धरान/ राज्यले ज्येष्ठ नागरिकलाई दिने सेवा सुविधका विषयमा संविधानमै उल्लेख छ । संविधानमा उल्लेख गरिएका कतिपय सेवा सुविधा पनि पाउन सकेका छैनन् । धरान ६ पानबारीका सक्रिय समाजेवीहरुले ज्येष्ठ नागरिकको सेवा सुविधासँगै उनीहरु कसैबाट अपहेलित हुनु नपरोस भनेर ८ बर्ष अगाडि एक संस्था गठन गरे । ०७१ साल साउन २८ गते ज्येष्ठ नागरिकको सहजताका लागि दर्ता भएको यो संस्थाले ज्येष्ठ नागरिकका लागि बस्ने एउटा घर बनाइदिएको छ भने समय समयमा तीर्थ घुमाउन समेत लाने गरेको छ । उनीहरुलाई पानबारी स्थायी घर भएका विदेशमा रहेका सर्वसाधारणले सहयोग पठाउने गरेका छन्, महायज्ञको आयोजना गरेर खर्च जुटाउने गरेका छन् । धरान ६ पानबारीम
धरान / धरान–१२ स्थित सुनाखरी एकेडेमीले खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ । एकेडेमीले खेलकुद प्रतियोगितामा विजेता बनेका आफ्ना खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको हो । हिसान स्पोट्स मिट २०७९ मा ब्याडमिन्टन र टेबलटेनिसमा प्रथम हुने विद्यार्थीहरुलार्ई सुनाखरीले सम्मान गरेको हो । ब्याण्डमिन्टन खेलमा रोदन राई प्रथम भएका थिए भने टेबलटेनिसमा श्रेया शाक्य प्रथम भएकी थिइन् । उनीहरुलाई सम्मान गरिएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । विद्यार्थीहरुलाई डाइरेक्टर प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई, प्लस टु कोअर्डिनेटर तपकुमार राईलगायत शिक्षकशिक्षिकाहरुले सम्मान गरेका थिए । रोदन रा
सुनसरी / काठमाण्डौबाहिर पहिलो पटक सुनसरीको इटहरीमा ट्राफिक लाइट जडान गरियो । तर चौकका चारैवटै बिन्दुमा जेब्रा क्रसिङ नहुँदा आवातजावतमै समस्या हुने गरेको छ । जसका कारण मुख्य चौक क्षेत्र भएर आवतजावत गर्ने सवारी साधन र यात्रुहरुको चापलाई व्यवस्थापन गर्न जडान गरिएको ट्राफिक लाइटको संकेत अनुसार सवारी साधन नरोकिँदा यसले दुर्घटनाको जोखिम निम्त्याइरहेको छ ।चौरास्तामा पर्ने इटहरी चौकमा ट्राफिक लाइट जडान त गरिएको छ, तर ट्राफिक लाइटको संकेत अनुसार न त सवारी साधन रोकिन्छन्, न त यात्रुहरु नै निश्चित ठाउँबाट बाटो काट्छन् । कारण हो इटहरी मुख्य चौकको चारैतर्फ जेब्रा क्रसिङ नहुनु । पूर्व पश्चिम राजमार्ग र कोश
धरान / धरानको एकमात्र संस्कृत विद्यापीठ पिण्डेश्वरले दुई प्राध्यापकहरुलाई विदाइ गरेको छ । उमेरहदको कारण प्राध्यापनबाट निवृत्त भएका प्रा.डा. चन्द्रमणि नेपाल र प्रा.डा.भरतप्रसाद भट्टराईलाई आफ्नो विद्यापीठको ७१ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार विद्यापीठमा आयोजित कार्यक्रममा विदाइ गरिएको हो । त्यसै सन्दर्भमा निवृत्त कर्मचारी डम्बरबहादुर तामाङलाई पनि विदाइ गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यापीठमा कार्यरत विशिष्ट सेवा प्रदान गरेका सहप्राध्यापक टेकनाथ घिमिरेलाई सम्मान गरिएको थियो । वर्षभरिका शैक्षिक गतिविधिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई विभिन्न दाता महानुभाव
मोरङ /वैदेशिक रोजगारमा जाने महिलाहरुले राम्ररी बुझेर मात्र जान आग्रह गरेका छन् । वैदेशिक रोजगारमा पुगेर फर्किएकाहरुले नबुझी जाँदा धेरै महिलाहरुले अनाहकमा दुःख पाएकोले बुझेर जान आग्रह गरेका हुन् ।कुवेत पुगेर फर्किएकी कुमारी चेम्जोङले विदेशमा पैसा कमाउने उद्देश्यल नबुझी जाँदा दुःख पाएको व्याथा पोख्दै महिलालाई वैदेशिक रोजगारमा सहज नभएको बताएकी छन् । उनी कुवेतमा अढाई बर्ष बसेर आउँदा आफूले दुःख नपाए पनि कुवेतमा धेरै महिलाहरुले कष्टकर जीवन विताउनु परेको बताइन् । उनले भनिन्–‘म विदेश अढाई बर्ष बसे, कुवेतमा रोजगारीका लागि गएकी थिएँ, घरेलु कामदारको रुपमा अवैधानिक रुपमा लगिएका धेरै महिलाहरुले
मोरङ \ मोरङको एक विद्यालयमा शिक्षक नियुक्तिमा चलखल भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । विराटनगर १८ फडानीस्थित श्रीराम आधारभूत विद्यालयमा शिक्षक नियुक्ति गर्दा चलखेल भएको भन्दै विद्यार्थीहरुले पुन ः परीक्षाको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । गत मंसिर २२ गते लिएको परीक्षा निष्पक्ष नभएको विद्यार्थीहरुको भनाई छ । परीक्षामा ७ जना सामल भएका थिए भने १२ जनाले परीक्षा दिन पाएका थिएनन् । उनीहरुले आधारभूत विद्यालयले परीक्षा लिदाँ निष्पक्ष ढंगले नदिएको भन्दै आरोप लगाउदै आएका छन् । सो विद्यालयमा १ सय ४४ विद्यार्थी अध्ययरत रहेका छन् । विद्यालयमा २ जना करार र १ जना राहत शिक्षकको दरबन्दी २
मोरङ / विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ । डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीवी)को सहयोगमा वर्षातको पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ । महानगरलाई वैज्ञानिक रुपमै डुबानबाट मुक्त गर्न एडीवीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको मेयर नागेश कोइरालाले जानकारी दिए । मेयर कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेको छ । आरयूडीपी प्रोजेक्टअन्तर्ग
विजयपुर / चैत पहिलो साता चौथो मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिता धरानमा हुने भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत ३ र ४ गते धरानमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको हो । आयोजक एलाइनेट जिमले मंगलबार धरान १८ बुद्धचोकस्थित एमसी क्याफेमा पत्रकार सम्मेलन गरेको थियो । आयोजक संंस्थाका अध्यक्ष बिक्रम लिम्बुले प्रतियोगितामा ५० जनाले सहभागिता जनाउने बताए । उनले भने–‘या हाम्रो २० औं प्रस्तुति हो, चौथो मिस्टर शारीरिक सुगठन प्रतियोगितामा साविकको कोशी अञ्चलका ५० जना खेलाडीहरु सहभागी हुने छन् ।’ उनले प्रतियोगिताको विजेताले नगद
मोरङ / जाडो बढ्दै जाँदा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई समस्या नहोस् भन्ने अभिप्रायले नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले मोरङको एक आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेका छन् ।शर्माले सुन्दरहरैंचा नगरपालिका ९ मा रहेको राम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका हुन् । डा.शर्माले वैवाहिक बर्षगाँठको अवसर पारेर व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीन वटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् । सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबर
धरान : ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भए पनि आवश्यक पर्ने मेनपावर नहुँदा बिरामीहरुले मार्कामा पर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ खोटाङको जिल्ला अस्पताल । उपकरण भएपनि दुई रेडियोग्राफर बिदामा बसेपछि जिल्ला अस्पतालमा एक्स–रे सेवा बन्द भएको छ । दुवै रेडियाोग्राफर बिदामा बस्दा जिल्ला अस्पतालमा उपचारमा आउने विरामी मर्कामा परेका छन् । उपचार गर्दा आवश्यक पर्ने रेडियोलोजी अन्तर्गतको एक्स–रे नै सञ्चालनमा आउन सकेको छैन । स्थानीयहरुले अहिले प्रभावकारी रुपमा उपचार गराउन पाएका छैनन् । दुई रेडियोग्राफरमध्ये एक बुबाको उपचारका लागि छिमेकी मुलुक भारत गएको र अर्का पारिवा