धरान/ धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले पदबाट राजीनामा दिनुभएको छ । आज साझ धरान उपमहानगरपालीकाको कार्यलयमा आजैदेखि लागू हुने गरी उपप्रमुख अइन्द्र विक्रम बेघासमक्ष राजीनामा पेस गर्नुभएको हो । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहनुभएका नगर प्रमुख साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिने तयारी गरेकाले राजीनामा दिएको बताउनुभयो । उहाँले भन्नुभयो,धरानको विकासका लागि नै म जहाँ जाँदैछु, त्यो पनि धरानकै विकासका लागि हो । नीति निर्माण तहमा देखिएका अवरोध हटाउँदै धरानको समग्र विकासका मुद्दा उठाउने मेरो उद्देश्य हो
धरान/ सुनसरीको धरानमा शैक्षिक भ्रमणमा आएको बस दुर्घटना हुँदा चालकसहित ५ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। जनकपुरबाट शैक्षिक भ्रमण आएको बस भेडेटार बाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको ‘इन्टरनेशनल टेम्स एकेडेमी’ लेखिएको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरेका अनुसार उक्त बस धरान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। सुनसरीका प्रहरी प्रमुख (एसपी) केशव थेबेले चालकसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गर्नुभयो। दुर्घटनामा तीन पुरुष र दुई महिलाको ज्यान गएको छ। दुर्घटना
धरान/सुनसरीको धरान १६ मा अव्यवस्थित युएन नवाेदय +२ कलेजमा ‘स्वास्थ्य र राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित नवोदय खेलकुद महोत्सव–२०२६ सुरु भएको छ। खेलकुद महोत्सवको पहिलो दिन भलिबल, बुद्धिचाल, टेबल टेनिस, क्यारेमबोर्ड, बास्केटबल, ब्याडमिन्टनलगायत विभिन्न प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्। भलिबलतर्फ +२ छात्रा समूहमा आकृति राईको समूह विजेता र सुजता तामाङको समूह उपविजेता बनेका छन्। छात्र समूहमा रुप्सन राईको समूहले उपाधि जित्दा सुनीहाङ तेङयुङ लिम्बूको समूह उपविजेतामा सीमित भएको छ। होटल व्यवस्थापन (बीएचएम) तर्फको भलिबल प्रतियोगितामा अनिस बस्नेतको समूह विजेता र मिसन लिम्ब
धरान/ धरान उप–महानगरपालिकामा लागूऔषध कारोबारविरुद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा दुई फरक स्थानबाट चार जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरीलाई प्राप्त सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मिति २०८२ साल माघ ३ गते साँझ ६ः२० बजे धरान–१३ फुस्रेमा डेरा गरी बस्दै आएका २८ वर्षीय रोमन भुजेलको कोठामा खानतलासी गरेको थियो। खानतलासीका क्रममा भुजेलको कोठाबाट ब्राउन सुगर १.३९ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घर भएका भुजेललाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्
धरान/ स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको सम्झनामा आयोजना हुने चौथो अन्डर–१८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। धरान उपमहानगरपालिकाका उपप्रमुख ऐन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यतामा मंगलबार उद्घाटन कार्यक्रम आयोजना गरिनेछ। प्रतियोगितामा सुनसरी, मोरङ र झापाका १९ वटा विद्यालय तथा कलेज टिमको सहभागिता रहनेछ। प्रतियोगितामा हिमशिखर बोर्डिङ स्कुल, पूर्वाञ्चल स्कुल, सुष्मा कलेज, सुकुना कलेज, लोटस स्कुल, नास्ट कलेज, धरान आदर्श स्कुल, धरान मेघा कल
काठमाडौँ/ नेकपा एमालेमा वर्षौं झोला बोकेर राजनीति गरेका कतिपय नेताहरू टिकटको पर्खाइमै सीमित हुँदा कांग्रेसबाट भर्खरै पार्टी प्रवेश गरेका वीरेन्द्र कुमार कनौडियाले भने प्रवेशकै दिन प्रतिनिधि सभाको टिकट हात पारेका छन्। कांग्रेसबाट कपिलवस्तु क्षेत्र नम्बर–३ का लागि एकल नाम सिफारिसमा परेका कनौडिया पार्टीभित्रको आन्तरिक किचलोका कारण शनिबार मात्रै एमाले प्रवेश गरेका थिए। प्रवेश गरेको केही घण्टामै एमालेले उनलाई सोही क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको हो। एमाले प्रवेशपछि कनौडियाले कांग्रेसभित्रको निरन्तर किचलोमा अल्झिनुभन्दा एमालेमा रहेर राजनीति गर्नु उपयुक्त लागेको प्रतिक्
धरान/ प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं १ को राजनीतिक माहोल तातिएको छ। नेकपा एमालेले सुनसरी–१ मा सूर्यप्रकाश पन्धाकलाई उम्मेद्वार बनाउने निर्णय गरेसँगै यो क्षेत्र बहुकोणीय र चर्चित प्रतिस्पर्धाको केन्द्र बनेको हो। शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पन्धाकलाई उम्मेद्वार बनाउने टुंगो लगाएको हो। शिक्षण पेशाबाट अवकाश प्राप्त पन्धाक एमाले कोशी प्रदेश कमिटी सदस्य तथा धरान निवासी हुन्। उनी एमालेभित्र बौद्धिक, इमानदार, भद्र र सालिन नेताका रूपमा परिचित छन्। उता, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट धरान–१७ का निर्वाचित वडाअध्यक्ष सूर्यबहादुर भट्टरा
धरान/ धरानको प्रतिष्ठित फुटबल प्रतियोगिता २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप आगामी माघ २२ देखि फागुन २ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता धरान–१६ स्थित धरान रंगशालामा सञ्चालन हुनेछ। आयोजक धरान फुटबल क्लबले बिहीबार धरान–१५ स्थित होटल मेरिकेनमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो। यस वर्षदेखि प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ, जुन अघिल्ला संस्करणमा ८ टिममा सीमित थियो। धरान फुटबल क्लबका महासचिव नवीन राईका अनुसार प्रतियोगितामा नेपाल, भारत र भुटानका चर्चित क्लबहरूबीच प्रतिस्पर्धा हुनेछ। सहभागी टिमहरूमा एनआरटी क्लब (काठमाडौं), चर्च ब्
धरान/ धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजमा माघे सङ्ग्रातीको अवसर पारेर विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा तिलको लड्डु, तरुल, सेलरोटी लगायतका परम्परागत परिकारहरू तयार पारेर सामूहिक रूपमा खाने व्यवस्था गरिएको थियाे। उक्त परिकारहरू कलेजकै किचनमा हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरूले तयार गरेका हुन्। विद्यार्थीहरूलाई माघे सङ्ग्रातीको सांस्कृतिक, सामाजिक र ऐतिहासिक महत्व बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका निर्देशक दुर्गा प्रसाद सुबेदीले जानकारी दिए। उनले माघे सङ्ग्राती के हो, किन मनाइन्छ र यसको महत्व के हो भन्ने विषयम
वराहक्षेत्र/माघे सङ्क्रान्तिको पावन अवसरमा आज बिहीबार बिहानदेखि वराहक्षेत्रधामस्थित कोकाहा–कौशिकीको सङ्गममा मकर स्नान गर्ने श्रद्धालु भक्तजनको ऐतिहासिक भिड लागेको छ। वराहक्षेत्र नगरपालिका–१ मा अवस्थित सप्तकोशी नदी र कोका खोलाको पवित्र सङ्गममा बिहानैदेखि हजारौँ भक्तजनहरू स्नान, पूजा र वराह भगवानको दर्शनका लागि लाइनमा देखिएका छन्। मकर स्नानसँगै माघे मेलासमेत लागेपछि वराहक्षेत्र क्षेत्र पूरै भक्तिमय वातावरणले भरिएको छ। वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रवि कुमार श्रेष्ठका अनुसार मेला भर्न र मकर स्नान गर्न भक्तजनहरू बुधबार साँझदेखि नै नेपालका विभिन्न जिल्ला तथा भा