धरान / धरान–१२ स्थित सुनाखरी एकेडेमीको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले देशको शैक्षिक विकासमा निजी विद्यालयहरूले दिएको योगदानलाई उपेक्षा गर्न नसकिने धारणा राखे । कार्यक्रमको उद्घाटनपछि मन्तव्य राख्ने क्रममा उनले निजी विद्यालयहरूलाई कुनै समस्या परे सहयोगका लागि धरान उमनपा सर्धैँ तत्पर रहेको आश्वासन पनि दिए । त्यस क्रममा उनले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई सुनाखरी अब्बल विद्यालयको रूपमा स्था
धरान / बि.बि.सि. मास्टर सेफ यु.के.रिम्याच–२०२१ का विजेता मास्टर सेफ सन्तोष साहलाई भेट्दा विद्यार्थी उत्साहित भएका थिए । सेफ नेपालको टिम शनिबार धरानको यु.एन.नवोदय कलेजमा आएको थियो । टिममा उनी सहित मास्टर सेफ साई कुमार शर्मा, सेफ गणेश बहादुर ढकाल, सेफ लक्ष्मण प्रसाद भण्डारी लगायत थिए । साह सहितको टिमलाई कलेजमा बि.एच.एम.अध्ययनरत विद्यार्थीहरु, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक राम लिम्बू, नाम्लिङहाङ चेम्जोङ लगायतले खदा लगाएर स्वागत गरे । त्यस लगत्तै कलेजको सेमिनार हलमा बि.एच.एम.का विद्यार्थी र साह बिच अन्तरक्रिया सुरु भयो । सेफ नेपाल टिभी मार्फत ‘फुड
विजयपुर / वागमती युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्यामरुनी टोली एभियर एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको १४ औं मिनेटमा क्यामरुनका साँवा अलिले गरेको गोल नै निर्णायक भएको थियो । उनले प्रिन्सको पासमा हेड गोल गरेका थिए । १–० ले पछि परेको बागमती युवा क्लबले दोस्रो हाफमा क्यामरुनलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन । १ गोल भएपछि खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर सिर्जना गर्न सकेनन् । दोस्रो हाफमा बाग्मतीका प्रशिक्षक रोजीत केसीले अनिल राना मगर र विजय घलानलाई मैदानमा प्रवेश गराएपछि बागमतीले खेलमा दबाब बढाएको थियो । दोस्रो हाफको १९ औ मिनेटमा ब
पछिल्लो एक अध्ययनबाट धनकुटामा सुन्तलाको उत्पादन घटेको निष्कर्ष निस्किएको छ । धनकुटामा सुन्तलाको उत्पादनमा ह्रास आउनुको मुख्य कारण जलवायु परिवर्तन भएको अध्ययनको निष्कर्ष छ । अध्ययनले धनकुटा जिल्लाभरि सुन्तलाको उत्पादन ३५ प्रतिशतभन्दा बढीले घटेको देखाएको समाचार प्रकाशमा आएको छ । धनकुटाकै सहिदभूमि गाउँपालिकामा यो वर्ष दुई सय मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको कृषि शाखाले जनाएको छ । सो गाउँपालिकामा गत वर्ष तीन सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताइएके छ । यसरी केषि उत्पादनमा ह्रास आउनु चिन्ताको विषय हो । त्यस क्षेत्रका किसानहरूको आय आर्जनको मुख्य माध्यम नै सुन्तला हो तर सुन्तलाको उत्पादन हरेक
मोरङ / नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा विनायक स्कूल र राइजिङ नेपाल स्कूल विजयी भएका छन् । पहिलो खेलमा विनायकले वाल्मिकी स्कूललाई ११ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २२ ओभरमा ४ विकेट गुमाई १ सय ३३ रन बनायो । जसमा म्यान अफ द म्याच नितेशकुमार पासवानले ५६ रन बनाउँदा कृष साहले २२ रन बनाए । वाल्मिकीका प्रकाश शर्माले २ विकेट लिए । १ सय ३४ रनको लक्ष्य पाएको वाल्मिकीले १४ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै १ सय २२ रन बनायो । जस्मा साहिल ख
अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति दिन÷प्रतिदिन नैराश्यता छाउँदैछ । अझ भनौँ स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्टदैछ, जसले गर्दा विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ ।१० देखि १५ लाख खर्च गरेर अध्ययन गरे तापनि सात/आठ हजारमा काम गर्नु पर्ने बाध्यता छ । एकातर्फ चरम श्रम शोषण अर्कोतर्फ राज्यबाट गरिने विभेदका कारण वर्षेनी धेरै नर्स नेपाल छोड्न बाध्य छन् ।हुन त, कति नर्स बाहिर गए भन्ने यकिन तथ्यांक अझै पनि कसैसँग छैन । उच्च शिक्षाको लागि होस या डिपेन्डेन्ट भिषामा जाँदा नर्सिङ काउन्सिलमा अनिवार्य दर्ता गर्नु पर्ने प्रावधान छैन, जसले गर्दा यकिन तथ्यांक भेट्न सकिँदैन ।
मोरङ / कोशी टप्पु बन्य जन्तु आरक्ष छेउमा रहेको सप्तकोसी होमस्टेका सञ्चालकहरुलाई विरानगर–१४ स्थित एस्पायर कलेजमा बि.पि.एच.(ब्याचरल ईन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले प्रशिक्षण प्रदान गरेका छन् । होम स्टे कस्तो हुनुपर्छ ? होम स्टेमा पाहुनालाई कसरी स्वागत गर्ने ? होम स्टे लाई सफा कसरी राख्ने , शान्त तथा मनोरम बाताबरण कसरी बनाउने ? होम स्टेमा आइसके पछि पाहुना खुसी भएर फेरि पनि आउने वातावरण कसरी बनाउने भन्ने बिषयमा बिद्यार्थीहरुले प्रशिक्षण दिएका हुन् । १२ बटा होम स्टे सककंन्चालनमा रहेको उक्त पर्यटकिय क्षेत्र सुनसरीको प्रकासपुरमा अवस्थित छ ।यसरी प्रशिक्षण दिने
मोरङ / समगरमाथा स्कुलको २६ औं विद्यार्थी तथा अभिभावक दिवस सम्पन्न भएको छ । विराटनगर–११ मा रहेको स्कुलले आज एककार्यक्रमको आयोजना गरेर अभिभावक तथा विशिष्ट व्याक्तिहरु माझ विद्यार्थी तथा अभिभावक दिवस मनाएको हो ।कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । कक्षा नर्सरी देखि १० कक्षासम्म स्कुलले लिएको आन्तरिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो । प्रथम हुने विद्यार्थीहरुलाइ सय प्रतिशत, द्वितीय हुने विद्यार्थीहरुलाई ५० प्रतिशत र तृतीय हुने विद्यार्थीहरुलाई २५ प्रतिशत छात्रावृति सहित प्रमाण पत्र र उपहार प्रदान गरि सम्मान गरेको
इलाम / इलामको विब्ल्याँटे–माईपोखरी–सन्दकपुर जोड्ने सडक कालोपत्रेमा निर्माण कम्पनीको गुणस्तरहीन काम गरेको पाइएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणको काम गुणस्तरहीन रहेको पाइएको हो । गुणस्तरहीन काम गरेको पाएपछि सडक डिभिजन कार्यालयले पटक पटक पत्र काट्दा पनि निर्माण कम्पनीले अटेर गरिरहेको छ । नागार्जुन कन्स्ट्रक्सन कम्पनीले तीन करोड २५ लाख ३४ हजार दुई सय चार रुपैयाँ ४८ पैसामा २०७७ सालमा ठेक्का लागेर निर्माण सुरु भए पनि कालोपत्रे गर्ने क्रममा ठेकेदारले लापरबाही गरेको पाइएको हो । कालोपत्रे गर्ने क्रममा सडकलाई तयारीपुरा नगरी कालोपत्रे गर्ने गरेको र खुट्टाले कोट
धरान / बढ्दो सहरीकरणसँगै दुषित वातावरण, फोहोरमैलाको व्यवस्थापन लगायतका समस्या बढ्दै गएपछि ठूला सहरहरुमा कौसी खेती लगाउने प्रचलन बढ्दै गएको छ ।कौसी खेती लगाउँदा घरबाट निस्किने फोहोर व्यवस्थापनमात्र हैन अर्गानिक तरकारी, फलफूल उत्पादन गरेर स्वस्थ जीवनयापन गर्न सहज हुने भएकोले कौशी खेतिलाई प्रवद्र्धन गर्न स्थानीय सरकारले बजेट छुट्याएर आफ्ना वडामा रहेका महिलाहरुलाइृ तालिम दिन थालिएको छ । आफ्नो घरको कौसीमा, बरण्डा, छत आदि स्थलमा आफूलाई दैनिक आवश्यक पर्ने वा दैनिक उपभोग गर्नुपर्ने बालीहरू जस्तै तरकारी, फलफूल, मसलाबाली, आदिको खेती गर्ने प्रविधिको विषषयमा धरान उपमहानगरपालिका वडा नं. १९ ले बजेट नै