Top 4

    Showing 4,951-4,960 of 9,511 items.
  • दुहबीमा निःशुल्क हटलाइन सेवा विस्तार

    दुहबी / सुनसरीको दुहबीमा न्यायमा पहुँच पुर्‍याउने उदेश्यले दुहबी नगरपालिकाले निःशुल्क हटलाइन सेवा बिस्तार गरेको छ । बिदाको दिन बाहेक आइतबारदेखि बिहीबार बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म र शुक्रबार बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म निःशुल्क हटलाइन सेवा सञ्चालनमा रहने जनाइएको छ । महिला, बालबालिका, अशक्त असहाय तथा ज्येष्ठ नागरिकहरु लगायतको न्यायमा पहुँच र घरेलु हिंसा न्यूनीकरणका लागि निःशुल्क हटलाइन टेलीफोन नम्बर (१६६०२५५८८९५) जारी गरिएको छ । दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले निःशुल्क हटलाइन सेवाको समुद्घाटन गर्दै द्रुत गतिमा न्यायमा पहुँच पुर्‍याउन निःशुल्क हटलाइन सेवा

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 784 पटक पढिएको
    • "चन्दन रौनियार"
  • सन्दकपुरमा पर्यटन प्रवर्धन गर्न महोत्सव

    इलाम /  पर्यटकीय गन्तव्यका लागि परिचित इलामको सन्दकपुर गाउँपालिकामा पर्यटन प्रवर्धन गर्न महोत्सव आयोजना गरिने भएको छ । ‘एकीकृत पर्यटनको प्रवर्धन र विकास, समृद्ध राष्ट्रनिर्माणको सघन निकास’ नारासाथ महोत्सवको आयोजना गरिएको हो । चैत २४ देखि वैशाख १० सम्म विभिन्न कार्यक्रम आयोजना गरी ‘प्रथम सन्दकपुर महोत्सव’ तय गरिएको छ । महोत्सवमा नयाँ वर्षको दिन (वैशाख १) म्याराथुन प्रतियोगिता आयोजना गरिएको छ । पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथुन प्रतियोगिता सञ्चालन हुने भएको हो । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटर दूरीको म्याराथुन आयोजना गरिएको छ । पुरुषत

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 805 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • छैटौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप : क्षमादेवी प्लानिङ्ग ब्वाइजलाई उपाधि

    नडाहा/छैटाैँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको उपाधि गर्त बर्षको सावित विजेता क्षमादेवी प्लानिङ्ग ब्वाइजले उचालेको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको न्यु स्टार फुटबल क्लबको आयोजनामा बुधबार सम्पन्न गोल्डकपको छैटौं संस्करको अन्तिम खेलमा क्षमादेवी प्लानिङले डिवाइन ब्वाइज युनियन क्लबलाई ट्राइबेकरमा ४ गोलका विरुद्ध ५ गोल गदै उपाधि जितेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा दुबै टिमबाट निधारित समयमा १–१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियोे । प्रतियोगितामा प्लानिङ्ग ब्वाइजका विदेशी खेलाडी टिम्बालाई डिएरयाभित्र लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै फागुराम

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 677 पटक पढिएको
    • "दिपक पुरी"
  • बलात्कारी १० वर्षपछि पक्राउ

    दुहवी/ईलाका प्रहरी कार्यालय दुहबीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई १० बर्ष पछी पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीको २०६९÷०१÷३१ गतेको फैसला आदेशले १० बर्ष कैद सजाय फैसला भएका साबिक औरावनी गाउ बिकास समिति हालको गढी गाऊँपालिका–२ का ३५ बर्षीय बिटोसन भनिने बिमल कुमार चौधरीलाई चैत्र २० गते गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको कैद सजाय भुक्तानको लागी झुम्का कारगार पठाएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 600 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिल्स क्रिकेट प्रतियोगिता

    मोरङ / दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर र नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भएको छ । पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भएको हो । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबारको पहिलो खेलमा दिल्लीले दिएको १३१ रनको विजय लक्ष्य पछ्याएको घरेलु टिम मिल्सले ११ ओभर २ बलमा ५ विकेट गुमाई पूरा गर्यो । मिल्सका पवन सरापले २६ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । सुनिल धमालले ३३ रन बनाए । सुनिल महर्जनले १९ रनको योगदान गरे ।दिल्लीका अंकित रोय, रोहित त्रिपाटीले समान २–२ विकेट ल

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 843 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाका कृषक टर्नेल खेतितर्फ आकर्षित

    धनकुटा / पछिल्लो समय टर्नेल खेति कृषकका लागि आम्दानीको दह्रो स्रोत बनेको छ । कृषकहरु टर्नेल खेतितर्फ आकर्षित भएपछि कृषि सम्बन्धी विभिन्न निकाय र स्थानीय तहहरुले कृषकहरुलाई सहयोग पु¥याउँदै आएका छन् । सहयोग नपाउनेहरुले पनि आफ्नै लगानीमा धमाधम टर्नेल खेति गर्न थालेका छन् । धनकुटामा पछिल्लो समय कृषहरु टर्नेल खेतितर्फ आकर्षित हुन थालेका छन् । विभिन्न संघ संस्था, कृषिसँग सम्बन्धित कार्यालयहरुले टर्नेल वितरण गरेर टर्नेलमा खेति गर्न सिकाएसँगै कृषकहरुको टर्नेल खेतितर्फ आकर्षण बढेको हो । थोरै ठाउँमा थोरै मेहनत गर्दा बढी आम्दानी हुने भएकोले कृषकहरु टर्नेल खेतितर्फ आकर्षित बनेका हुन् । यो टर्नेल

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिक्लाजुङको सामुदायिक विद्यालय सुधार अभियान

    धरान / पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानलाई अगाडि बढाउँदै केन्द्रसँग नबाझिने ढंंगबाट आफ्नै शिक्षा नियमावली बनाएर जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएको छ ।गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि नयाँ शिक्षा ऐन जारी गर्दै यस्तो बाध्यत्मककारी नियम लागु गरेको हो । गाउँपालाले पालिकाले तयार गरेको शिक्षा ऐन २०७९ को दफा ९२२० मा यो व्यवस्था गरिएको छ । नियम लागु गर्न गाउँपालिकाले सार्वजनिक सूचनामार्फत जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भ

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 578 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन महिनादेखि सामुदायिक शिक्षकहरुले तलब पाएनन् : निकासाकाे माग गर्दै पुगे नगरपालिका

    धरान/तीनमहिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरुले स्थानीय सरकार धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।धरानका सामुदायिक विद्यालयमा कार्यरत पेशागत संघसंगठनमा आवद्ध तीन संगठनले धरान उपमहानगरपालिकाको शिक्षा शाखामार्फत् नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।मंगलबार पेशागत संघ संगठनसँग आवद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत नेपाल शिक्षक संगठनका धरान नगर कमिटीहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । नेपाल शिक्षक संघका तर्फबाट अध्यक्ष आशबहादुर राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्ष बुद्धसागर सुवेदी र एकीकृत नेपाल शिक्षक संगठनबाट बरि

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • परालमा आगलागी : ४० हजार भन्दा बढी क्षति

     धरान/धरान १४ विजयपुरको एक घरमा राखेको परालमा आगलागी भएको छ । धरान १४ विजयपुरस्थित नयाँ टोलमा रहेको लक्ष्मी श्रेष्ठ र गोपी तिम्सिनाले राखेको परालको थुप्रोमा आगलागी हुँदा ४० हजार बराबरको क्षति भएको धरान उपमहानगरपालका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।   यता परालधनीहरुले भने आगलागीको कारण खुल्न नसके पनि केटाकेटीले सलाइ वा लाइटर खेलाउने क्रममा आगो लगाएको हुनसक्ने अनुमान गरेका छन् । पराल धनी विजय तिम्सिनाले आगो चाडो नियन्त्रण नभएको भए घरमा समेत ठूलो क्षति पुग्ने अवस्था रहेको बताए । उनले धरान उपमहानगरपालिकाको दुई वटा दमकलले आगो नियन्त्रणमा लिएको बताए । लामो समयेखि पश

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 628 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा बजारका नाङ्गो तार व्यपस्थापन गदै

    धनकुटा /धनकुटा बजार क्षेत्रमा रहेको विद्युतको नाङ्गो तार हटाउन सुरु  गरिएको छ । विद्युत लाइन विस्तारका गर्नक्रमा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको छ ।  नाङ्गो तारका कारण बजार क्षेत्रमा जोखिम हुने सम्भावना भएकाले मंगलबार देखि पहलिो चरणको काम सुरु गरिएको विधुत प्राधिकरण धनकुटाका प्रखमु प्रलाद पोखरेले बताएका छन । मदनचोकदेखि परिचयमोड सम्मको तार फेर्ने काम भइरहेको छ । पोखरेललेका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा तारहरु राखिएर बाहिरी कभर लगाउको हुने भएकाल छुँदा करेन्ट नलागने भएपनि तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 699 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved