Top 4

    Showing 5,341-5,350 of 9,511 items.
  • इटहरी उपमहानगरले ७ लेन बाटोको अवरोध हटाउँदै

    इटहरी / विराटनगरको रानीदेखि किमाथांकासम्म जोड्ने ६ लेन सडक अन्तर्गत इटहरी क्षेत्रमा राजमार्ग ओगटेर बनेका भौतिक संरचनाहरु इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ । इटहरी उपमहानगरपालिकाले शुक्रबारदेखि इटहरीको विराटनगर रोडस्थित दुईवटा घरहरुमा डोजर लगाएर भत्काउन शुरु गरेको हो । रानी विराटनगर जोगमनी किमाथांका ६ लेन राजमार्ग अन्तर्गत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान अन्तर्गत शुक्रबारदेखि इटहरीमा डोजर चलाउन थालिएको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले बताए । उनले यो कार्य अब यसलाई अभियानकै रुपमा अगाडि लैजाने उनले बताए । इटहरी क्षेत्र भएर दैनिक यात्रु तथा सर्वसाधारण आवातजावत गर्ने हुँ

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 1,193 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भेडेटारमा चहलपहल बढ्दै

    धरान / विश्वको १२ औ गन्तव्यको रुपमा रहेको भेडेटारमा राजनीतिक तथा आर्थिक अवस्था सुदृढ हुदै गएपछि आन्तरिक तथा वाह्य पर्यटकहरु भेडेटार आउन थालेका छन् । विगतमा भारतले गरेको नाकाबन्दी, कोरोना संक्रमण तथा मुलुकको संक्रमणकालीन अवस्थाका कारण नेपालमा घुम्न आउनेहरुले सुरक्षाको चुनौति देखेर नआउने गरेका थिए । तर अहिले भेडेटार चलायमान भएको छ, आर्थिक कारोबार बढेको छ । सागुरीगढी गाउँपालिका वडा नंं ६ भेडेटार धनकुटाबासीकोमात्र हैन पूर्वी नेपाल र भारतीय पर्यटकको लागि पर्यटकीय गन्तव्य स्थल हो । तर केही बर्ष यहाँ देशको राजनीतिक संक्रमण, कोरोना संक्रमण लगायतका कारणले घुम्न आउनेको संख्या अत्यन्तै न्यून थियो

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 989 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अठारौँ शताब्दीको इतिहास पुनर्जीवित

    धरान /  धनकुटाको निशानदेवी भगवती मन्दिर परिसरमा निर्माण भएको अठारौँ शताब्दीको प्रवेशद्वार, ढुंगेधारा र तोपको पुनर्निर्माण गरिएको छ ।अठारौँ शताब्दीको इतिहासलाई जीवित गर्ने लक्ष्यले प्रवेशद्वार, ढुंगेधारा र २ वटा तोप पुनर्निर्माण गरिएको जनाइएको छ । २ सय ४७ वर्षअघि स्थापित निशान भगवतीको मन्दिर परिसरको प्रवेशद्वार, ढुंगेधारा र तोप सरस्वती पूजाको अवसर पारेर पूर्वी पृतनापति उपरथी सहदेव खड्काले उद्घाटन गरेका छन् ।विशेषगरी मन्दिरमा निर्मित ३ वटा पुरानो शैलीका ढुङ्गेधारा मन्दिरको प्रवेशद्वारभन्दा भित्र रहेका छन् । मन्दिरमा रहेको जंगी निशान गण, श्रीजंग गण र इन्द्रध्वज गणको निशानको नाममा छुट्

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औ टुबोर्ग गोधुली फुटबल रनिङ कप चौथो पटक धरान १७ विजयी

    धरान / धरानमाा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधी १७ नं. वडाले जितेको छ । फाइनलमा वडा नं. १५ लाई २–१ गोल अन्तरले पराजित गरेसँगै गोधुलीको उपाधी १७ नं. वडाले चार पटक जित्यो । उपाधीसँगै १७ नं. वडाले नगद रु १ लाख ५० हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । उपविजेता भएको १५ नं. वडाले नगद ७५ हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रविणकुमार राई र उहाँको वुवा ध्यानबहादुर राईले नगद २५÷२५ हजार पुरस्कार थप प्रदान गर्नुभएको थियो ।विधागत पुरस्कारमा पनि १७ नं. वडाको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वाेत्कृष्

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 793 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सडकमा निर्माण सामग्री राख्न उपमहानगरपालिकाको स्वीकृति चाहिने

    धरान / भवन तथा अन्य संरचना बनाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै धरान उपमहानगर पालिकाको कार्यपालिका बैठकले उपमहानगरपालिकाको स्वीकृति बिना सडकमा निर्माण सामग्री राखे जरिवाना लिने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बजारभित्र तथा कालोपत्रे सडक भएका अन्य स्थानमा भवन निर्माण तथा अन्य संरचना निर्माणका लागि उपमहानगरपालिकाको स्वीकृति बिना राख्न नपाउने निर्णय पारित गरेको छ । दुर्घटनाको जोखिम हुने, सडक भत्काएर जीर्ण बताउने तथा आवतजावतमा सर्वसाधारण तथा सवारी साधनलाई समस्या हुने भन्दै यस्तो निर्णय गरिएको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले जानकारी द

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 865 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धराने कवितामा जनजातीय चेतना

     प्रारम्भ /  अहिले साहित्यमा नयाँ–नयाँ चिन्तन र विचारहरूले प्रवेश पाएका छन् । सभ्यता, संस्कृति, साहित्य र समालोचनामा उत्तरआधुनिकता मात्र होइन, पाश्चात्य जगत्मा उत्तर उत्तरआधुनिकताबारे पनि चर्चा–परिचर्चा सुरु भइसकेको छ । पछिल्ला केही दशकमा समालोचनामा लैङ्गिक समालोचना, पर्यावरणीय समालोचना, जनजातीय समालोचना जस्ता विविध क्षेत्रहरू देखिएका छन् । साहित्यमा प्रवेश पाएको जनजातीय चेतना पनि यस्तै एउटा नवीन चिन्तन हो । यस्ता साहित्यमा विषय, घटना, प्रसङ्ग र परिवेशलाई जनजातीय दृष्टिबाट हेरिएको हुन्छ । साहित्यमा यो प्रयोग र हेराइ यहाँ मात्र होइन, संसारभरि नै चलेको छ । यस्ता साहि

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 1,607 पटक पढिएको
    • "राजेश विद्रोही"
  • आचार्यको आत्मदाहको देशव्यापी विरोध गृहले बनायो छानविन समिति

    सुनसरी / इलामका युवा प्रेमप्रसाद आचार्यको आत्मदाहको विषयमा अहिले सामाजिक सञ्जाल, राष्ट्रिय तथा मोफसलका सञ्चारमाध्यमहरुको समाचार मात्र बनेको छैन, जहाँतही यो घटनाको आलोचना हुँदै आएकोे छ । मंगलबार संघीय संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग समेत सर्वत्र उठ्न थालेको छ । बिहीबार माइतीघर मण्डलामा भएको विरोध कार्यक्रमा मृतक आचार्यले उठाएका मागहरु पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरुले शान्तिपूर्ण विरोध गरेका छन् । उनीहरुले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरु छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 962 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गरिमा डान्सद्वारा एकल नृत्य प्रयोगिता

    धरान / गरिमा डान्स सेन्टर धरानले सरस्वती पूजाको अवसरमा बिहीबार एकल प्रतियोगिताको आयोजना गरेको छ ।प्रतियोगितामा सिनियर तर्फ अंशु श्रेष्ठ प्रथम, कन्चन राई दोस्रो र सन्ध्या माझी तेस्रो भएका थिए । यसैगरी जुनियर तर्फ एलिना मास्के प्रथम, आस्था राई दोस्रा र माहिरा रेग्मी तेस्रो भएका थिए । धरान–९ आचार्य लाईन रहेको आफ्नै सेन्टरको हलमा आयोजित प्रतियोगितामा विजेताहरुलाई सेन्टरका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको शिल्ड, प्रमाणपत्र तथा गिफ्टह्यापर प्रदान गरेका थिए । नृत्य निर्देशकद्वय सानुराजा थेगिम र रीमा थापा मगर निर्णायक रहेको उक्त प्रतियोगितामा १८ जनाले भाग लिएका थिए ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 831 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्वाइँ खानामा वाचिप्पा–याङ्बेनदेखि स्यफुम्हिचा र चटामरीसम्म

    धरान / ज्वाइँ साहेब, ज्वाइँ नारायण, ज्वाइँ राजा, ज्वाइँ महाराजा, ज्वाइँ महाराजा स्पेशल खाना र खाजा सेट पस्कँदै आएको धरानस्थित पुतली लाइनमा सन्चालित ’डिमाण्डु ज्वाइँ खाना’ ले किराँती र नेवारी सांस्कृतिक परिकार पस्कने भएको छ ।    धरानमा ज्वाइँ खानाका नामले परिचित खाना घरमा स्थानीय मौलिक र सांस्कृतिक परिकारलाई मेनुमा समावेश गरी सर्व गर्ने जानकारी गराएको छ । अब मेनुमा पारखीले ज्वाइँ खानामा वाचिप्पा– याङ्बेनदेखि स्यफुम्हिचा र चटामरीसम्मको स्वाद लिन सक्ने छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै डिमाण्डुले राई, लिम्बू र नेवार जातिका विभिन्न परिकार पस्कने जानकारी गराएको हो ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 894 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गणतन्त्र दिवसमा विविध कार्यक्रम

    धरान / नेपालको छिमेकी राष्ट्र भारतको ७४ स्वतन्त्रता दिवस भारतीय पेन्सन वितरण कार्यालयले समेत भव्यताका साथ मनाएको छ ।बिहीबार धरान १३ कोलेनीमा रहेको कार्यालयमा कार्यालयका प्रमुख मेजर भरत कनौजियाले भारतको झण्डा झण्डोत्तलन गरी कार्यक्रमको शुभारम्म गरेका थिए । भारतले सन् १९५० जनवरी २६ मा गणतान्त्रिक सविधान जारेको दिनलाई स्मरण गर्दै गणतन्त्र दिवस मनाउँदै आएको छ । सन् १९५० का दिन भारतले वृटिश साम्राज्यसँग सम्बन्ध भंग गरेको थियो भने भरतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसादले राष्ट्रपतिको पदभार सम्हालेको दिनलाई भारतले स्वर्णिम दिनको रुपमा लिने गरेको छ । नेपालस्थित भारतीय राजदुतावाससँगै दुतावास मातह

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 1,670 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved