयर कोइरालाले विराटनगर पछिल्लो समय शैक्षिक हब बन्दै गएको बताए । उनले अब अध्ययनकै लागि भारत र काठमाडौं पुगिरहनु नपर्ने उल्लेख गरे । विद्यालयका संस्थापक प्रिन्सिपल रविन दाहालले विराटनगरको शैक्षिक क्षेत्रमा चार दशकदेखि विकेभिएम स्कुलले योगदान पु¥याउँदै आएको चर्चा गरे । उनले दुईपटक बोर्ड प्रथम गरेर विराटन

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेवा पत्रकारद्वारा देवघाटका तिर्थालुलाई चियापान

    विजयपुर / नेवा पत्रकार राष्ट्रिय दवु चितवनले देवघाटधाममा माघे स्थान र पूजा गर्न आएका भक्तालुहरुलाई चियापान गराएको छ । हरेक वर्ष माघ १ गते देवघाटधाममा माघे संक्रान्ति मेला धुमधाम लाग्ने गर्दछ । उक्त धाममा पूजा गर्ने नेपालका विभिन्न जिल्लाबाट साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।चिसोको समयमा रातभर जाग्राम बसेर स्नान गरी पूजाआजा गर्ने भक्तजनहरुलाई मध्यनजर गर्दै नेवा पत्रकारले चियापानको कार्यक्रम आयोजना गरेको दवुका जिल्ला अध्यक्ष एवं कार्यक्रम संयोजक अनुज जोशीले जानकारी दिएका छन । चियापान कार्यक्रमलाई एस एण्ड पि अडिटिङ कम्पनीले सहयोग गरेको हो । कार्यक्रममा एस एन पि अर्डिट फर्मका सञ्चालक, युव

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 868 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • आगलागी पीडितलाई सहयोग

    धनकुटा / धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ६ मा रहेको सिधुवा बजारमा भएको आगलागीबाट क्षति व्यहोरेका परिवारलाई छथरजोपाटी गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।गाउँपालिकाले पीडित सात परिवारलाई तत्कालका लागि खाद्यान, भाँडा, लत्ता कपडा नगद उपलब्ध गराएको छथरजोपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए । अध्यक्ष सुब्बाले जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारलाई घटनाबारे जानकारी गराई सकिएको र प्रदेश सरकारबाट विपत्मा परेका नागरिकलाई घर निर्माण लागि हुने सहयोगका लागि समेत गाउँपालिकाबाट निर्णय भई सकेको बताए । राहत वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गीता गुरुङ्ग खेवा, गाउँपाल

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 845 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बुढासुब्बा गोल्डकप २३ औँ संस्करण फागुन दोस्रो सातादेखि

    धरान /  मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता बुढासुब्बा फुटबल प्रतियोगिताको २३ औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ । २०७६ सालमा सम्पन्न २२ औँ संस्करणपछि कोभिडका कारण २०७७ र ०७८ सालमा बुढासुब्बा गोल्डकप आयोजना हुन सकेको थिएन । यो वर्षको फागुन १३ गतेदेखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ । कोरोना महामारीले भएको आर्थिक मन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिएका छन् । प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 896 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ग्रिल संघको अध्यक्षमा राई

    धरान / संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा उदयकुमार राई चयन भएका छन् । संघको ८ औं साधारणसभा तथा अधिवेशनले राईलाई सर्वसम्मत ढंगले अध्यक्षमा चयन गरेको हो । १३ सदस्यीय कार्यसमिति चयन गरिएको सो संघको उपाध्यक्षमा पदम बराईली, हरि विक, सचिवमा कमल शंकर, सह सचिवमा प्रेमकुमार राई, कोषाध्यक्षमा जंगबहादुर थापा चयन भएका छन् । यसैगरी का.का.सदस्यमा तिलक ल्वागुन, मदनकुमार प्रधान, प्रदीप विक, पार्वती राई, तुलाराम श्रेष्ठ, होमबहादुर भण्डारी र दिपु तामाङ रहेका छन् । कार्यक्रमको प्रमुख अतिथि सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ रहेका थिए । सो अवसमा बोल्दै अध्यक्ष श्रेष्ठले सीप तथा ताल

    • प्रकाशित मितिः माघ ३, २०७९
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved