विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जिवनका लागि बहस चलाउन आवश्यक भएको बताउनु भएको छ । शनिबार विराटनगर स्थित अतिथि सदनको स्वर्ण जयन्ति समारोहमा बोल्दै उहाँले भन्नुभयो, आधादर्जन भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरुको नगर विराटनगर कुनै बेला राजनीतिक आन्दोलन र उद्योगधन्दाको केन्द्र थियो, तर अहिले विराटनगरमा न त हिजोका जस्ता राजनीतिक नेतृत्व छ न त उद्योगधन्दा नै छन् । त्यसैले अहिले विराटनगर निदाएको जस्तो छ, सातो गएको बालक र रित्तिएको भाँडो जस्तो भएको छ विराटनगरलाई कसरी पुनर्जिवन दिन सकिन्छ, के गर्दा पुनः विराटनगर जुरमुराउँछ भन्ने
विराटनगर / सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् । बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल गरेकी छन् भनें डबल र मिक्स डबलमा दोस्रो भएकी छन् । तीन वटा खेलमा उनले नगद ८५ हजार रुपैंया पाएकी छन् । उनी विराटनगरमा रहेका फुटवल प्रशिक्षक पारस चौधरी र एथलेटिक्स प्रशिक्षक उषा चौधरीकी छोरी हुन् । पांच स्पर्धामा कोशी प्रदेशले तीन वटामा प्रथम स्थान ल्याउन सफल भएको छ । बागमतीले र सशस्त्र प्रहरीले एक, एक बिधामा प्रथम स्थान ल्याएका छन् । बागमतीबाट खेलेकी जर्जिया
सुनसरी /कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू९भागमा आँशिक देखि सामान्य बदली रहेको छ। दिउँसो देशभर आंशिक देखि
विराटनगर/ विराटनगर महानगरपालिका वडा नम्बर १९ को आर्थिक सहयोगमा सुनौलो नेपालले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक विकाससँगै अनुशासित बनाउने बताउनुभयो । उहाँले अनुशासित नागरिकले मात्रै समाजलाई रुपान्तरण गर्ने दाबी गर्नुभयो । मेयर कोइरालाले महानगरले अन्य क्षेत्रलाई झैं खेलकुदलाई पनि उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले १९ नम्बर वडास्थित वैजनाथपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी कार्य भइरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा
विराटनगर / विराटनगरस्थित कोवास कलेजले विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको छ । कलेजमा व्रिज कोर्स पूरा गरेका विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको हो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीका लागि कलेजले तीन महिने व्रिज कोर्स सञ्चालन गरेको थियो । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले सकारात्मक सोच, सफलताका सूत्र, व्यक्तित्व विकासलगायतका विषयमा केन्द्रित रहेर विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्नु भएको थियो । कुनै पनि क्षेत्रमा सफल हुन सकारात्मक सोच, आत्मविश्वास, मेहनत, निरन्तरता जरुरी रहेको नवोदितले बताउनुभयो । कार्यक्रममा विराटनगर ज
धरान/ बास्केटवल ट्यालेन्ट हन्टका खेलाडि विद्यार्थीहरुले शुक्रवार धरान १७ मा रहेको साकेला शास्कृतिक पार्कमा श्रमदान गरेका छन । उनिहरुलाई धरान बास्केटवल संघले सामाजिक कार्य व्यवहारिक रुपमा वुझाउनका लागि श्रमदानमा लगेका हुन । किरात राई यायोक्खा, सुनसरी द्धारा एक महिना देखि साकेला सास्कृतिक पार्क मर्मतसंभार तथा श्रृगारिने कार्य भइरहेको छ । हरेक वर्ष किरातिहरुको महान चाड उधौलि र उभौलि मनाइने पार्कमा चिल्ड्ेन पार्क निर्माण, विभिन्न सास्कृतिक तथा फलफुलका विरुवा रोप्ने, सरसफाई, रंगरोगन गर्ने जस्ता कार्यहरु भइरहेको छ । शुक्रवार डेढ दर्जन बास्केटवल खेलाडिहरुले चिल्ड्रेन पार्कमा झार विछ्याउने क
विजयपुर/ आँखारोगीहरुलाई उपचारमा सहज बनाउन मोबाइल ब्यवसायीहरुले एक दिने निस्शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।पछिलो समय आखाँरोगीका विमारीहरु बढ्दै गएकाले उपचारमा सहज होस् भनेर मोबाइल संघ प्रदेश कमिटीको समन्वयमा आखाँ शिबिर संचालन गरिएको संघका अध्यक्ष जीवन शाक्यले बताए । नेपाल नेत्र ज्योती संघ ईटहरीको प्राविधिक सहयोगमा निशुलक आखाँ जाचँ शिविर संचालन गरिएको उनले बताए ।शनिबार धरान १५ स्थित श्री शिक्षा सदन माध्यामिक बिधालयको प्राङ्गणमामा संचालन भएको हो । आर्थीक अवस्था कमजोर भएकाहरुलाईआखाँको उपाचार गर्न नसक्दा मोतिविन्दुको समस्याका बिरामीहरु बढ्दै जाने देखिएकाले शनिवार संचालन गरिएको उनले ज
सुनसरी / देशको राष्ट्रिय स्वाधिनता, सम्प्रभुता तथा राष्ट्रिय अखण्डता रक्षाको लागि हाम्रो अभियान भन्ने नाराका साथ सुनसरीको इटहरीका युवाहरुले काठमाडौं महानगरपालिका प्रमुख बालेन बालेनको समर्थनमा र्याली निकालेका छन । निर्दल बालेनका पक्षमा हाम्रो दलबल स्वतन्त्र नागरिक र्यालीको नाममा युवाहरुले बालेनका पक्षमा इटहरीमा रयाली निकालेका हुन् । र्यालीमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट समेत युवाहरुको सहभागिता रहेको थियो । र्याली इटहरीका मुख्य बजार क्षेत्रमा प्रर्दशन गरिएको थियो । ञवेथिती विरुद्ध बालेनको ह्यामर तयार छ बोक्न गाउँ र नगर लेखिएको ब्यानर सहित निकालिएको र्यालीका संयोजक पारमणी गेलालले बालेन
विराटनगर / मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डाक्टर सुबास श्री पोखरेलले स्वार्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी र सादगी आर्दश नेता भएकाले उनको व्यक्त्तित्वलाई सबैले अनुशसरण गर्नुपर्ने बताएका छन । १०३ औ जन्मयन्तीको अवसरमा देशकै पहिलो मनमोहन प्राविधिक विश्व विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उपकुलपति पोखरेलले स्वर्गीय नेता मनमोहन सबैको साझा र आदर्श नेता मात्र नभएर अनुकरणिय पनि भएकोले उनको योगदानलाई सबैले अनुसरण गर्नुपर्ने बताएका हुन । उपकुलपति पोखरेलले मनमोहनको त्याग र निष्ठाकै कारण देशमा प्रजातन्त्रको उदय भएको र निरंकुश पञ्चायती व्यावस्था ढलेर देशमा प्रजातान्त
धरान / धरान स्थित बिष्णु माध्यमिक बिद्यालयका कक्षा ८,९ र १० का विद्यार्थीहरूलाई दुई दिने दुना –टपरी बुन्ने तालिम दिइएको छ। आधुनिक युगमा लोप हुँदै गएको परम्परागत सीप तथा सांस्कृतिक महत्व बोकेको दुना-टपरीको महत्व बुझाउदै कक्षाका ५० जना भन्दा बढी छात्र –छात्राहरूलाई तालिम प्रदान गरिएको हो । तालिमले परम्परागत सीपको विकास तथा सम्बर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। कार्यक्रम विष्णु मेमोरियल युवा रेडक्रस सर्कलको आयोजनामा सम्पन्न भएको थियो। तालिम गत असार १५ र १६ गते संचालन भएको हो। तालिममा विद्यालयका शिक्षिकाहरू ज्योत्सना लिम्बु, जुनी थापामगर र मन्जु सुबेदीबाहेक आमन्त्रित प्