Top 4

    Showing 371-380 of 8,075 items.
  • धरानमा ठूलो परिमाणको लागू औषधसहित दुई जना पक्राउ

    धरान/ सुनसरीको धरानमा प्रहरीले ठूलो परिमाणको लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८२/०१/२३गते धरान उपमहानगरपालिका–३ स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजको कोठा नम्बर ३ बाट ३१ वर्षीय निखिल उर्फ वसन्त राजवंशीलाई नियन्त्रणमा लिइएको हो। उनी कैलाली, धनगढीका स्थायी बासिन्दा हुन्। राजवंशीको साथबाट ३७० क्याप्सुल स्पास्मोप्रोक्सिभोन बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, सोही दिन साँझ ८:१५ बजे धरान उपमहानगरपालिका–८ स्थित सभागृह नजिकैको एक घरमा गरिएको अर्को छापामा ३८ वर्षीय मनोज विक पक्राउ परेका छन्। प्रहरीका अनुसार विकको कोठाबाट ८९२ क्याप्

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 3,244 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गणतन्त्र दिवस–२०८२ कोशी प्रदेशमा भव्य रूपमा ३दिन मनाइने

    विराटनगर/  कोशी प्रदेश सरकारले आउँदो जेठमा मनाइने गणतन्त्र दिवस–२०८२ भव्य रूपमा मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले नागरिकको सहभागितासहित विविध कार्यक्रमसहित तीन दिनसम्म गणतन्त्र दिवस मनाउने तयारी गरेको हो। बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धिबारे जनचेतना अभिवृद्धि गर्न अन्तरक्रिया तथा विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिनुभयो। उहाँकै अध्यक्षतामा मुख्य समारोह समिति गठन गरिएको छ। कार्यक्रमअनुसार, जेठ १४ गते प्रदेशका मन्त्री, स्थानीय तहका प्रमुख तथा कार्यालय प्रमुखको नेतृत्

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 218 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विषादी भेटिएपछि २४ सय केजी फुलकोपी नष्ट

    धरान/ धरान उपमहानगरपालिकाको कृषि उपज बजारमा बिक्रीका लागि ल्याइएको फुलकोपीमा अत्यधिक मात्रामा विषादी भेटिएपछि २ हजार ४१२ केजी फुलकोपी नष्ट गरिएको छ। मंगलबार बिहान गरिएको नियमित विषादी परीक्षणका क्रममा मकवानपुर स्थित  पालुङबाट ल्याइएको उक्त फुलकोपीमा ९७.४०१४ प्रतिशत विषादी अवशेष पाइएको थियो। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले गरेको परीक्षणमा मानव उपभोगका लागि अयोग्य ठहरिएपछि फुलकोपी तत्काल नष्ट गरिएको उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघाले जानकारी दिए। उनका अनुसार यसअघि पनि कृषि बजारमा केही तरकारीमा विषादी भेटिए पनि यति धेरै मात्रामा विषादी भेटिएको यो पहिलो पटक हो। &

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 620 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटा बस दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ११ जना घाइते

    विराटनगर/ कोशी लोकमार्गअन्तर्गत धनकुटाको गोठगाउँमा सोमबार यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका–६ स्थित गोठगाउँमा सडकबाट झण्डै ५० मिटर तल खसेको थियो। दुर्घटनामा बस चालक धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर नगरपालिका–११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। जसमध्ये राईको घटनास्थलमै र अन्य दुई जनाको धरानस्थित विपी कोइरा

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 510 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायिका सरस्वती रिमालको “धेरै तिर धाए मैले” योग गीत सार्वजनिक(भिडियो सहित)

    धरान/  लोकसंगीतप्रेमीहरूबीच परिचित गायिका सरस्वती रिमालले आफ्नो नयाँ योग गीत “धेरै तिर धाए मैले धेरै दुःख पाए” सार्वजनिक गरेकी छन्। युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतमा जीवनका संघर्ष, माया र गहिरो अनुभूतिलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। योग गीत भन्नाले केवल भौतिक प्रेम वा मनोरञ्जनभन्दा पर, मानिसको जीवनयात्रा, आत्मानुभूति र आध्यात्मिक भावनालाई समेटिएको संगीतलाई जनाइन्छ। यस गीतमा पनि व्यक्तिको जीवनमा भोगिएका दुःख, भौतिक मोह, संघर्ष र त्यसबाट प्राप्त आत्मचिन्तन झल्किन्छ। गीतले श्रोतालाई आफ्नै जीवनसँग तुलना गर्न बाध्य पार्ने खालको भाव बोकेको छ। भिडियो : गीतमा शब

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 321 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १७ मा हङकङ समाजको योगदान, अध्यक्ष चाम्लिङ सम्मानित

    धरान/धरान उपमहानगरपालिका वडा नं. १७ मा निर्माणाधीन सार्वजनिक शौचालयका लागि हङकङस्थित धरान १७ समाजको महत्वपूर्ण सहयोग रहेको जनाउँदै समाजका अध्यक्ष मधुकुमार चाम्लिङलाई आइतवार विशेष समारोहबीच सम्मान गरिएको छ। वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष चाम्लिङलाई खदा ओढाइ मायाको चिनोस्वरूप खुकुरी प्रदान गर्दै सम्मान गरिएको हो। केही दिनअगाडि बिदामा नेपाल आएका अध्यक्ष चाम्लिङलाई विदेशमा रहेर पनि वडाको विकासमा सक्रिय योगदान पुर्‍याएको कदरस्वरूप सम्मान गरिएको वडा अध्यक्ष मनोज भट्टराईले जानकारी दिए। अध्यक्ष चाम्लिङले हङकङमा रहँदै वडामा निर्माण भइरहेको सार्वजनिक शौचालयका लागि सहयोग संकलन अभि

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 256 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दर्ता त भएनन्, अब सामाजिक सञ्जालमाथि सरकारले के गर्छ?

    काठमाडौं/नेपाल सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न पटक–पटक आह्वान गरे पनि मेटाजस्ता ठूला प्लेटफर्महरूले अझै दर्ता गरेका छैनन्। अन्तिमपटक २०८१ चैत ७ मा ३० दिनको समयसीमा तोकिएको थियो। त्यो अवधिमा कुनै ठूला सामाजिक सञ्जालले दर्ताका लागि निवेदन दिएनन्। त्यसपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मौखिक रूपमा थप साताको समय दिए। तर त्यो समयसीमामा पनि दर्ता भएन। दर्ता नगरी सामाजिक सञ्जालले सरकारका आह्वानलाई बेवास्ता गरेपछि अब के गर्ने भन्नेमा सरकार अन्योलमा परेको छ। सञ्चारमन्त्री गुरुङले दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए। तर, मेटासहित कुनै पनि प्लेटफर्मले दर्ताका लागि चासो नदेखाएपछि सर

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 189 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १५ किलो गाँजासहित एक युवक मोटरसाइकलसहित पक्राउ

    धरान/ धरानमा लागू औषध गाँजासहित एक युवकलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो करिब १ः५० बजे धरान उपमहानगरपालिका–४ स्थित लामाचौरमा चेकजाँचको क्रममा प्रहरीले १५ किलो गाँजा बरामद गरेको हो। धनकुटाबाट धरानतर्फ आइरहेको बा. ४२ प. ९८३६ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले शंका लागेर रोकेर जाँच गर्दा मोटरसाइकलको पछाडि रहेको रातो जेब्रा झोलाभित्र सेतो प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल चालक धनकुटा चौबिसे गाउँपालिका–३ का १९ वर्षीय सुजन राईलाई पक्राउ गरिएको छ। उनीमाथि लागू औषध (

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 2,761 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कनकाईमा २०० ग्राम ब्राउनसुगर बरामद, चालक फरार

    झापा/ झापाको कनकाई नगरपालिका–५ स्थित सुरुङ्गा–झापा सडकखण्डमा प्रहरीले करिब २०० ग्राम प्रतिबन्धित लागुऔषध ‘ब्राउनसुगर’ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार शरणामतीबाट सुरुङ्गातर्फ आइरहेको भारतीय नम्बर प्लेट (BR 37 T 9198) को मोटरसाइकलमा रहेको झोलाबाट उक्त परिमाणको ब्राउनसुगर फेला परेको हो। आज बिहान करिब ८ः४० बजे प्रहरी टोलीले शङ्कास्पद मोटरसाइकललाई रोकेर जाँच गर्ने प्रयास गर्दा चालक मोटरसाइकल र झोला छाडेर फरार भएका थिए। प्रहरीलाई देख्नेबित्तिकै उनी फरार भएपछि रोक्न दुई राउन्ड हवाई फायरसमे

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 252 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाली गुराँसलाई उच्च प्राथमिकता

    धरान/ तेह्रथुम जिल्लाको लालीगुरास नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर पालिकाभित्र रहेका कृषहरुको कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ । यसै क्रममा नगरपालिकाले कृषकहरुले उत्पादन गरेको कृषि सामाग्री बजारसम्म पुर्‍याउनको लागि कृषि एम्बुलेन्स खरिद गरेको हो । लाली गुरास नगरपालिकाका मेयर अर्जुन मावुहाङले कृषकले उत्पादन गरेको सामाग्री बजारसम्म पुर्‍याउन सहज होस् भन्ने अभिप्रायले नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेको बताए । उनले भने–‘ हप्तामा एक कृषकको पाँच हजार सम्मको तरकारी सागसब्जी बोक्छ । गृहिणी मार्फत भुक्तान गरिन्छ। गाडी हिंउद, बर्षा प्रत्येक किसानका घरघरम

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 279 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved